×

NMB BANK
NIC ASIA

जन्मदिनमा राष्ट्रकविलाई शुभकामना दिन को–को पुगे भीआईपी ?

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिनुभएको छ । 

Muktinath Bank

लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुग्नुभएका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बस्नुभएका घिमिरेलाई दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लैनचौरमा भेट्घाटको कार्यक्रम मिलाइएको थियो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिनुभएको थियो भने अरु व्यक्तित्वले भने लैनचौरमा पुगेर शुभकामना दिनुभएको थियो । 

Vianet communication
Laxmi Bank

राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो । 

शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिनुभएको थियो । 

यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । दुई हजारभन्दा बढी व्यक्तिले उहाँलाई शुभकामना दिई दिर्घायुको कामना गरेका थिए । 

कवि तथा गीतकार कालिप्रसाद रिजाल छन्दबद्ध कवितामा भावपूर्ण र लोकप्रिय कविता लेख्ने व्यक्ति राष्ट्रकवि घिमिरे भएको बताउनुहुन्छ । “छन्दवद्ध कवितालाई आधुनिकता प्रदान राष्ट्रकवि घिमिरेले नै गर्नुभएको हो,”–उहाँ भन्नुहुन्छ । राष्ट्रकवि घिमिरे नेपालको काव्यजगतको शीर्ष पुरुष भएको रिजाल बताउनुहुन्छ । 

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मा राष्ट्रकवि घिमिरे नेपाली साहित्य जगतको तारा भएको बताउनुहुन्छ । “राष्ट्रकविको सम्मानका लागि काठमाडौँ विश्वविद्यालयले विश्वविद्यालयका हरेक कार्यक्रमका अगाडि राष्ट्रकविको गीतलाई गाउने गरेको छ,”–उहाँ भन्नुहुन्छ ।

गीतकार एवं साहित्यकार डा बमबहादुर थापा ‘जीताली’ राष्ट्रकवि घिमिरे परिश्कारवादी लेखन र स्वच्छन्दतावादी विचारका कविको रुपमा व्याख्या गर्दछन् । “घिमिरे कविता लेखनका शिरोमणि हुनुहुन्छ,”–उहाँ भन्नुहुन्छ । 

साहित्यकार एवं नेपाल शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्मा राष्ट्रकवि घिमिरेको नेपाली वाङ्मय जगतमा ठूलो देन रहेको बताउनुहुन्छ । “घिमिरेका रचना प्रकृतिप्रेमी, हृदय छुने, मर्मस्पर्शी रहेका छन्,”–पौडेल भन्नुहुन्छ । १०० वर्षसम्म लेखनलाई निरन्तरता दिनसक्नु घिमिरेको उल्लेखनीय उपलब्धी भएको उहाँ बताउनुहुन्छ । 

घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ राष्ट्रनिर्माता, राजेश्वरी, आफै बासुरी आफै मुरारी, पापी आमा, आदि कविता सङ्ग्रह प्रकाशित छन् । भने हाल “ऋतम्भरा” महाकाव्य लेख्दै हुनुहुन्छ । १०० वर्ष पुग्दासमेत उहाँको लेखन शैली थाकेको छैन । 

मस्र्याङ्दी वाड्यम प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन विभिन्न कार्यक्रम गर्ने जनाएको छ । प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिक जन्मशताब्दीभर राष्ट्रकविका नाममा हुलाक टिकट, अभिनन्दन, ग्रन्थ प्रकाशन, कविता महोत्सवलगायतका कार्यक्रम गर्ने बताउनुहुन्छ । 

यसैगरी काठमाडौँ महानगरपालिकाले यही असोज १३ गते राष्ट्रकविलाई शुभकामना दिन लागेको छ । काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी महानगरले राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गरी राष्ट्रकविलाई शुभकामना तथा सम्मान प्रदान गर्न लागेको बताउनुहुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x