×

NMB BANK
NIC ASIA

सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न मेलम्ची आयोजनासँग स्थानीयको माग

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । 

Muktinath Bank

सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ । त्यो सडक पानी प्रशोधन केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण गर्नुअघि नै बनिसकेको थियो । सडक बन्द गरे पर्यटकीय केन्द्र चिसापानी हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत स्थानमा जाने पर्यटक पनि प्रभावित हुनेछन् । 


Advertisment
Nabil box
Kumari

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलालगायत थप तीन खोलाको पानी सुरुङ मार्गबाट काठमाडौँको सुन्दरीजलस्थित महाँकालमा ल्याई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गर्ने बाटो बन्द गर्न लागेको हो । 

Vianet communication
Laxmi Bank

गोकर्णेश्वर नगरपालिका–१ महाँकालका नागरिकसमेत मेलम्ची खानेपानी आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् । आयोजनाले समस्याको सुक्ष्म अध्ययन गरी समाधान गर्न अनुरोध गरिएको उनले बताए । “सुन्दरीजललाई आयोजना प्रभावितको सूचीमा समेत समावेश नगरी मेलम्ची खानेपानी आयोजनाले परापूर्वदेखि नागरिकले प्रयोग गरिरहेको प्रचलित र सहज बाटो बन्द गर्ने कार्यक्रम स्थगित गर्न माग गरेका छौँ,” उनले भने ।

वार्ता गरी समस्याको समाधान गर्न स्थानीयवासीले आयोजनासँग माग गरेका छन् । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल सडकको दुवैतिर पानी प्रशोधन केन्द्र बन्ने भएकाले छेउबाट घुमाएर लैजान खोजिएको बताउँछन् ।

पहिल्यै खुलेको सडक आयोजनाले स्तरोन्नति गरेको थियो । प्रशोधन केन्द्र निर्माणका लागि सुन्दरीजलमा २०० रोपनी जग्गा अधिग्रहण गरिएको छ । यहाँ मेलम्ची, याङ्री र लार्के गरी तीनै खोलाको पानी ल्याई प्रशोधन गर्ने केन्द्र निर्माण हुनेछ । मेलम्चीको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भइसकेको छ । आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x