माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
सडक दुर्घटना । डडेल्धुरामा बस पल्टिँदा १८ जनाको मृत्यु भएको घटनामा सीमित छैन । इलाम, सिरहा, सप्तरी समेतका ठाउँमा मोटर वाहन दुर्घटनामा थप यात्रुको ज्यान गैसकेको छ । महाकालीदेखि मेचीसम्मका इलाका दुर्घटनाबाट पीडित हुने क्रम जारी छ; बढ्दो छ । तर राज्यव्यवस्थासित गाँसिएका निकायहरू यसबारे उदासीन देखिन्छन् । सडक दुर्घटनाका विषय हवाई दुर्घटना हुँदा बन्ने छानबीन आयोग/समितिहरूको दायरामा परेको पनि पाइँदैन । यस्ता घटना खालि तथ्याङ्क र तालीकामा समावेश हुने विवरण बन्दै गएका छन् । यो निन्दनीय प्रवृत्ति हो । र, उपभोक्ता हकहितका लागि सक्रिय संस्था र व्यक्तिहरूले आवश्यकता अनुसार सरकारी उपेक्षाभावलाई अदालतको ढोकामा पु-याउन अघिसर्नु पर्छ ।
दुर्घटनाका कारण सतहमै देख्न सकिन्छ : सडकको दुरवस्था, वाहनहरूको भत्के-बिग्रेको अवस्था र चालकको असावधानी र लापरवाही । सवारी चालक प्रमाणपत्र वितरणमा पैसाको चलखेल समेत हुन्छ भन्ने प्रेस विवरणहरूलाई त्यसै पनि बेवास्ता गर्न सकिँदैन ।
सडक दुर्घटनाका कारणहरू अरू पनि छन्; होलान् । तर उपलब्ध आँकडाको आधारमा ‘ धेरैजसो ’ दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको प्रहरी विश्लेषण छ । कार्तिक २९ गते राष्ट्रिय समाचार समिति (रासस) ले वितरण गरेको समाचारमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकले गराउने दुर्घटनाका तीन पक्ष औंल्याउनु भएको छ : गुडाइएको वाहनलाई नियन्त्रणमा राख्न नसकिने बेगमा कुदाउनु, आफूले चलाएको वाहनभन्दा अघिल्तिरका वाहनलाई साँगुरो ठाउँ र मोडमा पनि उछिन्न (ओभरटेक गर्न होडबाजी गर्नु) र चालकले मादक पदार्थ सेवन गर्नु ।
स्पष्ट छ, चालकसित सम्बन्धित यी तीनवटै चुनौती सम्बोधन गर्न र समाधान निकाल्न सकिने प्रकृतिका हुन् ।‘गति सीमित’ का सङ्केत सडक राजमार्गहरूमा पर्याप्त संख्यामा राख्न लगाउन सकिने कुरो एउटा पक्ष हो भने नटेर्ने र जथाभावी उछिन्ने प्रवृत्तिमा समयोचित जरिवाना ठाउँको ठाउँ तोकेर असुल गर्ने नियम लागू गर्न सकिने अर्को पाटो हो । मादक पदार्थको सेवन गरी वाहन कुदाउनेहरूलाई प्रहरीले एक हदसम्म अहिले नै निगरानीमा राखेको छ । यस कार्यलाई अब शहरी इलाकाहरूमा सीमित नराखी राजमार्गहरूमा बस ट्रक हाँक्ने चालकलाई निगरानीमा राख्ने उपाय गर्न मिल्ने नै देखिन्छ । चालू मापसे अभियान प्रभावकारी रहेको भए प्रवक्ता सुवेदीले मादक पदार्थ सेवनको प्रसङ्ग ताजा सन्दर्भमा उठाउनु हुने थिएन ।
सडक दुर्घटना कम गर्ने नीति र कार्यक्रम प्राथमिकताको आधारमा तत्काल शुरू होस् भन्ने लोकान्तरको सुझाउ हो ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...