×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रका ‘भिलेन’ स्तन क्यान्सरको सचेतनामा

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल अबुर्द रोग निवारण संस्थाले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउँने भएको छ । त्यसको जानकारी दिनका लागि संस्थाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सम्मेलनमा नेपाली चलचित्र क्षेत्रमा खलनायकको रुममा परिचित कलाकार सुनिल थापा पनि उपस्थित थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचेतना कार्यक्रममा सहभागि भइ नेपाली दर्शकलाई स्तन क्यान्सरको बारेमा सचेत गराउन उनी पनि कार्यक्रम उपस्थित भएका थिए । चलचित्रमा भिलेन भनेर फिल्मका हिरो र हिरोइनलाई दुःख दिने थापा वास्तविकतामा भने नेपाली जनतामा क्यान्सर रोगको चेतना हुनुपर्छ भन्दै जनचेतनामुकल कार्यक्रममा सक्रियता देखाउन थालेका छन् । उनले चलचित्र सुटिङको क्रममा भारतमा रहेको समयमा धेरै नेपालीहरु भारतमा क्यान्सरको उपचारका लागि धाउने गरेको र दुःख पाउने गरेको देखेर क्यान्सर रोगको सचेतनाका लागि सक्रिय बनेको बताए ।


Advertisment
Nabil box
Kumari

‘क्यान्सरको उपचार गर्न मुम्बइ पुगेका नेपालीहरुलाई त्यहा डलर माग्ने गरेको देखे, मैले आफै त्यहाको अस्पतालसँग कुरा गरेर नेपालीको समयमै उपचार गराउन पनि पहल गरेको छु,’ उनले लोकान्तरसँग भने, ‘कति नेपालीहरु अहिले क्यान्सरबाट पीडित हुनुहुन्छ, त्यसैले हाम्रो गाउँघरमा क्यान्सरको चेतना हुन आवश्यक छ भनेर यसको सचेतनाका लागि म पनि लागेको हुँ ।’
 

Vianet communication
Laxmi Bank

पछिल्लो समय स्तन क्यान्सरका विरामीहरुको संख्या बढ्दै गएको नेपाल अबुर्द रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए । स्तन क्यान्सरको विषयमा चेतना जगाउन संस्थाले देशभर विविध कार्यक्रम गरि अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउन उनले बताए  । 

जनचेतनाका कार्यक्रम अन्तरगत असोज २७ गते शनिबाट बिहान भृकुटीमण्डपदेखि बसन्तपुर दरबार क्षेत्रसम्म ¥याली गरिँदैछ । र्‍यालीमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार, स्वास्थ्यमर्की तथा समाजसेवीको सहभागिता रहनेछन् ।

यस्तै असोज ३१ गते बुधबार भक्तmपुरको ध्याम्पे डाडाबाट तीन किसिमका रंग भएको चङ्गा आकाशमा उडाउने र अक्टोवर महिनाभरी भक्तपुर क्यान्सर अस्पतालमा निशूल्क स्तन क्यान्सर परिक्षण शिविर संचालन गरिने बताए ।

स्तन क्यान्सरबाट  विश्वभर २० लाख मानिस पीडित बनेका छन्  ६ लाखको मृत्यु भइसकेको छ । पहिला पहिला विकसित मुलुकहरुमा मात्रै क्यान्सर रोग लाग्ने गरेकोमा अहिले नेपाल जस्तै विकासशिल मुलुकहरुमा क्यान्सर रोगीका बिरामी बढ्न थालेका छन् । नेपालमा हाल ३० देखि ४० हजार महिलामा स्तन क्यान्सरको समस्या रहेको जनाइएको छ । समयमा रोगको पहिचान र उपचार नपाउँदा क्यान्सरले ज्यानै लिनसक्ने भएकाले स्तन क्यान्सरको विषयमा जनचेतनाका कार्यक्रमहरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठको भनाइ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x