×

NMB BANK
NIC ASIA

सुर्खेत– शनिबार दिउँसो कालीकोटको भत्ताबाट आएका रेशम शाही बसपार्कमा झरे । उनी जानु थियो वीरेन्द्रनगरकै भैरवस्थान । शाही बसबाट ओर्ले र मंगलगढी चोकचर्फ अघि बढे । मंगलगढी चोक पुग्नु अगाडि ठूलो नाला जस्तो पानी जमेको दृश्य देखियो । उनी नजिकै गए तर उनले दुवै हातले नाक र मुख च्याप्दै वाक्वाकी लगाउँदै उक्त बाटो पार गरे ।

Sagarmatha Cement
Muktinath Bank

वीरेन्द्रनगर वडा नं. ६ मा बस्दै आएकी रिता कार्कीलाई नेपालगञ्ज जानु थियो । उनी हतारमा भएका कारण अटोरिक्साबाट मंगलगढी चोकमा झरिन् र बसपार्कबाट तर्फ पैदल हिँडिन् । उनले सारी लगाएकी थिइन् । नालासहित दिशा बगिरहेको स्थानमा उनको सारी लत्त्रियो । उनी फेरि अटोरक्सिामा फर्केर घर गइन् र सहयोगीलाई भनेर बसको टिकट फिर्ता गर्न लगाइन् । उनी भन्दै थिइन् ‘यो कस्तो राजधानी हो ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगरको मुटु मंगलगढी चोकको दुर्दशा हो यो । विगत ६ महिना भन्दा पहिलेदेखि नै उक्त चोकमा दिशा र फोहोर बगिरहेको छ । जो सुकै यात्रु आएपनि बसपार्क जान उक्त बाटो क्रस गर्नपर्छ । जो व्यक्ति उक्त बाटोबाट यात्रा गर्छ उसले स्थानीय र प्रदेश सरकारलाई गाली गरेर जाने गर्छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

गाली नगरुन पनि किन ? जनताले विकास र समृद्धिको नारा लगाउने दलहरुबाट मंगलगढी चोक जस्तो राजधानीको महत्वपूर्ण स्थानमा यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण नै हो । स्थानीय लालबहादुर सिजापती राजनीतिक नेतृत्व जस्तै शहर पनि फोहोर भएको बताउँछन् । नेमकिपाका जिल्ला नेतासमेत रहेका सिजापतिले दलहरुको समृद्धि यस्तै भएको आरोप लगाए । 

‘राजनीतिक दलहरू जनताका चाहना, विकास निर्माण र समृद्धिको यात्रामा लाग्लान भन्ने नठान्नुस ।’ सरकारललाई आरोप लगाउँदै उनले भने, ‘आदर्शका गफ गर्दैमा कहि कतै विकास हुँदैन । विकास भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ ।’ दैलेख घर भएका युवा सन्देश कठायतले प्रदेश सरकार र नगरपालिकाका जनप्रतिनिधि दिनहुँ यो बाटो मोटरमा हुँइकिने भएका कारण उनीहरुलार्ई वास्तविकता थाहा नभएको बताए । 

‘जतापनि फोहोर छ । फोहोरको सवालमा त जनताले आँखा चिम्लेका छन् ।’ उनले भने, ‘तर दिशा नै सडकमा बगेको देखेर पनि केहि गर्न नसक्ने नेतृत्वलाई निरीह नेतृत्व बाहेक अरु के नै भन्न सकिन्छ र ?’ उनले सरकारले कम्तिमा प्रदेशको राजधानी बनाउन पहल गर्नुपर्नेमा जोड दिए । ‘अन्य विकास पछि गरौंला ।’ उनले भने, ‘कम्तिमा बसपार्कमा निस्केको दिसा त लुकाइदेउ ?’

बारम्बार स्थानीय पसल सञ्चालकहरुले नगरपालिकाको ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसकेको उनीहरुको भनाई छ । ‘हामीले नगरपालिका, फोरलेन सडक निर्माण व्यवसायी, प्रदेश सरकारका मन्त्रीलाई समेत यो ढल निकासका लागि पहल गरिदिन आग्रह गरेका थियौं ।’ नाम नबताउने शर्तमा एक जना व्यापारीले भने, ‘तर कोही कसैबाट सुनुवाइ हुन सकेन ।

आजभोलि त हामीलाई उक्त नालाबाट आउने गन्ध पनि बास्ना झैं लाग्न थालिसक्यो ।’ उनले गन्ध आयो भनेर पसलमा व्यापार गर्न पनि छोडन नमिल्ने, सरोकारवालाले सडकमा नाला बनाइ ढल निकासको सहि व्यवस्थापन पनि गर्न नसक्ने बाध्यता आइलागेको दुखेसो पोखे । यससम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीलाई फोन गरेर बुझन खोज्दा उनको फोन उठेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x