×

NMB BANK
NIC ASIA

काठमाडौं –पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारले २०५१ सालमा ल्याएको वृद्ध भत्ता कार्यक्रमपछि नेकपा सरकारले मंगलवार अर्को लोकप्रिय कार्यक्रम घोषणाको तयारी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मंगलवार काठमाडौंमा आयोजित विशेष समारोहबीच सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्न लागेको हो । सामाजिक सुरक्षा कार्यक्रमलाई केपी ओली नेतृत्वको सरकारको महत्वाकांक्षी कार्यक्रमको रूपमा हेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्ध भत्ता कार्यक्रम शुरू गरेका थिए । सोही कार्यक्रमलाई तत्कालीन नेकपा एमालेले आफ्नो चुनावी नारा बनाउँदै आएको छ । ʻयो कार्यक्रम वृद्धभत्तापछिकै लोकप्रिय कार्यक्रम हो,ʼ नेकपाका नेता मुकुन्द न्यौपाने भन्छन् ।


Advertisment
Nabil box
Kumari

वृद्ध अवस्थामा उनीहरूलाई भत्ता दिनका लागि अहिले नै युवालाई रोजगारी दिनुपर्ने न्यौपाने बताउँछन् । ʻभविष्यमा वृद्ध भत्ता दिनका लागि विदेशमा रहेका ४३ लाख युवालाई स्वदेश फर्कएर रोजगारी दिनुपर्ने चुनौती छ,ʼ न्यौपानेले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

युरोप लगायत विकसित देशमा राज्यले सामाजिक सुरक्षाका लागि कर फिर्ता गर्ने गरेको उनी स्मरण गर्छन् ।

ʻनेपालमा एउटा साँच्चिकै कामदार, अर्को काम टार र आर्को काम सार गरी तीनखाले श्रमिक छन्, उद्यमी पनि त्यस्तै चरित्रका छन्, कामदारबाट काम धेरै लिने रकम थोरै दिने,ʼ न्यौपाने भन्छन्, ʻज्याला र पुँजीको समन्वय भएमा कामदारले जम्मा भएको पैसा हाम्रो लागि हुन्छ भनेर कारखाना मेरो पनि हो भन्ने भावना जाग्ने हो । कारखाना छाडेपछि पनि आफू पालिने आधार बन्ने भयो भनेर मजदुरमा काम गर्ने उत्साह जाग्छ ।ʼ 

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना कार्यक्रमलाई नयाँ युगको आरम्भ भनेका छन् । ʻएउटा दियो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदैछ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरूवात हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले, सामाजिक सुरक्षाको,ʼ श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले भने । 

सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न भूमिका खेलेका नेपाका केन्द्रीय सदस्य चुडामणि विश्वकर्मा यसले सवा १४ लाख नेपाली श्रमिक लाभान्वित हुने बताउँछन् । 

उनका अनुसार नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरेर करीब १ करोड २० लाख श्रमिक छन् । कृषि लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने चुनौती भने कायम छ । 

पढ्नुहोस्, यो पनि :

प्रधानमन्त्रीले स्वीच थिचेपछि शुरू भयो सामाजिक सुरक्षा योजना, यस्तो छ दीर्घकालीन लाभ

सामाजिक सुरक्षा कार्यक्रमले चोटपटक तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्त सुरक्षा योजनालाई प्रत्याभूत गरेको छ । त्यस्तै वृद्व अवस्थामा सुरक्षा योजना, आश्रित परिवारका लागि सुरक्षा योजना, बेरोजगार सुरक्षा योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना लगायतलाई समेटेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत रोजगारदाता कम्पनीबाट २० प्रतिशत, श्रमिक आफैंबाट ११ प्रतिशत र करबापत १ प्रतिशत गरी कुल ३२ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जानेछ । यसले श्रमिकको भविष्यलाई सुनिश्चित गर्नेछ । 

हाल विभिन्न ४८ शीर्षकमा सरकारले सामाजिक सुरक्षा रकम वितरण गर्छ । सरकारले पत्रपत्रिकामा विज्ञापन तथा सडकका पोलमा समेत विज्ञापन गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । 

ʻआलोचना गर्नेलाई गर्न दिनुस्, यो कार्यक्रमले वृद्ध भत्ताले जस्तै नेकपालाई माइलेज दिन्छ,ʼ एक नेताले लोकान्तरसँग भने ।

पढ्नुहोस्, यो पनि :

भित्रभित्रै के गर्दैछ प्रधानमन्त्री कार्यालय ? यी हुन् तत्कालका आक्रामक योजना

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x