पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
असोज २५, २०७५
तत्कालीन माओवादीले रोल्पाको थवाङलाई जनसत्ताको केन्द्रीय राजधानी नै बनाएको थियो । माओवादीले घोषणा नै गर्यो– जनयुद्ध सफल भयो भने देशको केन्द्रीय राजधानी काठमाडौंबाट रोल्पा सारिने छ । तर अहिले समय फेरिएको छ, संविधान सभा हुँदै राज्य पुनर्संरचनासम्म आइपुग्दा राजधानी काठमाडौंबाहिर सार्ने आँट कुनै शक्तिले गर्न सकेनन् । बरु संघीय संरचनामार्फत् सिंहदरबारको अधिकार गाउँगाउँमा लैजाने भनी स्थानीय र प्रदेश सरकारको अवधारणा निर्माण गरियो ।
संघीयतामा सीमा निर्धारण हुँदा अखण्ड र खण्ड सुदूरपश्चिमका समर्थकबीच ठूलो संघर्ष भयो । अन्ततः सुदूरपश्चिममा ठूलो सामाजिक द्वेष रोप्दै अखण्ड सुदूरपश्चिम बन्यो, जसको प्रभाव प्रदेश ७ को समाजमा अहिले पनि छ । संविधान घोषणापश्चात यस प्रदेशका प्रदेशस्तरीय गतिविधिको केन्द्रविन्दु धनगढी बन्यो । उच्च अदालत रहेको ठाउँमा अस्थायी राजधानी निर्धारण गर्ने नीतिविपरीत तत्कालीन सरकारले प्रदेश ७ को राजधानी दिपायलको विकल्पमा धनगढी कायम गर्यो ।
संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको नाम र प्रदेश राजधानी प्रदेश सभाको अधिकार क्षेत्रभित्र राखिएको छ । अहिले प्रत्येक प्रदेश सभामा प्रदेशको नामाकरण र प्रदेश राजधानीको बहस चलिरहेको छ । ६ नं. प्रदेश सभाले पहिलो पटक प्रदेशको नाम र राजधानीको नामाकरण गर्यो । रणनैतिक, सामरिक र भौगोलिक रूपमा प्रदेश ६ को यो घोषणाले सिंगो प्रदेशलाई बलियो बनायो र जनस्तरबाटै अनुमोदित पनि भयो ।
प्रदेश ७ आफ्नो नाम राख्ने र राजधानी तोक्ने मामलामा तेस्रो बन्यो । कर्णाली र गण्डकी प्रदेशपश्चात प्रदेशको नामांकन तथा स्थायी राजधानी निर्धारण संसदिय विशेष सुझाव समितिको सिफारिसका आधारमा असोज १२ गते प्रदेश सभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी क्षेत्रलाई तोक्ने निर्णय गर्यो । प्रदेश सभाको दुईतिहाइको बहुमतबाट पारित यो घोषणा न ऐतिहासिक बन्न सक्यो न सर्वसम्मत नै ।
कर्णाली र सुदूरपश्चिम केन्द्रीय राज्यबाटै शदियौंदेखि उत्पीडनमा पारेका क्षेत्र हुन् । दुवै क्षेत्रका राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, समस्याहरू प्रायः दुरुस्त छन् । यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अवस्था मानव विकास सुचकांकले निर्धारण गरेको रेखामुनि छ ।
राजधानी र प्रदेश नामाकरणका सबालमा सुदूरपश्चिमको प्रदेश सभाले कर्णाली प्रदेशकै निर्णयको फेरो समाए पनि प्रदेश ७ को सरकार राजधानी र नाम जनस्तरबाटै अनुमोदन गराउनबाट चुकेको छ ।
हुन त राजधानी र प्रदेशको नामाकरणका सबालमा थुप्रै बहस तथा छलफल भए । तर सिंगो जनता र प्रतिपक्षको आवाजलाई प्रदेश सरकारले बुझ्न बेवास्ता मात्र गरेन जनताको मतको विवेकपूर्ण प्रयोग पनि हुन सकेन ।
प्रदेशको नाममा विकल्प हुनसक्ने थुप्रै सम्भावना हुँदाहुँदै पनि प्रदेशको नाम राख्ने जस्तो सिर्जनात्मक काममा जनताका प्रतिनिधिहरूको रचनात्मक भूमिका रहन सकेन ।
सुझाव समितिको सिफारिसमाथि जन प्रतिनिधिहरूको पर्याप्त छलफल र प्रतिपक्षको रायविना नै नाम र राजधानीको विषय प्रदेश सभामा प्रवेश गराएर सरकार अपरिपक्व रूपमा अगाडि बढ्यो । यति मात्र होइन लोकतन्त्रको सुन्दर पक्ष संसदको 'वाचडग' प्रतिपक्षलाई प्रक्रियाबाटै अलग राख्ने दुष्प्रयास गरियो, यस कार्यको दीर्घकालीन प्रभाव यस क्षेत्रको राजनीतिमा पर्ने निश्चित छ ।
प्रदेश राजधानी धनगढी नै हुनुपर्छ भन्ने पनि होइन गोदावरी हुनु हुँदैन भन्ने पनि होइन । धनगढीबाट गोदावरी सार्नुपर्ने कारण के ? यदि अन्तर्राष्ट्रिय मापदण्डअनुसार राजधानीमा समस्या आएको हो भने अस्थायी राजधानी तोकिँदा किन कानूनसम्मत रूपमा राजधानी तोक्न सकिएन ? गलत कामको किन विरोध गर्न सकिएन ? अहिलेको प्रदेश राजधानी सार्ने निर्णयले यस क्षेत्रका भूमिपतिहरूको प्रभाव परेको त होइन ? नभए हरित पर्यावरण मासेर, चिस्यान क्षेत्र दोहन गरेर प्रदेश सरकारलाई शासन गर्ने दरबार किन चाहियो ?
अहिलेको स्थानीय र प्रदेश सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो अपेक्षा अविश्वासमा परिणत हुनबाट रोक्न वाम सरकारले सिर्जनात्मक क्षमता देखाउन सक्नुपर्छ, होइन भने देशको सिंगो राजनीतिमा दीर्घकालीन प्रभाव पर्ने निश्चित छ । अहिले यस क्षेत्रका जनतालाई दरबारमा बसेर शासन गर्ने शासक चाहिएको होइन, जनताको झुपडीमा रासन पुर्याउने, रोजगारी सिर्जना गर्ने सरकार चाहिएको छ ।
पर्यावरणीय प्रभावको अलिकति पनि वास्ता नगरेर, जनताका आकांक्षाहरूको बेवास्ता गरेर, शासकहरूको बिलासिताका लागि निर्माण गर्न प्रयोग भएको प्रदेश सरकार र जनप्रतिनिधिहरू, दरवार बनाएर शासन गर्ने मनसायले उद्वेलित भएको प्रति शंका गर्ने बेला भएको त होइन ? प्रदेश सरकार र प्रदेश सभाका यस्ता क्रियाकलापले जनता र सरकारबीचको अविश्वास कति बढ्ला ?
जनताको काम गर्न र देशको मुहार फेर्न बनेको सरकारले प्रदेश राजधानीको नाममा गोदावरीमा दरबार बनाउनु भन्दा जनताको घरसम्म पुग्ने बाटो बनाउने प्रमुख दायित्व हो । रातो कार्पेटमा हिँड्नुभन्दा बेरोजगारीका कारण घर छोडेर विदेशका गल्ली चाहार्ने युवालाई गाउँमै फर्काइ प्रदेश र देशको उत्पादनमा योगदान पुर्याउने वातावरण निर्माण गर्नु हो ।
सुदूरपश्चिम क्षेत्रको समृद्धिका लागि मुख्यतः स्थानीय स्रोतको पहिचान, प्रयोग र जनमुखी वितरण आवश्यक छ, होइन भने ह्वाइट हाउस नै बनाएर शासन गरे पनि शासकहरू रातो कार्पेटमै सुते पनि जनताको जीवनमा सकारात्मक प्रभाव पर्ने सम्भावना देखिँदैन ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...