×

NMB BANK
NIC ASIA

मदिरा नियन्त्रणमा जुट्यो खाँडादेवी गाउँपालिका

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रामेछाप-खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन शुरु भएको छ । अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो । 

अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो । 

Muktinath Bank

गाउँपालिकाले गाँजा नियन्त्रण अभियान पनि जारी राखेको छ । बिहीबार राकाथु क्षेत्रमा गाँजा नियन्त्रण गरिएको थियो । चाडपर्वको पूर्वसन्ध्या चलाइएको अभियानले शान्ति सुरक्षामा सहयोग पुग्ने स्थानीयबासीको बुझाई छ । 

लागूऔषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाको बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणले सामाजिक समस्या सिर्जना गरेपछि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत गाउँपालिकाको बजार अनुगमनलगायतका काम हुने छ । 

यसैबीच, नेपाल रेडक्रस सोसाइटी, रामेछापले मन्थली नगरपालिका–१ का जोखिम वर्गमा सूचीकृत नौ जनालाई थप रु ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्तरण गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी शर्माले पुनःनिर्माण कार्यमा वृद्धवृद्धाले गरेका प्रयासको सह्राना गर्दै यही सक्रियताले पुनःनिर्माण कार्यले गति लिएको बताउनुभयो । जोखिममा परेका लाभग्राही पहिचानसम्बन्धी कार्यविधि २०७४ ले ७० वर्ष माथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, दृष्टिबिहीन, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रूपमा परिभाषित गरेको छ । जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x