पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
समान्य अर्थमा भने हो भने कुनै व्यक्ति वा वस्तुलाई जे शब्द दिएर बोलाउन थालिन्छ त्यो उक्त वस्तुको नाम भनेर चिनाउन थालिन्छ । नामको आफ्नै छुट्टै महत्त्व हुन्छ, दुनियाँमा परिचित हुनका लागि । राजनीतिक संसारमा यो विषय जटिलतम् हुन्छ । राजनीतिलाई जटिल बनाएर प्रस्तुत गरिनु मुल कारण हो । अहिले नेपालको प्रदेश– २ को नामाकरण ले चर्चा पाएको छ । जनक प्रदेश, बिदेह, सीताजस्ता नामहरू प्रदेश–२ को चिया पसलहरूमा चर्चाको विषय बनेको छ । र प्रदेश–२ को राजनीतिक बजारमा चर्चा पाएको छ ‘मधेश र मिथिला’ले, मुलतः ।
प्रदेश– २ को नीति आयोगका अध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा प्रदेश नामाकरणको टुंगो लगाउने गरी तीन सदस्सीय समिति समेत गठन गरिएको छ । राजनीतिक आवरणमा गठित समितिले केही ठोस एवं मान्य सुझाव दिनै सक्दैन भनेर भन्नु पूर्ण सत्य कदापी हुन सक्दैन । तर नेपालको इतिहासमा समिति गठन गर्नु भनेको चर्केको मुद्दालाई थामथुम पार्नलाई गरिन्छ, हामीसँगै यथेष्ठ नजिरहरू छन् । समितिको प्रतिवेदन पढ्न केही समय कुर्नै पर्ला । यद्यपि अहिलेको सन्दर्भमा मिथिला भर्सेस मधेशको नालीबेली छान्नुको उपयुक्त देखिन्छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नामाकरण गर्दा मधेश शब्दलाई निषेध गर्दै आइरहेका छन् । उनीहरू यसमा पनि चुनावी राजनीति बाहेक अरु केही देख्न असफल जस्तो देखिएका छन् । उनीहरूलाई लाग्दो हो यदि प्रदेश २ को नाम मधेश प्रदेश वा प्रभागकारी रूपमा मधेश शब्दले स्थान पायो भने आम मधेशी जनताको भावनामाथि केही हदसम्म मधेशवादी दलले विजय पाउलान् र आउँदो चुनाव मा यसको फाइदा मधेशवादीले उठाइहाल्लान कि ? जबकि मधेशवादी दल आफैं दलदलमा फसेका छन् । मिथिला प्रदेश र मैथिली भाषा प्रदेश २ को हुनुपर्छ भने अडान कांग्रेस र नेकपाले गर्दै आइरहेका छन् । नेपाली कांग्रेसका वर्तमान नेताहरूलाई बुझिनसक्नु छ । बीपी कोइरालाको नाममा राजनीति गर्ने यी कनिष्ट आत्माहरू मधेश शब्दको उच्चारण गर्नबाट निषेध गर्न खोज्छन् । तर बीपी धनकुटा जेलमा रहेका बेला उनी र उनका साथीलाई पहाडै पहाडको बाटो लगिएको थियो र ‘मधेशको बाटो’ लगेनन् भने कुराको चर्चा उनको आत्मवृतान्त –पृष्ठ ४४) मा पढ्न सकिन्छ ।
उनीहरूको यी तर्क आउनासाथ बारा पर्साका नागरिकमाथि के बित्छ भन्ने कुराको हेक्का समेत राख्दैनन्, उनीहरू । अर्का थरी दलिलकर्ता ती हुन् जसलाई लागिरहेको छ कि उनी स्वयं मिथिला संस्कृतिका एकल संरक्षक हुन् । र अरुलाई भने मिथिला शब्दसँग घृणा छ । जबकि यी अभियन्ताहरूलाई मिथिलाको रट लगाएबापत दाम आएन भने ‘काहे का मिथिला’ ? भन्न पनि बेर लगाउने छैनन् । प्रदेशको नामाकरण मिथिला गरेर मिथिला संस्कृतिको संरक्षण देख्ने यस्ता महान व्यापारी आत्माले मिथिलाको इतिहास संरक्षण गर्नका लागि प्रदेश मात्र होइन राष्ट्रिय स्तरमा समेत मिथिला संग्राहलय निर्माण गर्न लगाउनुपर्छ । मिथिला सभ्यतासँग सम्बन्धित विभिन्न आयामहरूलाई प्रदेशले बनाउने शिक्षा नीतिअन्तर्गत समाविष्ट गराई विद्यार्थीलाई पढाउने हो भने आउने पुस्ताले समेत गौरवका साथ मिथिला संस्कारलाई स्मरण गरिरहने छ ।
अरु हुन् राजपा–नेपाल र संसफो–नेपालका मसिहाहरू जो अर्थहीन दम्भको दुनियामा हिँडिरहेका छन् । मधेश आन्दोलनले संघीयता ल्याएको हो यो देशमा र आफूहरू त्यसको प्रणेता हुँ भने भावनामा पूर्व र पश्चिममा रहेका मधेशीहरूको भावनामाथि कुठाराघात गरिरहेका छन् । समग्र मधेशबाट समग्र मधेश दुई प्रदेशको नारामा झरेका यी नेताहरूकै अबुझ र अपरिपक्व राजनीतिका कारण मधेश खण्डित भएको छ । प्रदेश २ लाई फगत मधेशको रूपमा चित्रित गर्न खोजिँदै छ, साशक वर्गबाट र ठूला भनाउँदा दलहरूबाट जसले अहिले पनि संघीयतालाई नरुचाएको अवस्था छ । जानकारीअनुसार प्रदेश २ को नाम मधेश प्रदेश राख्ने भावनामा ओतप्रोत छन् मधेशी नेताहरू । शायद यो उनीहरूले गरेको खण्डित आन्दोलनको देन होला ।
विदितै छ नेपालमा संघीयताको जन्म मधेश आन्दोलनले गराएको हो । झापादेखि कञ्चनपुरसम्म बसोबास गर्ने मधेशी एवं सिमान्तकृत वर्गले गरेको संघर्षको ताजा र गर्वपूर्ण इतिहास छ । अहिले अस्तित्वमा देखिएको प्रदेशको सिमाङ्कनबाट मधेश आन्दोलनका सच्चा सिपाहीहरूमा असन्तुस्टि व्याप्त छ । राजनीतिक मारका कारण उनीहरूमा उकुसमुकुस छ । समग्र मधेश दुई प्रदेशको भावनालाई कदर गर्नका निमित्त प्रदेशको नामाकणले भावनात्मक तर गहन योगदान पुर्याउने निश्चित छ । प्रदेश–२ को नाम ‘मध्य मधेश’ राख्ने हो भने राजनीतिक एवं पहिचानका हिसाबले सार्थक हुनेछ । ‘मध्य’ शब्दको आफ्नै महत्त्व हुन्छ । यसले पश्चिम एवं पूर्वी मधेशका बसोबासीलाई संघर्ष जीवित राख्न प्रेरित गर्नेछ । एउटा अर्थपूर्ण सपना देख्ने आधार दिनेछ कि प्रदेश– २ सँग समन्वय गरी राख्ने हो भने राजनीतिक दुष्टभावनाले कोरिएको प्रादेशिक सिमाङ्कनलाई परिवर्तन गर्न सकिने छ ।
भावनाको सिंढी चढेर अधिकार खोज्नेहरूले कहिले अधिकार नपाउँदा रहेछन् । लाडाईं राजनीतिक रूपले नै गर्नुपर्छ । मिथिलाको आफ्नै बेछाट इतिहास र गौरव छ । मधेशको इतिहास पनि आफ्नै खालको छ । राजनीतिक परिवर्तन मधेशले ल्याएको छ । नेपालको राजनीतिमा मधेशी/सीमान्तकृतहरूको पकड नभए पनि देशको राजनीतिक लगाम मधेशकै छ । अहिलेको प्रदेश– २ ले त झन् देशको राजनीतिलाई प्रभावित पार्ने नै छ । त्यसैले प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने चेतना प्रदेश– २ सरकारलाई आओस् ।
(यी लेखकका निजी विचार हुन् ।)
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...