×

NMB BANK
NIC ASIA

१५ दिनमा ५ किलो तौल घट्यो, शरीर बनाउन र स्वस्थ रहन ब्यायामप्रति आकर्षण

असोज ९, २०७५

NTC
Sarbottam
सांकेतिक तश्वीर
Premier Steels
Marvel

नेपालगञ्ज- आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण नेपालगञ्जमा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिमखाना जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ । 

जिमखानामा आधुनिक प्रविधिका उपकरणको प्रयोगबाट ब्यायाम गर्न पाइने भएकाले त्यसतर्पmको आकर्षक विशेष गरी युवा पुस्तामा बढ्दै गएको छ । केही सङ्ख्यामा प्रौढ उमेर समूहका पनि ब्यायामशाला जाने गरेका छन् । 

बढ्दो शहरीकरणमा अछुतो रहन नसकेको नेपालगञ्जमा अहिले दिनभरिको बसाइँयुक्त कामले शरीरलाई एका बिहानै तरोताजा र स्वस्थ बनाउन जिमखाना जाने, बिहानको हिँडाइ र मैदानमा ब्यायाम गर्ने बढ्दै गएको ओम फिटनेसका सञ्चालक लव श्रेष्ठ बताउनुहुन्छ । 

केही वर्ष अघिसम्म नेपालगञ्जमा ब्यायामका लागि खुल्ला मैदानमा जानुबाहेकको विकल्प थिएन । अहिले यहाँ धमाधम ब्यायामशाला खुल्न थालेका छन् । नागरिकको ब्यायामप्रतिको आकर्षणलाई दृष्टिगत गरी ब्यायामशाला खुल्न थालेको हेल्थ बेनिफिट ब्यायामशालाका प्रशिक्षक रमेश बमको बुझाइ छ । 

नेपालगञ्जमा अहिले १० भन्दा बढी ब्यायामशाला सञ्चालनमा छन् । पछिल्लो ब्यायामप्रति महिला र पुरुष दुबैको आकर्षण बढ्दै गएको छ । शारीरिक बनोट राम्रो बनाउन र स्वस्थ रहन ब्यायामशालामा जाने क्रम बढ्दै गएको हो । 

ब्यायामशालामा अहिले ब्यायाम गर्ने मात्र नभई नृत्य कक्षा पनि सञ्चालन भइरहेका छन् । नृत्य सिक्न पाइने भएकाले पनि ब्यायामशालामा जाने क्रम बढेको छ । 

शारीरिक ब्यायाम शरीरको बनोटको दृष्टिले मात्र नभई स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । ढाड दुख्दा वा अन्य समस्या भएमा पनि ब्यायामशाला जाने चलन बढ्दो छ । पहिले ब्यायाम महिलाको आकर्षण कम हुन्थ्यो भने अहिले महिला पुरुष दुबैको ब्यायामशालामा बराबर सहभागिता हुने गरेको छ । तौल बढाउन ब्यायामशालामा जान थालेपछि१५ दिनमा आफ्नो पाँच किलो तौल बढेको नेपालगञ्ज वडा नं ९ की प्रसिद्धीको भनाइ छ । –नीरज गौतम/रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x