×

NMB BANK
NIC ASIA

विश्व राजनीतिको नयाँ धार – ब्राजिलमा उग्रदक्षिणपन्थी नेता जेर बोल्सोनारो बने राष्ट्रपति

कात्तिक १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण अमेरिकाको सबभन्दा ठूलो मुलुक ब्राजिलमा आइतवार सम्पन्न दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा उग्रदक्षिणपन्थी उम्मेदवार जेर बोल्सोनारो विजयी भएका छन् । 

Muktinath Bank

सोसियल लिबरल पार्टी (पीएसएल) का नेता बोल्सोनारोले ५५.१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी वर्कर्स पार्टीका फर्नान्डो हदादले ४४.९ मत ल्याए । राष्ट्रपति निर्वाचित हुनका लागि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । अब बोल्सोनारोले सन् २०१९ को जनवरी १ मा राष्ट्रपति पदको शपथ लिनेछन् ।


Advertisment
Nabil box
Kumari

सन् १९५५ मा जन्मेका बोल्सोनारो सैन्य पृष्ठभूमिका नेता हुन् । उनले सन् १९९१ देखि लगातार सांसद छन् । तीन दशकदेखि राजनीतिमा भएपनि बोल्सोनारोले आफूलाई सधैं राजनीतिबाहिरको मानिसका रूपमा प्रस्तुत गर्न सफल भएका छन् ।

Vianet communication
Laxmi Bank

भ्रष्टाचारमा चुर्लुम्म डुबेको राजनीतिक संस्थापनलाई पल्टाउन र राजनीतिमा जमेको हिलो सफा गर्न आफू तयार रहेको भनी बोल्सोनारोले ब्राजिली जनतालाई गरेको वाचा उनीहरूले पत्याएकाले उनी विजयी भएका हुन् । ब्राजिलमा बढ्दो अपराध दर र सुस्त आर्थिक वृद्धिका कारण चिन्तित र आजित जनताले बोल्सोनारोमाथि विश्वास देखाएका हुन् ।

बोल्सोनारो आफ्ना उग्रदक्षिणपन्थी विचारधारा र अभिव्यक्तिका लागि कुख्यात छन् । उनले महिला, काला जातिका व्यक्ति, समलिंगी, विदेशी र आदिवासी समुदायका विरुद्ध कठोर शब्दावलीहरू अभिव्यक्त गर्ने गरेका छन् । सन् २०१५ मा एक महिला सांसदसँग विवाद पर्दा उनले ‘यो आईमाई त बलात्कार गरिन पनि योग्य छैन’ भने जसले राजनीतिक वृत्तमा ठूलै हंगामा ल्यायो र उनी ती सांसदलाई क्षतिपूर्ति तिर्न बाध्य भए ।

त्यस्तै आप्रवासीहरूका बारेमा उनले ‘धर्तीका कीराहरू ब्राजिलमा देखापरेका छन् मानौं हामीसँग पहिले नै प्रशस्त समस्या थिएनन्’ भने ।

अनि समलिंगीहरूका बारेमा उनको भनाइ यस्तो छ : ‘म समलिंगी छोरोलाई माया गर्न असमर्थ छु । म पाखण्ड देखाउन चाहँदिनँ । म मेरो छोरो एउटो जुंगामुठेसँग प्रेममा परेको भन्दा दुर्घटनामा मरेको हेर्न चाहन्छु ।’ 

अनि बोल्सोनारोले लोकतन्त्रभन्दा निरंकुश व्यवस्था सही रहेको धारणा समेत राख्ने गरेका छन् । सन् १९९९ मा उनले भने, ‘मतदानमार्फत यो देशमा केही कुरा पनि परिवर्तन गर्न सकिँदैन । केही पनि परिवर्तन हुँदैन । गृहयुद्ध चर्किनुपर्छ र हामीले पहिलेको सैनिक शासनले गर्न नसकेको काम गर्नुपर्छ । लगभग ३० हजार मानिस मारिनुपर्छ । त्यसक्रममा एकदुईजना निर्दोष मरे भने पनि ठीकै छ ।’

यस्ता अलोकतान्त्रिक र मानवअधिकारविरोधी कुरा गर्ने बोल्सोनारोलाई ब्राजिलका जनताले किन राष्ट्रपति बनाए होलान् त ? यसमा ब्राजिलको राजनीतिमा व्याप्त चरम भ्रष्टाचार र विगतका सरकारको असफलता जिम्मेवार छ । 

ब्राजिलको अर्थतन्त्र हालै मात्र आर्थिक मन्दीबाट बिस्तारै उकासिँदैछ । अनि देशका मुख्य दलका दर्जनौं राजनीतिकर्मीहरूले घूस खाएर सरकारी कामहरू विभिन्न कम्पनीलाई ठेक्का दिएको सम्बन्धमा अनुसन्धान चलिरहेको छ ।

ब्राजिलमा लामो समय शासन चलाएको वामपन्थी दल पीपुल्स पार्टी र त्यसका नेता लुइज इनासियो लुला दा सिल्भा भ्रष्टाचार अभियोगमा कारावास सजाय बिताइरहेका छन् ।

उनकै दलकी पूर्वराष्ट्रपति दिल्मा रूसेफलाई भ्रष्टाचार मुद्दामै महाअभियोग लगाएर हटाइएको थियो । जनताको जीवनस्तरमा कुनै सुधार नआउँदा शीर्ष राजनीतिकर्मीहरू चाहिँ चरम भ्रष्टाचारमा लिप्त रहेको पाइएपछि परम्परागत राजनीतिमा जनताको विश्वास स्वाभाविक रूपमा कायम रहन सकेन । 

बोल्सोनारोको विजयले ब्राजिलमा नयाँ युगको सूत्रपात गरेको छ । वामपन्थी दलहरूले लगातार सन् २००२ देखि चारवटा कार्यकाल चलाएपछि अब पूर्णरूपमा दक्षिणपन्थीहरूको शासन चल्ने भएको छ । वामपन्थी दल पीपुल्स पार्टीप्रति जनतामा चरम निराशा र असन्तुष्टि देखिएको पाइयो । लुला दा सिल्भाले नै नियुक्त गरेका उम्मेदवार हदादलाई बोल्सोनारोले राष्ट्रपति निर्वाचनमा पछारेका हुन् । 

वामपन्थीहरूको शासनकालमा बढेको चरम भ्रष्टाचारलाई जनताले दण्डित गरेको स्पष्ट छ । त्यसैले बोल्सोनारोको असभ्य र छुच्चो बोलीका बावजूद जनताले उनलाई जिताए । ती जनता पीपुल्स पार्टी र पूर्वराष्ट्रपति लुलाप्रतिको घृणालाई अभिव्यक्त गर्ने माध्यम खोजिरहेका थिए र बोल्सोनारोले उनीहरूलाई त्यो अवसर उपलब्ध गराए । 

बोल्सोनारोका छाडा अभिव्यक्ति पीपुल्स पार्टीका भ्रष्टाचारजन्य अपराधको तुलनामा केही पनि हैनन् भन्ने जनताको मत रहेको बुझिन्छ । महिलाप्रति असभ्य अभिव्यक्ति दिएपनि उनीहरूमाझ बोल्सोनारो नै प्रिय रहेको विभिन्न मतसर्वेक्षणहरूले देखाए । ब्राजिलको भत्केको अनि बिग्रेको राजनीति र सुशासनलाई सम्हाल्न बोल्सोनारोको जस्तो कठोर शासक आवश्यक रहेको महिला मतदाताहरूले सर्वेक्षणमा बताएका थिए । 

वास्तवमा वामपन्थीहरूले शासनमा आमूल परिवर्तन ल्याउने भनी चुनाव जितेपनि खासै केही गर्न नसकेपछि जनता चिढिएका थिए । लुला दा सिल्भाले आठ वर्षको कार्यकाल चलाउँदा सामाजिक सुधारमार्फत परिवर्तन ल्याउने वाचा गरेका थिए । तर उनले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा गर्न सकेनन् र बहुसंख्यक जनता असन्तुष्ट रहे । तैपनि केही चमत्कार भइहाल्छ कि भनी जनताले पीपुल्स पार्टीलाई जिताइरहे ।

उनकी उत्तराधिकारी रूसेफले त झन् भ्रष्टाचारलाई बढावा दिएर जनताको आक्रोशरूपी आगोमा घिउ थप्ने काम गरिन् । वामपन्थीहरूको कुशासनका कारण परम्परागत राजनीतिप्रति नै जनताको मोहभंग भयो र उनीहरूले पूर्णतः फरक किसिमको राजनीति गर्ने सम्भावना देखाएका बोल्सोनारोलाई पत्याए । फूटबलका लागि प्रख्यात ब्राजिलका पूर्वखेलाडीहरू रोनाल्डिन्हो र रिभाल्डोले पनि खुलेरै बोल्सोनारोको समर्थन गरे ।  

अनि बोल्सोनारोलाई जिताउनका लागि ब्राजिलको परम्परागत क्रिस्चियन समुदायको पनि ठूलो हात छ । ब्राजिलमा ८६ प्रतिशत जनताले आफूलाई क्याथोलिक क्रिस्चियन धर्मावलम्बी भनी चिनाउँछन् । उनीहरूको चित्त बुझ्ने गरी बोल्सोनारोले परम्परागत परिवारिक मूल्यमान्यताको समर्थन र प्रवर्द्धन गर्ने गरेका छन् । 

त्यसमाथि बोल्सोनारोलाई चुनावी अभियानका क्रममा भौतिक आक्रमण गरिएपछि उनीप्रतिको सहानुभूति ह्वात्तै बढेर गएको थियो । जुइज दे फोरा शहरमा चुनावी अभियान चलाउँदै गर्दा उनलाई पेटमा छुरा हानिएको थियो । उनको स्वास्थ्यस्थिति निकै गम्भीर भएको बताइएको भएपनि उनी निको भएर चुनाव प्रचारमा लागिरहे । 

बोल्सोनारोको विजयकथा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग मिल्न जान्छ । दुवैले यथास्थितिको राजनीतिमा उथलपुथल ल्याउने वाचाका साथ चुनाव जितेका हुन् । तटीय क्षेत्रका सम्भ्रान्तहरूले बेवास्ता गर्ने कामकाजी जनताको पक्षमा रहेको बताउँदै वाशिङटनमा जमेको हिलो सुकाउने प्रतिबद्धताका साथ ट्रम्पले चुनाव जितेका थिए जबकि महिलाप्रतिको उनको असभ्य अभिव्यक्तिहरू चुनावप्रचारका क्रममा विपक्षीहरूले निकै उठाए । 

ट्रम्पलाई मन नपराएको भएपनि मतदाताहरूले विकल्पमा झनै घृणास्पद हिलारी क्लिन्टनभन्दा बरू ट्रम्प नै ठीक भएको आँकलन गरे । त्यसैगरी बोल्सोनारोलाई मन नपराउने भएपनि संस्थापन राजनीतिकर्मीहरूभन्दा उनलाई नै शासन सुम्पिँदा देशको भलो हुने सोच जनतामा रहेको देखिन्छ । 

त्यसो त अहिले संसारभरि नै दक्षिणपन्थी राजनीतिको लहर चलेको छ । परम्परागत राजनीतिले आफूहरूको भलो नगरेको निष्कर्ष निकाल्दै त्यसलाई पल्टाउने वाचा गर्ने दक्षिणपन्थीहरूलाई जनताले पत्याउन थालेका छन् ।

फिलिपिन्समा रोड्रिगो डुटेर्टेले देशमा व्याप्त लागूऔषधको समस्या समाधानका लागि लागूऔषध विक्रेताहरूलाई सिध्याउने प्रण गर्दै चुनाव जितेका थिए । डुटेर्टेकै जस्तो बोल्सोनारोले अपराध नियनत्रण तथा कानून व्यवस्था कायम गर्ने र भ्रष्टाचार निर्मूल गर्ने वाचाका साथ चुनाव जितेका हुन् । 

विगतका सरकारको असफलताका कारण आर्थिक चपेटामा परेका ब्राजिली जनता बोल्सोनारो जस्ता दक्षिणपन्थीको विश्वास गर्न बाध्य भएका हुन् । उनको विजयले परम्परागत राजनीतिमा जनताको विश्वास घट्दै गएको स्पष्ट गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x