×

NMB BANK
NIC ASIA

चीनले गर्‍यो खतरनाक लेजर अस्त्र प्रदर्शन

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संसारमा अग्रणी बन्नका लागि चीनले लगातार नयाँ आविष्कार गरिरहेको छ । यसक्रममा उसले खतरनाक हतियार पनि प्रदर्शन गरिरहेको छ । 

चीनले नयाँ लेजर रक्षा हतियार प्रणाली प्रदर्शन गरेको छ । यसले हावामा निशाना लगाएर ड्रोन, बम र मोर्टारलाई ध्वस्त पार्न सक्छ । 

ग्लोबल टाइम्सका अनुसार, दक्षिणी गुआङदोङ प्रान्तको ज्युआई शहरमा आयोजित एयर शोमा नयाँ प्रणाली प्रदर्शन गरिएको हो । 

यो हतियार प्रणालीलाई चीनले भारतीय सीमासँग जोडिएको तिब्बतमा अनि दक्षिण चीन सागरको विवादित टापुमा तैनाथ गर्नसक्ने भनी भारत झस्किएको छ । यो प्रणालीको नाम एलडब्ल्यू ३० लेजर रक्षा हतियार प्रणाली हो । 

हतियार देशको सबभन्दा ठूलो क्षेप्यास्त्र निर्मातामध्ये एक चाइना एरोस्पेस सायन्स एन्ड इन्डस्ट्री कर्पोरेसनले विकसित गरेको हो । 

गत जुलाई महिनामा अमेरिकाका एक सैन्य अधिकारीले यसको खुलासा गर्दै सेप्टेम्बर २०१७ देखि अहिलेसम्म २० किसिमका घटनामा अमेरिकी विमानलाई तारो बनाउन लेजर हतियार प्रयोग गरिएको बताए । 

ती अधिकारीले नाम नखुलाउने शर्तमा लेजर किरणहरू अमेरिकी विमानमा फ्ल्याश गरिएको र त्यसमा चीनको हात रहेको अनुमान गरिएको बताए । प्रशान्त क्षेत्रमा प्रयोग गरिएका हतियार सैन्य प्रयोजनका लागि थिए कि व्यावसायिक
भन्ने कुरा पुष्टि भएको छैन तर त्यसले पाइलटलाई हानि गर्न सक्ने सम्भावना चाहिँ रहेको थियो ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x