×

NMB BANK
NIC ASIA

कर्णालीमा एसईईको तयारी : एउटै कक्षामा १ सय २१ विद्यार्थी कोचेर पढाइ

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीस्थित जनज्योति माध्यमिक विद्यालयले १० कक्षाका १ सय २१ विद्यार्थीलाई एउटै कक्षामा राखेर अध्यापन गराउने गरेको छ ।

Muktinath Bank

नयाँ शहर आयोजनाले काम गरिरहेको र आठबीस नगरपालिकाको केन्द्र समेत रहेको विद्यालयमा पर्याप्त शिक्षक नहँुदा एउटै कक्षामा विद्यार्थी राखेर अध्यापन गराइरहेको छ । एसईई परीक्षाको तयारी गर्नुपर्ने १० कक्षामा अध्ययनरत विद्यार्थी रमेश माझीले आफूहरूलाई अध्ययन गर्न गाह्रो भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कक्षामा अगाडि बस्न बिहानै ८ बजे नै विद्यालयमा झोला राख्न आउनुपर्ने बाध्यता छ । नभएपछि पछाडि बसेर शिक्षकले पढाएका कुरा सुन्न सकिँदैन,’ उनले भने, ‘हामीले समूह विभाजन गर्न भनेर विद्यालयलाई भनेपनि विद्यालय प्रशासनले शिक्षक अभाव भएको बताउँदै समूह विभाजन गर्न नसकिने बताउँदै आएको छ ।’


Advertisment
Nabil box
Kumari

एउटै कक्षामा १ सय २१ जना विद्यार्थी राखेर अध्यापन गराइरहेको जनज्योति माध्यमिक विद्यालय प्रशासन बढी विद्यार्थी राख्नु आफूहरूको बाध्यता रहेको  बताउँछ । विद्यालयका प्रधानाध्यापक खड्कराज शर्माले आठबीस क्षेत्रकै सबैभन्दा ठूलो बजार क्षेत्र रहेको र विद्यालयमा अछामका विद्यार्थी समेत अध्ययन गर्न आउने भएका कारण विद्यार्थी संख्या बढेको बताए ।

Vianet communication
Laxmi Bank

‘हामीले आएका जति सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बाध्यता सिर्जना भयो,’ उनले भने, ‘सरकारी विद्यालय भएका कारण हामीले छानेर विद्यार्थी भर्ना गरेनौं । सोही कारण ९ र १० कक्षामा विद्यार्थीको संख्या धेरै भएको हो ।’

विद्यालयमा ४ देखि १२ कक्षासम्म ७ सय ८० जना विद्यार्थी रहेको बताए । तर, यी विद्यार्थीलाई अध्यापन गराउने शिक्षक भने जम्मा १२ जना रहेको उनले बताए ।

विद्यालयमा पर्याप्त कक्षा कोठा भएपनि शिक्षकको अभावका कारण आफूहरूले समूह विभाजन गर्न नसकेको उनले बताए । ‘हामीले गत वर्ष समूह विभाजन गरेर अध्यापन गराउने अभ्यासको शुरूवात पनि गरेका हौं,’ उनले भने, ‘तर, आर्थिक अभावका कारण समूहमा विभाजन गरेर अध्यापन गराउन सकिएन ।’

आगामी वर्षबाट विद्यार्थीको प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने उनले बताए । जनज्योति माध्यमिक विद्यालयमा ९ कक्षामा १ सय १५ जना, ८ कक्षामा ९४ जना, ७ कक्षामा ९३ जना, ६ कक्षामा ७९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x