×

NMB BANK
NIC ASIA

सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाउनु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्व हुने देखिएको छ । कूल रु २५ अर्ब लगानीको सो आयोजनाको कूल भौतिक प्रगति ५५ प्रतिशत छ । 

Vianet communication
Laxmi Bank

समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो । 

माटोको अवस्था नहेरिकन नहर निर्माण गर्दा समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदन तयार पारेको छ । 

छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत सो आयोजनाको स्थलगत अध्ययन गरेको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा देखिएको समस्याका बारेमा सुक्ष्म अध्ययन गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x