मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
काठमाडौं – आजभन्दा एक वर्षअगाडि अर्थात् २०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलको घोषणा भयो । देशका प्रमुख दुई वामपन्थी पार्टीले चुनावी गठबन्धन बनाएको घटनाले देशभित्र र बाहिर पनि ठूलो तरंग निम्त्यायो ।
सिट बाँडफाँडको विषयलाई लिएर विवाद बढेपछि नयाँ शक्ति गठबन्धनबाट बाहिरियो । तर पनि वामपन्थी गठबन्धनले चुनावमा भारी बहुमत ल्यायो । देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको युग शुरू हुने अपेक्षामा नेपाली जनताले प्रगतिशील गठबन्धनलाई विश्वास गरे ।
चुनावी गठबन्धनको समयमा गरिएको वाचाअनुसार नै दुई कम्युनिष्ट पार्टीले मिलेर सरकार बनाए । पार्टी एकताको घोषणा पनि भयो । यद्यपि एकता घोषणाको ६ महिना नपुग्दै नेकपाभित्र खटपट भने शुरू भइसकेको छ । दुई लाइन संघर्ष कम्युनिस्ट पार्टीको एउटा विशेषता नै भइसकेको छ । अहिले संस्थापन भनिएको नेतृत्व विगतमा दुई लाइन संघर्षबाटै स्थापित भएको हो ।
त्यो स्लिपिङ ट्याब्लेट
दुनियाँलाई चकित पार्ने त्यो चुनावी गठबन्धन घोषणा कार्यक्रममा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘हाम्रो मुख्य लक्ष्य मुलुकको समृद्धि हो, सत्ता होइन । नेपालको जन्मकुण्डलीमा २०७४ सालमा वामपन्थी र देशभक्तहरूको सरकार बन्ने लेखेको छ । यसलाई कसैले मेट्न सक्दैन । बरु हाम्रो सहमतिले कतिपयलाई निद्रा नलाग्न सक्छ, स्लिपिङ ट्याबलेटको बिक्री बढी हुनसक्छ ।’
दुनियाँलाई चकित पार्ने घटना यस अर्थमा कि तत्कालीन माओवादी केन्द्र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको मुख्य साझेदार थियो । दुई कम्युनिष्ट पार्टीको चुनावी सहकार्यले तोकिएको समय अर्थात् मंसिरमा चुनाव हुनेमा धेरैले सन्देह व्यक्त गरेका थिए । कम्युनिस्ट सहकार्यको घोषणा हुनुअगावै पनि कतिपय नेताहरूले मंसिरको चुनाव वैशाखमा गर्नुपर्छ भनेकै थिए ।
चुनावी तालमेलको घोषणा सभामा अध्यक्ष ओलीले गठबन्धनको मुख्य उद्देश्व सत्ता प्राप्ति नभएको बरु समृद्धिको यात्रा रहेको बताएका थिए । वामपन्थी गठबन्धनको उपज ओली प्रधानमन्त्री त बने तर समृद्धिको सपना ओझेलमा परेजस्तो देखिएको छ ।
नेपालमा कुनै पनि दलले बहुमत ल्यायो र ठूलो दल बन्यो भने त्यसमा शक्तिकेन्द्रले खेल्न शुरू गरिहाल्छन् ।
२०६४ सालमा तत्कालीन नेकपा माओवादी संसदमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस र तेस्रो स्थानको नेकपा एमाले जोड्दाभन्दा पनि ठूलो दल बन्यो । माओवादी ठूलो दल बनेलगत्तै शक्तिकेन्द्रको चलखेल बढिहाल्यो ।
शान्ति प्रक्रियामा आएपछि पनि कुनै बेला एउटै पोशाक लगाउने, उस्तै हाउभाउ र टुक्का भन्ने माओवादीहरू यसरी धराशायी हुने शायदैले सोचेका थिए । माओवादी आन्दोलनमा यस प्रकारको बिग्रह आउनुमा नेताको स्वार्थ मात्र सीमित थिएन, कतै न कतै शक्ति केन्द्रको चलखेल एउटा कारण थियो ।
भुसको आगो
संसदमा झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेको सत्तारुढ नेकपा अहिले राष्ट्रिय राजनीतिका एजेण्डा छाडेर आन्तरिक विवादमा रुमल्लिन थालेको छ ।
सरकारको काम कारवाहीलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा बोलेपछि नेकपाभित्रको विवाद सतहमा आएको छ ।
खासमा माधवकुमार नेपालले सरकारको नेतृत्वको प्रश्न भन्दा पनि मन्त्रीको कार्यशैलीको विषयमा सदनमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र थेग्रिँदै गएको असन्तुष्टि नेता नेपालको संसद अभिव्यक्ति बन्न पुग्यो । पूर्वजानकारी गराएर संसदमा दिइएको त्यही अभिव्यक्तिले नेकपाभित्रको विवाद भुसको आगोझैँ सल्किएको छ ।
अहिलेको विवाद कुनै एजेन्डामा भन्दा पनि इगोको रूपमा विकसित भइरहेको छ । तत्कालको प्रकरण सेलाएपनि नेकपाभित्रको विवाद प्रकट भइरहने छ, अनेक बहानामा ।
नेपालमा तीव्र रूपमा भइरहेका राजनीतिक घटनाक्रमले गतवर्ष ओलीले संकेत गरेको त्यो स्लिपिङ ट्याब्लेटको खपत अब नेकपा भित्र पनि बढ्ने संकेत गरेको छ ।
केन्द्रविन्दुमा प्रचण्ड !
संसदमा माधव नेपालको सम्बोधनपछि नेकपाभित्र बढेको असन्तुष्टि मिलाउने जिम्मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काँधमा पुगेजस्तो देखिएको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले एमालेसँगको चुनावी गठबन्धनलाई प्रचण्डको आखिरी चमत्कार भनेर विश्लेषण गरेपनि प्रचण्ड फेरि राष्ट्रिय राजनीतिको केन्द्रमै रहने संकेत देखिन थालेका छन् ।
नेकपाको एउटा कम्पोनेन्ट (तत्कालीन एमाले)का नेताबीच बढ्दो घोचपेच र आरोप प्रत्यारोप मिलाउने मध्यमार्गी भूमिकाका कारण प्रचण्ड राजनीतिको मियो बन्दैछन् ।
तमाम् गुट र उपगुट भएपनि मुख्य दुई धार देखिएको नेकपाभित्र प्रचण्डको समर्थनले निर्णायक हैसियत राख्छ ।
राजनीतिका चतुर खेलाडी प्रचण्डले नेकपाको एकतापश्चात पुरानो एमाले वृत्तमा आफ्नो स्थान बनाइसकेका थिए । नेकपाभित्र स्पष्ट रूपमा देखा परेको दुईलाइन कित्ताले प्रचण्डलाई बलियो बनाउँदै छ ।
संसदमा व्यक्त क्रियाको प्रतिक्रियास्वरूप संस्थापन पक्षका नेताहरूबाट आलोचना भइरहँदा माधव नेपाललाई प्रचण्डले सिंगापुरबाटै फोन गरेर कुरा मिलाउने आश्वासन दिए । सोमवार राति स्वदेश फर्केलगत्तै मंगलवार वामदेव गौतम लगायतका नेतासँग प्रचण्डले छलफल गर्न भ्याइसकेका छन् ।
गत महिना भएको भारत भ्रमणमा क्रममा पत्रकार ज्योति मल्होत्रालाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल बाँड्ने शर्तमा पार्टी एकता भएको संकेत गरेका थिए । उनले आफूलाई नेपालको भावी प्रधामनन्त्री भन्दा पनि असर नपर्ने टिप्पणी गरेका थिए ।
उसो त गत वर्षको जेठमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि प्रधानमन्त्री कार्यालयमा भएको बिदाइ समारोहमा आफू फेरिपनि सिंहदरवार आउन सक्ने टिप्पणी गरेका थिए ।
पछिल्लो समय प्रचण्डले पूर्व एमालेका दुवै गुटसँग समानान्तर ढंगले सम्बन्ध बनाइराखेका छन् । त्यसो त माओवादी एकीकृत छँदा पनि मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईको दुई धारको बीचमा कुशलतापूर्वक भूमिका खेलेर प्रचण्डले राजनीतिमा आफूलाई शक्तिशाली बनाएका हुन् ।
प्रचण्डले पूर्वमाओवादीहरूको मात्र गुट बनाएर नेकपामा शक्तिशाली बन्न नसकिने बुझेका छन् । त्यसैले उनको ध्यान पूर्वएमाले तप्कातर्फ बढी छ । चुनावी तालमेल र केन्द्रीय समितिमा झण्डै ६०/४० को भाग सुरक्षित गरेका प्रचण्डले प्रदेश कमिटी गठन गर्दा ७ मध्ये १ प्रदेशको इञ्चार्जमात्र पूर्व माओवादीबाट रहने गरी सहमति गर्नुले पनि उनी आफ्ना पुराना सहयात्रीहरूमा मात्र निर्भर हुन चाहँदैनन् भन्ने देखाउँछ ।
पार्टी एमालेमा बिलय गराएको भन्दै पूर्व सहयात्री गोपाल किरातीले भारतीय डाका विरप्पनसँग तुलना गरिरहँदा प्रचण्ड भने सिंगो पार्टीलाई आफ्नो बनाउने ध्याउन्नमा छन् ।
पार्टी एकतायता उनले खेलेको भूमिकाले पनि त्यो सम्भव देखाउँछ ।
यो पनि पढ्नुहोस् :
अग्निपरीक्षामा नेकपा : इमान गुमाएको सत्तापक्ष बन्ने कि गौरवशाली राज्य सञ्चालक ?
ओली-प्रचण्ड होशियार! तेस्रो नेतालाई उचालेर हुनसक्छ षड्यन्त्र
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...