×

NMB BANK
NIC ASIA

देश र जनतालाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गर्न सभामुखको आग्रह

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । 

Muktinath Bank

उहाँले भन्नुभयो, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा नेपाल टेलिभिजनको अग्रणी भूमिका रहेको चर्चा गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय प्रसारण केन्द्रका रुपमा नेपाल टेलिभिजनले काम गरिराखेको चर्चा गर्दै उहाँले अगामी दिनमा यसको थप प्रभावकारिता वृद्धि हुँदै जानेछ भन्नुभयो । 

Vianet communication
Laxmi Bank

सभामुख महराले पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन हुने जानकारी दिँदै यस कार्यमा सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ इतिहास रचना गर्दा आउने जोखिमलाई सामाना गर्न सकिएमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्र विभिन्न किसिमबाट जोखिममा पर्ने चर्चा गर्दै जोखिममा परेका अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ भन्नुभयो । 

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनलाई संशोधन गर्न माग गर्दै महासङ्घले पेशागत मर्यादा र हकहितका पक्षमा निरन्तर पैरवी गर्र्दै आएको बताउनुभयो । 

वरिष्ठ पत्रकार एवं पुरस्कार छनोट समितिका संयोजक ध्रुवहरि अधिकारीले पुरस्कारका प्राप्तिका लागि दश वटा सामग्री प्राप्त भएकामध्ये विषयवस्तु, प्रस्तुति, सूचना तथा जोखिमका आधारमा उत्कृष्ट एक चयन गरिएको जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टेकबहादुर खड्का, सचिव रविचन्द्र पराजुली, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल टेलिभिज कर्मचारी सङ्घका उपाध्यक्ष हेमप्रसाद घिमिरेले स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहका योगदानमाथि चर्चा गर्नुभएको थियो । 

पुरस्कार तथा सम्मान 

कार्यक्रममा यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल, वरिष्ठ सहायक क्यामराम्यान शिव पँगेनी तथा सप्तरी संवाददाता श्यामसुन्दर यादवलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । 

स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु ५१ हजारसहित प्रमाणपत्र रहेको छ । तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित उहाँहरुको विसं २०६३ असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । 

यसैगरी कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपा गौतम, अपरेशन महाशाखा निर्देशक रेणु थापा, कार्यकारी समाचार सम्पादक नवराज पोखरेल र वरिष्ठ भाषाविद् बाबुराम तिमिल्सिनालाई सम्मान गरिएको थियो । 

साथै कार्यक्रममा कार्यकारी समाचार सम्पादक पुष्पहरि क्याम्पाराई सम्मान गरिनाका साथै प्रतिष्ठानद्वारा स्थापित शशि चालिसे स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ क्यामराम्यान पुरुषोत्तम घिमिरे, जयप्रकाश चौधरी स्मृति पत्रकारिता पुरस्कार सङ्गीता पन्त र वीरेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार दृश्य सम्पादक शतिश कोइराललाई प्रदान गरिएको थियो ।

ती पुरस्कारको राशि रु पाँच हजारसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत समाचार सम्पादक पौडेलले टेलिभिजन पत्रकारिता चुनौती बन्दै गएको बताउनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x