×

NMB BANK
NIC ASIA

प्रचण्ड किशुनजी जस्तै, देउवा रुखो, भट्टराई न हास्य न व्यङ्ग्य !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
नेपाली हास्यव्यङ्ग्य तथा कलाकारिता क्षेत्रमा एक स्थापित नाम हो मनोज गजुरेल । नाकाबन्दीले देशलाई चरम अभावमा पारेको बेला उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गरेर विदेशी मिडियामा समेत चर्चामा आएका थिए । उनी यसलाई नेपाली कलाकारकै गर्वको विषय मान्छन् ।

पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको हाउभाउलाई दुरुस्तै आफूमा उतार्ने खुबी भएका गजुरेलका धेरैजसो व्यङ्ग्य नेपाली नेतामाथि नै केन्द्रित छन् । पात्रको चरित्रलाई जस्ताको तस्तै हाउभाउमा उतार्ने गजुरेलको प्रहसन हिट पनि हुने गरेको छ ।

कतिपटक त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गर्दा कतिले त उनलाई वास्तविक मोदी नै ठाने । त्यसो त उनले क्यारिकेचर गरेको अभिनयमा वास्तविक पात्र नै भेटिन्छ ।

‘एकपटक कार्यक्रमको सिलसिलामा हामी स्याङ्जाको वालिङ गएका थियौं । भारतका केही मजदूरले मलाई सक्कली मोदी भन्ठानेर खुट्टा ढोग्न आए,’ उनी त्यो समय स्मरण गर्दै सुनाउँछन्, ‘म मोदीको भेषमा थिएँ । उनीहरूले त साँच्चिकै नरेन्द्र मोदी आएको ठानेछन् ।’

उनीहरूले खुट्टा समात्दा भारतीयहरूमा आफ्नो देशप्रतिको प्रेम साँच्चिकै प्रगाढ छ भन्ने लागेको बताउँछन् गजुरेल ।
‘भारतीय संविधान, भारतीय जनता र भारतलाई अपार सम्मान गर्छौं । त्यहाँका जनताको हामी कदर गर्छौं तर व्यङ्ग्यमार्फत भारतीय रवैयाको विरोध गर्छौं,’ उनी थप्छन् ।
खासगरी नेताको क्यारिकेचर गर्ने गजुरेलले पूर्वराजा ज्ञानेन्द्रको नक्कल उतार्दा दर्शकको अपार माया पाए । त्यसअघि राजाकै क्यारिकेचरमा त्यस्ता व्यङ्ग्य भएका थिएनन् । ‘पहिले त्यसरी राजाको क्यारिकेचर कसैले गरेका थिएनन् । एक हिसाबले मैले जोखिम उठाएको हुँ ।’

लालबाबु पण्डित, पुष्पकमल दाहाल, लोकमानसिंह कार्की, नरेन्द्र मोदी लगायतका मानिसको क्यारिकेचर आफ्नो प्रतिभालाई अब्बल बनाएका गजुरेल कहिलेकाहीँ एउटै स्टेजमा सबै कलाकारको प्रहसन गर्दा भने समस्या पर्ने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘कहिलेकाहीँ एकल कार्यक्रम चलाउँदा मोदीको अभिनय गरिरहेको हुन्छु । बीचमा फ्याट्ट प्रचण्डको लबज बोलिन्छ । गाह्रो हुन्छ ।’

कार्यक्रमको दौरानमा उनी एकपटक अमेरिकामा स्टेज कार्यक्रम गर्दै थिए । उनले प्रचण्डको भूमिका गर्नुपर्ने थियो । गजुरेल प्रचण्डको गेटअपमा थिए । दर्शकले हल खचाखच भरिएको थियो । प्रहसन चलिरहेको थियो । प्रचण्डले झैं भाषण पनि दिइरहेका थिए । कार्यक्रम चलाउँदा चलाउँदै जुँगा खस्यो ।

एकछिन त अब के गर्ने भनेर अलमलमा परे । तर उनलाई दुई सेकेन्डमै निर्णय लिइसक्नुपर्ने थियो – स्टेज छोड्ने कि, कार्यक्रमलाई निरन्तरता दिने भनेर ।

फ्याट्ट बोलिहाले – ‘मने, यो जुँगा नेपालमा किनेको होइन । अमेरिकामा किनेको हो । अमेरिकाको जुँगा त यति कमजोर छ भने यहाँको साम्राज्यवाद कति कमजोर होला?’ हलभरि झन् हाँसो फैलियो ।

गजुरेलका हरेक प्रहसन किन दर्शकले रुचाइदिए होलान् त ? उनी भन्छन्, ‘म कलाकार मात्र होइन, राम्रो लेखक पनि हो । मेरो सकारात्मक पक्ष भनेको म आफैंले स्क्रिप्ट लेख्छु ।’

उनले अठार जनजातिका भाषासहितको व्यङ्ग्य एकैपटक गरे । उनलाई यो चुनौती पनि थियो । हाम्रो भाषामाथि व्यङ्ग्य ग–यो भन्ने आरोप आउने भय पनि थियो उनलाई ।

हास्यव्यङ्ग्य गरिने वर्गको हृदय अझैपनि फराकिलो हुन सकेको छैन भन्ने लाग्छ गजुरेललाई । ‘व्यङ्ग्यले मान्छेलाई प्रभाव पार्दोरहेछ,’ उनी भन्छन् ।

राजनीतिक व्यङ्ग्यमा अब्बल गजुरेलले प्रायः नेताको क्यारिकेचर गरेपनि कमै मात्र नेतामा व्यंग्य पचाउने पाचनशक्ति छ भन्छन् उनी । ‘नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हास्यचेत भएका र व्यङ्ग्य पचाउने नेता थिए,’ उनी आफ्नो धारणा सुनाउँछन् ।

‘त्यसपछि प्रचण्डलाई पनि भट्टराईकै कोटिमा राख्ने प्रयास गर्छु,’ उनी थप्छन् ।

उनलाई लाग्छ – माधव नेपालसँग व्यङ्ग्य पचाउने त्यति सामर्थ्य छैन । अर्का नेता शेरबहादुर देउवासँग त झन् व्यङ्ग्य पचाउने तन्तु नै छैन । उनी हाँस्न नजान्ने रुखो नेता भएको गजुरेलको टिप्पणी छ ।

‘बाबुराम भट्टराईसँग न हास्य छ, न व्यङ्ग्य ।’ उनी भन्छन्, ‘उनको सिद्धान्त बलियो छ । तर उनीसँग जनतालाई कसरी हँसाउने भन्ने आइडिया नै छैन ।’

‘हामीले त दर्शकको अनुहार हसाउँछौं । तर नेताले राम्रो गरे जनताको हृदय हँसाउन सक्छन्,’ उनी थप्छन् ।

आफूले यो सबै सफलता योग र साधनाले गर्दा नै सम्भव बनाएको बताउँछन् गजुरेल । ‘प्राकृतिक रूपमा पनि मेरो अनुहार धेरैसँग मिल्छ । म पात्रको हाउभाउ जस्ताको तस्तै कपी गर्न पनि सक्छु,’ उनी बताउँछन् ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x