×

NMB BANK
NIC ASIA

सुर्खेतमा १० मेट्रिक टन गहुँको बीउ गोदाममै थन्कियो, बिक्री नभएपछि खेर जाने खतरा

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – लेकबेसी नगरपालिका–६ बाघखोरका करीब साढे ७ सय सहकारीका शेयर सदस्य किसानले उत्पादन गरेको गहुँको बीउ खेर जाने अवस्थामा पुगेको छ ।

Muktinath Bank

कर्णालीका धेरै जिल्लाका किसानले गहुँको बीउ छरिसकेपछि गत वर्ष बाघखोरका किसानले उत्पादन गरेको ६५ मेट्रिक टन गहुँको बीउमध्ये १० मेट्रिक टन किसानको घर र समृद्धि कृषि सहकारी संस्थाको गोदाममा बिक्री नभएका कारण थन्किएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि किसानले उत्पादन गरेको बीउ तनहुँ र कर्णालीका अन्य जिल्लामा जाने गरेको थियो । उतिबेला किसानलाई बीउ पुर्याउनै मुस्किल हुने गरेको थियो ।


Advertisment
Nabil box
Kumari

गहुँ छर्ने समय अन्तिम अवस्थामा आइसकेको बताउँदै बाघखोरस्थित समृद्धि कृषि सहकारी संस्थाका अध्यक्ष देवबहादुर रानाले यो वर्षको बीउ अर्को वर्ष काम नलाग्ने भएका कारण किसानलाई क्षति हुने निश्चितप्रायः भएको बताए ।

Vianet communication
Laxmi Bank

‘विगतमा जिल्ला कृषि विकास कार्यालय, क्षेत्रीय कृषि विकास कार्यालयले हाम्रो बीउको प्रचारप्रसार गर्नुका साथै ग्राहक खोजेर सिफारिस गरेर पठाउने र हामीलाई बीउ उत्पादनमा प्रोत्साहन दिने गरेको थियो,’ उनले भने, ‘तर नयाँ संरचनामा देश गइसकेपछि गत वर्ष हाम्रो मकै र धानको बीउ खेर गयो, हामीले मकै र मसुरोको बीउ उत्पादन गर्न बन्द गरेर गहुँको बीउ उत्पादन गर्यौं । तर यो वर्ष पनि गहँुको बीउ बिक्री नभएपछि अब हामीले किसानलाई कसरी क्षतिपूर्ति दिने भन्ने चिन्ता लागेको छ ।’

गत वर्ष किसानले २२ हेक्टर जमिनमा गहुँको बीउ उत्पादन गरेका उनले बताए । बाघखोरका किसानले सुर्खेत जिल्लालाई गहुँ, मकै, तोरी र धानको बीउमा आत्मनिर्भर बनाउने योजनाका साथ दक्ष प्राविधिकले जाँच गरेर ग्रेडिङ गराई बीउ प्याक गर्ने गरिएको र त्यसलाई बजारमा ८० रुपैयाँ प्रतिकिलोका दरले पठाउने गरिएको थियो । उनले भने, ‘बरु हाम्रा किसानले भारत तथा अन्यत्रबाट आएको हाइव्रिडको नाउमा ८ सय रुपैयाँ प्रतिकिलो गहुँको बीउ किनेर बारीमा छर्न थाले । तर हामीले उत्पादन गरेको यहाँको हावापानी सुहाउँदो र स्तरीय बीउको बजारमा कसैले माग नै गरेन ।’

सहकारीले भनेका कारण किसानले गहुँको बीउ उत्पादन गरेका र बीउ किन्नैपर्ने बाध्यता रहेको उनले बताए । ‘हामीले किसानको घरमा रहेको १० मेट्रिक टन गहँुको बीउ खरिद गर्नुपर्ने बाध्यता आएको छ । यदि हामीले किसानको घरबाट गहुँ खरिद नगरे अर्को पटक किसानले गहुँको बीउ उत्पादन गर्ने छैनन् र हामी गहँुको बीउ फेरि बाहिरबाट आयात गर्नेतर्फ अग्रसर हुने सम्भावना छ,’ उनले भने, ‘यसले यो पालि हाम्रो सहकारीलाई नोक्सान भएकोजस्तो देखिएपनि देशलाई नै घाटा हुने निश्चित छ । हामीले कृषिलाई यदि आत्मनिर्भरताको प्रतिक, समृद्धिको आधारको रुपमा प्रचार गर्छौं भने कृषि पेशामा आवद्ध भई उत्पादन गरिएको खाद्यान्नको कसले बजारीकरण गर्ने ? आँगनमा भएको स्थानीय र प्रदेश सरकारले यसको बारेमा आवश्यक बजारीकरण र किसानलाई राहत दिने काम गर्ने कि नगर्ने ?’

किसानले उत्पादन गरेका हरेक वस्तुमा राज्यले सहुलियत दिनुपर्नेमा उनले जोड दिए । ‘किसानले मेहनत गरेर उब्जाउ गर्ने तर राज्यले भने उनीहरूलाई प्रोत्साहन तथा बजारीकरणमा सहयोग नगर्ने हो भने कृषि पेशामा युवाको आकर्षण कसरी बढाउन सकिएला ?’ अध्यक्ष रानाले भने, ‘यसबारेमा सरकारले सोच्न जरुरी छ ।’

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले उत्पादन गरेको बीउ गोदाममै सड्न नदिने प्रतिबद्धता जनाइन् । ‘हामी तपाईहरूले उत्पादन गर्नुभएको बीउ गोदाममा सड्न दिने छैनौं,’ उनले भनिन्, ‘काम गर्ने, उत्पादन गर्ने किसानमैत्री कर्णाली सरकार छ । हामी तपाईको गहँुको बीउ खरिद गर्नेछौं, सके बिक्री गरौंला नभए रोटी बनाएर खाऔंला ।’

सहकारीले खरिद गरेको बीउलाई कर्णाली प्रदेशमा मात्रै भएपनि यो पालि बिक्री वितरणको व्यवस्था मिलाइने उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x