×

NMB BANK
NIC ASIA

सुर्खेत-कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको समृद्धिका लागि कर्णालीमा रहेका सहकारीहरुलाई प्रयोग गर्न जोड दिएका छन् । ‘राज्यको तीन खम्बे अर्थनीति बमोजिम कर्णालीमा रहेका सहकारीलाई केन्द्रीकृत गरेर समृद्ध कर्णाली बनाउन हामी सबै लाग्नुपर्छ’ सभामुख शाहीले भने, ‘सहकारीलाई केन्द्रिकृत गरेर यो वर्ष दुइ/चार, अर्को वर्ष दुइचारओटा महत्वपूर्ण योजनाहरु निर्माण गरौं । त्यसले कर्णालीवासीलाई रोजगारीका अलावा कर्णालीलाई समृद्व बनाउन महत्वपूर्ण योगदान दिनेमा म आशावादी छु ।’

Sagarmatha Cement
Muktinath Bank

उनले कर्णालीको पुँजी निर्माणमा सहकारीले टेवा पुर्‍याउन सक्ने बताए । ‘विदेशीको सहयोगमा मात्रै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ या सकिदैन त्यो म भन्दिन तर सहकारीलाई प्रयोग गरेर कर्णालीलाई समृद्ध बनाउन सकिन्छ’ सभामुख शाहीले भने, ‘त्यसकालागि हामी आफैंले स्रोत निर्माण गर्नपर्छ हामीलाई कसैले दया गरेर दिनेवाला छैनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख शाहीले सहकारीले वार्षिकरुपमा ४ अर्ब प्रदेश सरकारलाई रिटर्न दिन्छ भने सरकारले आवश्यकता अनुसारको बजेट लगानी गर्न तयार हुनुपर्नेमा जोड दिए । ‘हामीले समृद्वीका सपना देखेका छौं, सुन्दर सपना बोकेका छौं ।’ सभामुख शाहीले भने, ‘त्यसको परिपुर्तीको माध्यम भनेकै नियम कानून हो र जनमुखी कानून बनाएर इमान्दारीतापूर्वक लागु गर्न सकेको खण्डमा हामीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थव्यवस्थामा सफलता पाउन सक्छौं ।’


Advertisment
Nabil box
Kumari

सभामुख शाहीले जनताका लागि कानून निर्माण गर्नुपरेको हो भने सरोकारवाला निकायसँग संसदको समिति पुगेर राय सुझाव संकलन गर्नुपर्छ र त्यो सर्वस्वीकार्य हुन्छ भन्ने लागेका कारण आफूहरुले राय सुझाव संकलन गरेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सभामुख शाहीले आफूले काम सुरु गर्दा शुन्यताबाट सुरु गरेको जानकारी दिए । ‘हामीले शुन्यबाट प्रदेशको काम अघि बढाएका थियौं ।’ उनले भने, ‘अहिलेसम्म हामीले १३ ओटा ऐनहरु निर्माण गरिसकेका छौं ।’ सभामुख शाहीले संसदको वेवसाईटमा पारीत भएका ऐनहरु र संसदमा टेवल भएका ऐनहरु राखिएको बताए । ‘हामीले धेरै भन्दा धेरै जनताको स्वीकार्यताका लागि हाम्रो संसदको वेवसाईटमा पारीत कानूनहरु र संसदमा टेवुल गरिएको विधेयकहरु राखेका छौं ।’ उनले भने, ‘ती विधेयकहरुमा यहाँहरुको राय सुझावका लागि हामी आव्हान गर्दछौं ।’

सभामुख शाहीले संसदमा पेश भएका विधेयकहरुको बारेमा प्रचार प्रसार गर्न अन्य माध्यमहरुको प्रयोग गर्ने जानकारी दिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको विकासमा सहकारीको महत्वपूर्ण भूमिकारहेको महसुस गरेर मन्त्रालयको ९५ प्रतिशत बजेट सहकारी मैत्री ल्याइएको बताईन । उनले संविधानको स्प्रिट अनुरुप जनमैत्री कानून बनाउन मन्त्रालय तयार रहेको बताउादै आगामी दिनमा नयाँ कानून बनाउँदा विज्ञहरुको राय सुझाव लिने प्रतिबद्धता जनाईन ।

प्रदेश सभाका उपसभामुख पुष्पा घर्ति मगरले कानून निर्माणका सवालमा राज्यले खबर नगरेपनि रुचिपूर्ण तवरमा अघि बढेर सरकारलाई सुझाव दिन सबैलाई आग्रह गरिन । संसदको सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले विज्ञहरुले सहकारी विधेयकमा थि आएका सुझावहरुलाई समेटने प्रतिबद्धता जनाइन । कर्णाली प्रदेश सहकारी विधेयक २०७५ का सम्वन्धमा सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रमलाई सम्वोधन गर्दै समितिका अध्यक्ष नेपालीले महत्वपूर्ण सुझावहरु आएको बताईन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x