×

NMB BANK
NIC ASIA

विज्ञहरु भन्छन्– निजगढ विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन

असोज २५, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने विज्ञ तथा सरोकारवालाले बताएका छन् । 

‘द्रुतमार्ग, एयरपोर्ट’ निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनका वक्ताले देशको गरिमा र अर्थतन्त्रलाई कायपलट गर्ने परियोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणका काम तत्काल अघि बढाउन सुझाए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक विरेन्द्रबहादुर देउजाले निजगढ विमानस्थल दूरदृष्टियुक्त परियोजना देशको आर्थतन्त्रलाई नै कायापलट गर्ने परियोजना भएको यसलाई निर्माण अघि बढाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो । 

उहाँले भौगोलिकलगायत विविध समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै चुनौतीको सामना बेहोरिएको तथा अन्तर्राष्ट्रिय उडान धान्न नसक्ने भएका कारण चाँडोभन्दा चाँडो निजगढलगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेे धारणा राख्नुभयो । 

क्यानकै पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले २५ वर्षदेखिको विलम्ब भएको परियोजनालाई अहिले पनि विभिन्न बाधा तथा व्यवधान अघि सारेर योजना नै असफल बनाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा हवाई मार्गलाई स्थापित गराउन पनि निजगढ विमानस्थललाई शीघ्ररुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्वाधार विज्ञ ई डा सूर्यराज आचार्यले एशियाकै उत्कृष्टमा परेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सबैको सहयोग चाहिने खाँचो औँल्याउनुभयो । उहाँले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवी अहिले निजगढ विमानस्थल निर्माण हुन नदिन चलखेलमा लागेको आरोपसमेत लगाउनुभयो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माणका लागि नदी नियन्त्रण, चार किल्लामा तारबार लगाउने र जग्गाको मुआब्जा वितरणको काम भइरहेको जानकारी दिँदै बाहिर आएको हल्लाजस्तो नभई आवश्यकताका आधारमा कम वातावरणीय क्षति हुनेगरी रुख काटिने उल्लेख गर्नुभयो । 

आगामी पाँच÷सात वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताका लागि सरकारसँग माग गर्दै समितिले प्रदेश नं २ बसीले यो आयोजनालाई भाड्न चलखेल र षड्यन्त्र भइरहेको भन्दै स्थानीयस्तरबाट आवश्यक दबाब सिर्जना गरिने जनाएको छ । 

समितिका संयोजक रविराज दङ्गालले वातावरण संरक्षणको बहानामा आयोजना विस्थापित गर्ने खेल भइरहेको भन्दै कुनै पनि बहानामा आयोजना अवरोध गर्न खोजिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो । टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावनमार्ग प्रस्ताव गरिएको एक हजार ४७६ घरधुरीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिए विकास निर्माणमा कुनै अवरोध नहुने स्पष्ट पार्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x