×

NMB BANK
NIC ASIA

दशैंको मुखमा विराटनगर दुर्गन्धित, सरसफाई कर्मचारी आन्दोलित

असोज २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – पारिश्रमिक नपाएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलित हुँदा दुर्गन्ध बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चाडपर्व दशैंतिहारको मुखमा आएर पारिश्रमिक तथा दशैं बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदूर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालले महानगरभित्र रहेका सरसफाई कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्मको पारिश्रमिक र दशैं बोनस उपलब्ध गराउनुपर्ने माग गर्दै वेस्ट म्यानेजमेन्टको कार्यालय घेराउ गरेका हुन् । आन्दोलनका कारण विराटनगर महानगरपालिकाभित्र ३ दिनदेखि फोहोर संकलन रोकिएको छ । फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ ।


Advertisment
Nabil box
Kumari

हरेक वर्ष दशैं अगावै तलब र दशैं बोनस दिने गरेको भएपनि यस पटक नदिएपछि आन्दोलित हुनुपरेको मजदूरको भनाई छ  । सरसफाई कर्मचारी अनितादेवी मरिकले नियमित पाउँदै आएको सेवासुविधा नदिएको बताइन् ।

Vianet communication
Laxmi Bank

विराटनगर महानगरपालिकाले वेस्ट म्यानेजमेन्ट कम्पनीसँग ५ वर्षको लागि फोहोर उठाउने जिम्मा दिएको थियो । विराटनगर महानगरपालिकामा अहिले दैनिक १ सय १० टन फोहोर संकलन हुने गरेको छ । महानगरपालिका र वेस्ट म्यानेजमेन्ट प्रालिबाट खटाइएका करीब २ सय सरसफाई कर्मचारीलाई दशैंको बोनस र तलब वृद्धिको समेत माग गरिएको सरसफाई कर्मचारी राजु मरिकले बताए ।

पूर्णकालीन सरसफाई कर्मचारीलाई १५ हजार रुपैयाँ र आंशिक कर्मचारीलाई मासिक ८ हजार दिँदै आएकोमा तलबको ५० प्रतिशत माग गरिएको उनको भनाई छ । फोहोरमैला उठाउने जिम्मा पाएको वेस्ट म्यानेजमेन्ट ग्रुप प्राइभेट कम्पनी भएको कारण दशैं बोनस र तलब वृद्धि गर्न नसकिने कम्पनीका परियोजना प्रमुख देवीप्रसाद आचार्यले बताए ।

मासिक ज्याला समयमा नै दिने गरेको भएपनि कम्पनीको स्रोत कमजोर भएको कारण पैसा नभएर घाटामा गएकाले बोनस दिन नसकिने आचार्यले तर्क गरे । दशैंको मुखमा सरसफाई कर्मचारी आन्दोलित भएपछि विराटनगरको फोहोरमैला व्यवस्थापनबारे महानगरपालिकासँग छलफल गरिने आचार्यको भनाई छ ।

कम्पनीले केही कामदारलाई मौखिक आश्वासन दिएका कारण काममा फर्केका छन् भने केही कामदार अझैं विरोधमा छन् । यसरी दशैंको मुखमा आएर आन्दोलनमा होमिएका कामदारलाई काममा नफर्काउने हो भने समस्या देखिने नगरवासीको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x