×

NMB BANK
NIC ASIA

खुर्सिदको हत्यापछि त्रासमा भुटाहाका मुस्लिम, प्रदेश सरकार भन्छन्– खुला सिमानाको मारमा छौं

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – बिहीवार दिउँसोमा हत्या गरिएका सुनसरीको भुटाहाका विद्यालय सञ्चालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको शव अझै उठ्न सकेको छैन ।

Muktinath Bank

शव अहिले पनि उनको विद्यालय रैयान नेसनल स्कूलको मूल गेट अगाडिबाट उठाइएको छैन । स्थानीय संसद अन्सारीले बिहान केही नेताहरू आए पनि छलफलका लागि दिउँसो आउने भनेर हिँडेका कोही पनि नआएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिहान केहीबेर वार्तामा म पनि बसेको थिएँ । उहाँहरूसँग शव उठाउनुपर्छ भन्ने मात्र छलफल भएको हो, त्यसपछि उठेको टोली अहिलेसम्म फर्किएको छैन,' उनले भने ।


Advertisment
Nabil box
Kumari

दिउँसोको समयमा मुस्लिम समुदायका अधिकांश व्यक्तिहरू नमाज पढ्न जाने भएकोले मध्याह्व साढे १२ बजेपछि उनको शव भएको ठाउँमा १–२ जना मात्र थिए । खुर्सिद हत्यापछि स्थानीय मुस्लिम समुदाय त्रासमा छ ।

Vianet communication
Laxmi Bank

मध्याह्न साढे १२ बजेदेखि २ बजेसम्मको नमाजपछि पनि मुस्लिम समुदाय छलफलमा नआएपछि शव नै बोकेर इनरुवा जिल्ला सदरमुकाम जाने तयारीमा रहेको स्थानीयले बताएका छन्  । 

खुला सीमाको मार !

सुनसरीको भुटाहाका खुर्सिद आलमको हत्या हुनु खुला सीमाबाट सिर्जित समस्या रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की बताउँछन् ।

घटनामा खुला सीमाको दुरूपयोग भएको उनको तर्क छ । घटनालाई निन्दनीय भनेका मन्त्री कार्कीले यसबारे अनुसन्धान भइरहेको बताए ।

सीमामा अवरोध गर्न खोज्दा प्रहरीलाई नै गोली हानेको उनले बाए ।

‘प्रहरीले सिमानामा सुरक्षा दिन सकेन भन्ने कुरा हुँदैन,' मन्त्री कार्कीले भने, 'भएको प्रहरीले प्रतिरोध गर्दा उसैलाई गोली हानिएको छ ।’

उनले दिनदहाडै व्यक्तिको हत्या हुनुले स्थानीयमा अक्रोश देखिनु स्वभाविक भएको उनको भनाइ छ । मन्त्री कार्कीले पोष्टमार्टमको प्रक्रियामा अघि बढेको बताए । हत्याको विषयमा प्रदेश सरकारले गम्भीर भएर अनुसन्धान अघि बढाएको भन्दै उनले सहयोग गर्न आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x