×

NMB BANK
NIC ASIA

पण्डितराज सोमनाथ सिग्देलकाे सम्झना : 'तिम्रो भाषा नै घाटमा गइसक्यो रे' !

असोज १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं–

Muktinath Bank

तिम्रो भाषा नै घाटमा गइसक्यो रे 
पढ्ने बुझ्नेको स्वाद बेस्वाद भो रे 
मुर्दा भाषाको प्राण जान्ने तिमी हौ 
सोही पाटोका काल जित्ने तिमी हौ ।।। 


संस्कृत भाषा, व्याकरण र साहित्यका विद्वान् पण्डितराज सोमनाथ सिग्देलको १३४औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा कवि भुवनहरि सिग्देलले लयात्मक ढङ्गले सो कविता श्लोक वाचन गर्दा सहभागीबीच तालीको पर्रा छुट्यो । 

सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय सम्पर्क समिति, काठमाडौँले आज वाल्मिकी क्याम्पसमा आयोजना गरेको कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताले भाषाको संरक्षण र प्रवद्र्धनमा राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिए । अर्का कवि पुरुषोत्तम सिग्देलले बाल्यकालमै आफूले एक पटक पण्डितराज सिग्देललाई भेट्ने अवसर पाएको बताउँदै उनी असाधारण प्रतिभाको धनी भएको स्मरण गरे । 

पण्डितराजको प्रशंसा गर्दै कवितामार्फत उनले भने,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिग्देलका कुल सदाशिवको पियारो 
विद्याविहीनाति दहचोक थियो अँध्यारो 
यौटा सुधी कुलसुदीपक रत्न आए 
सिग्देल वंशबीच चन्द्र सरी उदाए 


विसं १९४१ असोज १९ मा जन्मिएका सिग्देलको २०२९ साल असोज २८ मा निधन भएको थियो । सिग्देललाई तत्कालीन राजा महेन्द्रले पण्डितराजको उपाधि दिएका थिए । 

सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय सम्पर्क समितिका अध्यक्ष खेलनाथ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दुर्गा सिग्देल, सचिव पूर्णचन्द्र सिग्देल, समितिका सचिव जयराम सिग्देललगायतले क्याम्पस प्राङ्गणमा रहेको पण्डितराज सिग्देलको शालिकमा माल्यार्पण गर्दै भाषासाहित्यको धरोहरलाई संरक्षण एवं प्रवद्र्धन गर्नुपर्ने बताए । कार्यक्रममा सिन्धुपाल्चोकका विनय सिग्देलले प्रतिष्ठानका लागि रु एक लाख एक हजारको चेक हस्तान्तरण थिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x