असोज २९, २०८०
बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...
दुल्लु- कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ ।
सदरमुकाम दैलेख बजारमा आजदेखि शुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले पेट्रोलियम पदार्थ उत्खननका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री बुढाले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन भएको खण्डमा दैलेख मात्रै होइन, कर्णाली प्रदेशसँगै समग्र मुलुकको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्दै दैलेखका उद्यमीले उत्पादन गरेको लद्युउद्यमका सामग्री प्रदेशमै उत्कृष्ट छ, त्यसको बजारीकरणका लागि स्थानीय सरकारले पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सरकार अर्थ समितिका अध्यक्ष अम्मरबहादुर थापाले दैलेखको अल्लोको कपडा, छालाको जुत्ता, यहाँ प्रशोधन गरिएको सिस्नो लगायत उत्पादनको बजारीकरणमा ध्यान दिन सके जिल्ला समृद्ध हुन धेरै वर्ष कुर्न नपर्ने बताउनुभयो ।
पाँच दिनसम्म सञ्चालन हुने मेला नारायण नगरपालिका र जिल्ला लद्युउद्यमी समूह सङ्घ दैलेखद्वारा संयुक्त रुपमा आयोजित उक्त मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक र उद्यमीले उत्पादन गरेका वस्तु खरीद–बिक्रीका लागि राखिएको जिल्ला लघुउद्यमी समूह सङ्घका अध्यक्ष कविराज खत्रीले बताउनुभयो ।
उहाँका अनुसार दशैँका अवसरमा उपभोक्ताले सुलभ दरमा दैनिक उपभोग्य वस्तु खरीद गर्न पाउनेछन् । मेलामा यहाँको दुल्लु नगरपालिकाको खागितडास्थित होमस्टेले पनि सेवा दिनेछ । मेला अवधिभर जिल्लामा रहेका कलासंस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा सहभागी कृषकलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिनेछ ।
बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...