×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पौडेल भन्छन्– अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्छ

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा –प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा बिहीवार आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानूनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताए । उनले प्रचलित ऐन कानूनबमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपत्मा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानूनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले प्रहरी र नागरिकबीच सहकार्य गरी एकापसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने विचार व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

सो अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले प्रहरी जनशक्तिलाई समयानूकल सुधार गरी प्रदेशस्तरमा जनताको शान्तिसुरक्षा, मानवअधिकारको संवद्र्धन गर्ने र अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए । मुख्यमन्त्री पौडेलले प्रहरी दिवसका उपलक्ष्यमा आयोजित खेलकूद प्रतियोगितामा विजयी प्रहरी खेलाडीलाई क्रमशः नगद पुरस्कार र पदक वितरण गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x