×

NMB BANK
NIC ASIA

बिदेसिनु पर्दा दाजुभाइकै परिवार ध्वस्त: अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या

असोज १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित रामनगरा टोलकी एक गर्भवती महिलाको यही असोज ३ गते रहस्यमय ढंगले मृत्यु भयो ।

Muktinath Bank

स्थानीय नथुनी मण्डलकी श्रीमती सञ्जु मण्डलको मृत्यु सर्पले टोकेका कारण भएको भनेर शुरूमा हल्ला चलाइएको थियो । पेटमा ८ महिनाको गर्भ रहेकी सञ्जुलाई सर्पले उडीउडी टोकेको भनिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्युपश्चात सञ्जुको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगियो । पोस्टमार्टम गर्दा सर्पले टोकेको देखिएन । रिपोर्टमा घाँटी थिचेर हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।


Advertisment
Nabil box
Kumari

अनैतिक सम्बन्धको पोल खुल्ने डरले हत्या !

Vianet communication
Laxmi Bank

घटनाको अनुसन्धानका लागि धनुषा प्रहरीले सञ्जुकी देउरानी बिका मण्डल र लालबाबु मण्डललाई पक्राउ गर्‍यो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हत्यामा उनीहरूकै संलग्नता रहेको भेटेको छ ।

आफूहरूको अनैतिक सम्बन्धको पोल खुल्ने डरले दुवै मिलेर सञ्जुको घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र शाहीले बताए ।

बाँकी कुरा थप अनुसन्धानपछि नै भन्न सकिने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाँदा दाजुभाइकै परिवार ध्वस्त

करीब ६ वर्षअघि नथुनीको सञ्जुसँग र भाइ रमेशको ४ वर्षअघि बिकासँग विवाह भएको थियो । नथुनीको ४ वर्षको एउटा छोरा छ भने रमेशको छोरा १५ महिनाको पुग्यो । बिहेलगत्तै दुवै दाजुभाइ रोजगारीका लागि विदेशिए ।

नथुनी कतार र रमेश दुबईमा छन् । शुरूमा परिवार सगोलमै थियो । करीब एक वर्षअघि उनीहरूको भान्सा अलग भयो । आमाबुवा रमेशसँग बस्न थाले । 

घटना भएको राति सञ्जु आफ्ना पति नथुनीसँग मोबाइलमा कुराकानी गर्दै थिइन् । एक्कासि सम्पर्कबिच्छेद भयो ।

‘कुराकानी भइरहँदा अचानक काटियो,’  नथुनीले भने, ‘शुरूमा त निदाएको होलिन् जस्तो लाग्यो । विगतमा पनि कुरा हुँदाहुँदै निदाउँथिन् । प्रयास गरिरहेँ, सम्पर्क हुन सकेन ।’

भोलिपल्ट बिहानै नथुनीले आफ्नी श्रीमतीको मृत्युको खबर पाए । सर्पले टोकेर मृत्यु भएको भनिएको थियो । तर उनलाई विश्वास लागेन । छाँगाबाट खसेजस्तो भए ।

श्रीमतीको मृत्यु नभएर हत्या भएको हुनसक्ने आशंका गर्नुमा एउटा कारण थियो । सञ्जुले आफूलाई स्थानीय लालबाबु मण्डलले हत्या गर्ने धम्की दिएको कुरा फोनमा पहिले नै भनिसकेकी थिइन् ।

लालबाबु पनि विवाहित नै थिए, तर उनको सन्तान भएको थिएन । 

‘मेरो घर किन आउँछस्, तेरो बिहे भइसकेको छ, मेरो देउरानीसँग किन हिमचिम बढाउँछस् भनेर हप्काउँदा तेरो हत्या कुनै दिन मेरै हातबाट हुन्छ भनेर धम्की समेत दिएको कुरा सञ्जुले मलाई फोनमा पहिले पनि भनिसकेका कारण सञ्जुको हत्या नै भएको हुनसक्ने आशंका गरेको थिएँ, नथुनीले भने । 

घटनापश्चात दाजुभाइ नै स्वदेश फर्किए । रमेशले श्रीमती बिकालाई भाउजूको मृत्युको कारण सोधे । तर उनले आफूलाई केही थाहा नभएको बताइन् ।

आमाबुवा दुवैजना सो दिन घरमा थिएनन् । बुवा अर्को घरमा सुतेका थिए भने आमा माइत गएकी थिइन् । घटनाबारे बताउन सक्ने बिका नै थिइन् । तर उनले केही भनिरहेकी थिइनन् ।

त्यसै क्रममा रमेशले तेजपत्ताको बोरामा लुकाइराखेको एउटा मोबाइल भेटे । सोही मोबाइलबाट बिकाले लालबाबुसँग कुराकानी गर्ने रहिछन् । बिका र लालबाबुबीचको कुराकानीको अडियो पनि भेटियो ।

त्यति रहस्य खुल्नेबित्तिकै बिका बच्चालाई कुरकुरे किन्न भन्दै घरबाट बाहिरिइन् । उनी तत्काल नफर्किएपछि शंका भयो ।

उनीहरूले प्रहरीलाई खबर गरे । रमेश आफ्ना केही साथी लिएर श्रीमतीलाई खोज्न हिँडे । बिका बाटोमा भेटिइन्, फर्काएर ल्याए । त्यसपछि केरकार गर्दा बिकाले लालबाबुसँग मिलेर सञ्जुको हत्या गरेको स्वीकारिन् । 

रमेशले लोकान्तरसँग भने, ‘प्रहरीले पक्राउ गरेपछि मात्र मेरो श्रीमतीले हत्या गरेको कुरा मलाई पनि बतायो । लालबाबुसँग अनैतिक सम्बन्ध रहने गरेको कारण पोल खुल्ने डरले योजना बनाएर नै हत्या गरेको उनले मलाई पनि बताएकी छिन् ।’ घटनामा स्थानीय अजकुमार मण्डल र राजुकुमार मण्डलले समेत साथ दिएको बयान बिकाले दिएकी छन् ।

परिवारकै सुख र खुशीका लागि बिदेसिएका यी दाजुभाइको घर भताभुङ्ग भएको छ ।

‘मैले आफ्नी श्रीमतीलाई धेरै माया गर्ने गर्थें । बच्चा पाल्न कुनै समस्या नहोस् भन्ने सोचेर आएपिच्छे ५० हजारसम्म उनको हातमा दिएर जाने गर्थें । यति गर्दा पनि परपुरुषसँग अवैध सम्बन्ध बनाइन् र पोल खुल्ने डरले भाउजूको हत्या नै गरिन्’, निराश हुँदै रमेशले भने ।

यी दाजुभाइकै परिवार ध्वस्त भएको छ । नथुनीकी श्रीमतीको हत्या भयो । रमेशकी श्रीमती प्रहरी हिरासतमा छिन् ।

वैदेशिक रोजगारीका कारण तराई/मधेशमा यस्तै प्रकृतिका घटनामा वृद्धि भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x