कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
संसारका सारा पुराना दुःख कष्टबाट मानव समाजलाई मुक्त गर्ने र नयाँ दिशाबोधका साथ संसारलाई अघि बढाउने साम्यवादी सिद्धान्तका प्रणेता तथा मार्गदर्शक कार्ल मार्क्सलाई उनको २००औं जन्म शताब्दी चलिरहेका बेला संसारभरी नै कुनै न कुनै रूपमा स्मरण गरिँदैछ र यो क्रम २०१८ भरी जारी रहने छ ।
जर्मनीमा जन्मेका वैज्ञानिक समाजवादका यी प्रणेता दार्शनकि, अर्थशास्त्री, समाजविज्ञ तथा पत्रकार कार्ल मार्क्सको जन्म जयन्ति यो अपवाद बाहेक चुपचाप कुनै सूचनै नदिइ आए जस्तै भयो । मानौं मानिसलाई कुनै फुर्सद छैन मार्क्सलाई सम्झने ! लाग्छ, उनीहरू यति व्यस्त छन् कि मार्क्सलाई किन सम्झिरहनुपर्यो भने जस्तै स्थिति देखियो, देखिइरहेको छ । तर सारा संसारका लागि र हरेक राष्ट्रका श्रमजीवी वर्गका लागि आज मार्क्सलाई सम्झनु पर्ने खास सन्दर्भ थियो, छ र रहिरहने छ । उनको दुई शतकीय जन्म जयन्ति परेका कारणले होइन मूख्यतः संसारमा गम्भीर समस्या आएको या खडा गरिएका कारणले ।
आज भूमण्डलीकरणको आवरणमा थोपरिएको पूँजीवादी अर्थनीति विना संसार ठप्प हुने जस्तो गरेर रातोदिन हो हल्ला मच्चाउने र त्यसका कारणले पृथ्वीमा स्वर्गै उत्रिएर आउँछ जस्तो दाबी गर्ने विभिन्न देशका शासक सरकारहरूले यो दाबी गर्दैगर्दा पनि बितेका र विद्यमान कयौं सूचकांकहरूलाई सरसर्ती मात्र हेर्दा मात्रै पनि के निष्कर्ष निस्कन्छ भने संसारमा मानिसको साँचो खुशी उसबाट झनझन टाढा हुँदै गइरहेको छ । आम मानिसहरू एक किसमको अनिश्चिता, त्रास र असहज अवस्थाबाट नै गुज्रिरहेको र अप्रसन्न नै देखिन्छन् ।
यस परिप्रेक्षमा हाम्रो देशमा पनि कथित समाजवादोन्मुख संविधान निर्माणको प्रस्तावनाको संकल्पलाई छोडेर राज्य जसरी पूँजीवादपरस्त समाज बनाउनेतिर हिँडेको छ, त्यसले गर्दा आज सबै कुरा– राजनीति, अर्थतन्त्र, समाजिक तथा सांस्कृतिक संरचना – पूँजीको मुठ्ठीमा केन्द्रित हुदै जान थालेको छ । यो पूँजीले मानिसलाई हृदयहीन बनाउने गर्दछ भन्ने यसको पुरानो इतिहास रहेको छ । यतिबेला जब हामी मानिसको खुशीको बैरी बनेको यो पूँजीलाई हाम्रो राज्य/राष्ट्रको शक्तिहरूको अतिक्रमबाट बच्ने पनि कुनै स्थिति छैन । यस सन्दर्भमा के सम्झना हुन्छ भने कार्ल मार्क्स र फेडरिख एंगेल्सले १८४४ मा नै चेतावनी दिएका थिए कि पूँजी जस्तो निर्जीव बस्तुले सजीवहरू खाश गरेर मानिसलाई सञ्चालित गर्दछ भने त्यसले निश्चय नै मानिसलाई हृदयहीन बनाएर छाड्छ । अनि त कोही पनि हृदयहीन भएर न स्वयं नै खुशीको अनुभव गर्न सक्दछ न कसैसँग खुशी बाड्न र साट्न नै । १८३७ मा मार्क्सले आफ्ना पितालाई लेखेको पत्रमा लेखेका थिए– ‘‘संसारमा सबैभन्दा खुशी त्यसैलाई प्राप्त हुन्छ जसले सबैभन्दा बढी मानिसहरूको खुशीका लागि काम गर्दछ ।
कार्ल मार्क्सका अनुसार– ‘पूँजीवादी समाजमा पूँजी स्वतन्त्र र व्यक्तिगत हुन्छ जब कि जीवित व्यक्ति त्यस पूँजीको आश्रित हुन्छ र उसको कुनै वैयक्तिकता हुँदैन’ । मार्क्सले त्यतिबेलै बुझिसकेका थिए कि अन्धाधुन्ध उपाभोगले हामीलाई खुशीको नजिक लाँदैन, बरु त्यसबाट अझ टाढा टाढातिर धकेल्दछ । यस कारण मार्क्सको विचार थियो कि ‘आवश्यकता त्यतिबेलासम्म अन्धो हुन्छ, जबसम्म उसलाई होश आउँदैन । स्वतन्त्रता आवश्यकताको चेतना हुने गर्दछ ।’ हामी कोही मार्क्सका अनुयायी रहौं या नरहौं यति कुरा बुझिसकेपछि आफैसँग के प्रश्न खडा हुन्छ भने हामीमा नागरिकका रूपमा यति होश चेत छ कि छैन कि हामीले आफ्ना आवश्यकताहरू आफ्नो विवेकले आफै निर्धारण गर्न सकौं र अन्य कुनै शक्ति या त्यस्ता कुनै तत्वहरूले हामीमाथि कुनै खाश जीवनशैली थोपर्न नसकुन् ।
आफ्नो देश जर्मनीका अतिरिक्त फ्रान्स, बेल्जियम र ब्रिटेनमा राजनीति, अर्थशास्त्र, दर्शन, समाजशास्त्र, श्रम, इतिहास र प्रकृतिका साथै वैज्ञानिक विश्लेषणहरूका विभिन्न मोर्चामा सक्रिय रहेर यी क्रान्तिकारीलाई खास गरेर मानिसको मुक्ति कामनाको नयाँ सैद्धान्तिक आयाम दिने बहुचर्चित कृति ‘दास क्यापिटल’ र साथै ‘कम्युनिष्ट घोषणापत्र’लाई जानिन्छ । तर हाम्रो लगायत अन्य कतिपय देशहरूमा उनको विचारलाई लिएर आज पनि अनेक भ्रमहरू फैलिएर रहेका छन् । ‘धर्म मानिसको लागि अफिम हो’ भन्ने कथनलाई लिएर फैइलाइने गरेको भ्रमको त कुनै अन्त्य नै छैन । यद्यपि उनले मनुष्यको इतिहासमा धर्मद्वारा निभाइएको भूमिकालाई कहिल्यै पनि एकतर्फी रूपमा खारेज गरेको छैन । जो मानिसहरू उनको माथि भनिएको कथन वा वाक्यांशलाई मानिसहरूलाई भ्रमित तुल्याउनका निमित्त त्यसलाई पूरै सन्दर्भहीन तुल्याएर या सन्दर्भबाट काटेर उद्धृत गर्ने गर्दछन् तिनले धर्मका बारेमा मार्क्सको पूरै अवधारणा पढेका छैनन्, जानीजानी तोडमोड गरेका छन् । धर्म दीनहीन प्राणीहरूको चित्कार हो । हृदयहीन दुनियाको हृदय हो र निष्प्राण परिस्थितिको प्राण हो । तर अफिमले जस्तै काल्पनिक संसारमा भुल्याउने र वास्तविक जीवनका समस्याको समाधान काल्पनिक कुरामा अल्मल्याउने कारणले उनले अफिमको उपमा दिएका हुन् ।
संघर्षका सम्बन्धमा उनी भन्छन्– ‘सम्पन्नले विपन्नका लागि जे पनि गर्न सक्छन्, तर विपन्नमाथिबाट हट्न भने उनीहरूले सक्दैनन् । जमिनदार किसानको विपरीत त्यहाँबाट बाली कटाउन मन पराउँदछन् जहाँ उनीहरूले कहिल्यै बाली लगाएकै छैनन् !’ निश्चित रूपले यसै कारणले उनी यस निष्कर्षमा पुगेका हुन् कि – ‘जीवन एउटा निरन्तर चल्ने संघर्ष हो ।’ यसै क्रममा उनले क्रान्तिहरूलाई इतिहासका इञ्जिन भनेका छन् । बितेका सबै वर्ग विभाजित समाजको इतिहास बर्ग संघर्षको इतिहास हो र मेसिनहरू विशिष्ट श्रमको विद्रोहलाई दबाउनका लागि पूँजीपतिहरूका हतियार ।’ यसरी नै बिना उपयोगको वस्तु भएको कुनै पनि चीजको कुनै मूल्य हुन सक्दैन भन्ने प्रष्ट निष्कर्ष छ । मार्क्सका अनुसार.... कञ्जुस एक पागल पूँजीपति हो, जबकि पूँजीपति एक तर्कसँग कञ्जुस ।’ लेखकहरूका बारेमा पनि मार्क्सको प्रष्ट राय छ– ‘बाँच्ने र लेख्ने लेखकले पैसा कमाउनु पर्दछ । तर कुनै पनि हालतमा पैसा कमाउनका लागि बाच्न र लेख्नु हुँदैन । लेखकले इतिहासको कुनै आन्दोलनलाई शायद बहुतै राम्रोसँग बताउन सक्दछ तर निश्चय नै उसले त्यसको (आन्दोलनको) निर्माण गर्न सक्दैन’ ।
हाम्रो देशमा कसैले गल्तीले पनि मार्क्सवादका बारेमा कुनै जिज्ञासा राखेमा उसले प्रश्नकर्तालाई यत्तिका धेरै वैचारिक जटिलता सुम्पिदिन्छन् कि प्रश्नकर्ताले तिनलाई सुल्झाउँदा सुल्झाउँदै उल्झेर रहनु पर्ने स्थिति बन्दछ । यसको विपरीत मार्क्सले आफ्नो विचारधारालाई केही सरल सूत्रमा यसरी सम्झाउँदछन्– ‘साम्यवादको सिद्धान्तलाई एक वाक्यमा अभिव्यक्त गर्न सकिन्छ । सारा निजी सम्पत्ति समाप्त गरिनु पर्दछ । हरकेबाट उसको योग्यता अनुसारको काम लिने र हरेकलाई उसको आवश्यकता अनुसार दाम दिने । मानौं, नोकरशाहका लागि संसार केबल हेरफेर गर्ने वस्तु हो । यहाँ मजदूरको सन्दर्भमा मार्क्सका प्रसिद्ध कथन पनि सम्झिराख्नुपर्दछ कि– ‘उनीहरूसँग गुमाउने कुरा हत्कडी बाहेक अरु केही छैन, जित्नका लागि सारा संसार छ’ ।
मार्क्स मानिसका विचारहरूलाई तिनको भौतिक स्थितिको सबैभन्दा प्रत्यक्ष उद्भव बताउँदछन्, जबकि लोकतन्त्रलाई समाजवादसम्म जाने बाटो मान्दछन् र भन्दछन्, महिलाहरूको उत्थान विना कुनै पनि महान सामाजिक परिवर्तन असम्भव छ । उनै शब्दमा– ‘सामाजिक प्रगति महिलाहरू, जसमा नराम्रो देखिने (भनिने र सुनिने) महिलाहरू पनि सामेल छन्– को सामाजिक स्थिति हेरेर मापन गर्न सकिन्छ । चाखलाग्दो कुरा के पनि छ भने एक समय उनले भनेका थिए यदि कुनै कुरा चाखलाग्दो छ भने त्यो यो कि म आफू मार्क्सवादी होइन ।’
अन्ततः १४ मार्च १८८३ का दिन लण्डनमा अन्तिम श्वास लिँदासम्म वर्गाीय शोषण र सामाजिक उत्पीडनका विरुद्ध अथक र अनबरत लड्दै उनले मानिसलाई त्यो अनिवार्य र अपरिहार्य संघर्षमा विजयी बन्न जुन मार्गदर्शन गरे त्यसैलाई ‘मार्क्सवाद’ भनिएको हो । अनि यो उन्नत सामाजिक विज्ञानको ठीक ढंगले प्रयोग नगर्दा आएका विफलता र विसंगतिको दोष मार्क्समाथि होइन, उनको सुझबुझहीन अनुयायीहरूलाई जान्छ जो आफूलाई मार्क्सवादको एक मात्र ठेकदार सम्झने गर्छन् र प्रस्तुत हुन्छन् । जबकि उनीहरूका सबै गतिविधि– चिन्तन, चरित्र र व्यवहार मार्क्सवादले मार्गदर्शन गरेको भन्दा कोशौं दूर मात्रै होइन विपरीत पनि हुन्छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...