×

NMB BANK
NIC ASIA

हात र खुट्टा चल्दैनन्, मुखले चित्र काेर्छन् अमिर बमजन

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– शारीरिक रुपमा कमजोर हुँदैमा मान्छेको कला र प्रतिभा रोकिँदैन । उनीहरुले पनि समाजलाई योगदान दिन सक्छन् । मात्र पारिवारिक सहयोग र समाजको हौसलाको खाँचो हुन्छ भन्ने दरिलो उदाहरण हुनुहुन्छ मकवानपुरको थाहा नगरपालिका–१ पालुङ्का अमिर बमजन । 

जन्मैदेखि शारीरिक अपाङगताका कारण उहाँको हात र खुट्टाको सहारा गुमाए पनि कला र गलाले साथ दिएको छ । उहाँ सफल चित्रकार र गायक बन्नुभएको छ । “अपाङ्गता भएका व्यक्तिलाई परिवार, समाज र सरकारले बुझिदिनुपर्‍यो हामी तपाईंहरुसरह गर्न सक्छौँ, मात्र वातावरणको खाँचो छ,” आज राजधानीमा उहाँको चित्रकला प्रदर्शनी र चारवटा गीत विमोचनका क्रममा दर्शकका सामु बमजनले भन्नुभयो । वरिष्ठ चित्रकार किरण मानन्धरको सहयोगमा चित्रकला सिक्नुभएका बमजनको आज एकैचोटि चार गीत विमोचन भयो । 

उहाँले दर्शकसामु मुखले कुची चलाएर चित्र कोर्नुभयो । रूखमा बसेको चराको सुन्दर चित्र बनाउँदै गर्दा उहाँसँगै उपाङ्गता भएका अर्का चित्रकार लक्ष्मीभक्त भासिमाले क्यान्भासमा हिमाल उतार्दै हुनुहुन्थ्यो । उहाँहरुको यो प्रतिभा प्रस्फुटन गर्न अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था करुणा फाउण्डेशनले सहयोग गरेको थियो । 

आपाङ्गता भएक व्यक्तिहरुको २७औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बमजन र भासिमाको कला र गला राजधानीमा प्रस्तुत भएको थियो । अपाङ्गता भएका व्यक्तिहरु कला र दक्षताले निपूर्ण हुन्छन् । 

मलाई निन्द्रामा झस्काउँछ 
मेरो देश कतै अल्झियो कि 
दुःख पर्‍यो कि पीडा पर्‍यो 
कहीँ कतै घाउ बल्झियो कि 
मलाई निन्द्रामा... 


वसन्त सापकोटाको सङ्गीतमा बमजनको स्वर र शब्दका गीतले देशको पीडा बोलिरहेको थियो । सापकोटाकै सङ्गीत रहेको अर्काे गीत यस्तो थियो । 

दैवले मलाई ठगे तापनि 
म ठग्ने छैन मेरो जीवनलाई 

Muktinath Bank

‘यो मनले के भन्छ’ र ‘मायाँ भन्ने कुरा पनि अच्चम्म कै हो’ भन्ने गीतसँगै विमोचन गरिएको थियो । गीतको श्रव्य दृश्यमा साङ्केतिक भाषाको समेत प्रस्तुतीकरण थियो । 

“बमजन सानो छँदा बार्दलीमा बस्थे । रोडमा गाडीहरु घुइँघुइँ चलिरहन्थे । चराका आवाज सुनिरहन्थ्यो । हावाहरु सिरिरी चलिरहन्थ्यो । त्यहीँ बताससँगै गाउन पुगेँछु म, मलाई केही थाहा छैन मैले के गरिरहेछु, अनायासै अगाडिको गुम्बालाई हेर्दै चित्र बनाउन थालेँ,” बमजनले पुराना याद सम्झिनुभयो । 

विसं २०७२ सालको भूकम्पबाट घर ढलेपछि उहाँ टहरामा बस्दै गर्दा करुणा फाउण्डेशनका सुदीप काफ्लेसँग भेट भएपछि जीवन फेरिएको बमजन सुनाउनुहुन्छ । अहिले वरिष्ठ चित्रकार किरण मानन्धर, सङ्गीतकार न्ह्यु बज्राचार्य र वसन्त सापकोटासँग सिक्न र काम गर्न पाएकामा गर्व गर्दै उहाँले अझै धेरै कुरा सिक्ने चाहना व्यक्त गर्नुभयो । ललितकला प्रतिष्ठानका प्रथम कुलपति किरण मानन्धरले कलाकारको प्रतिभाबाट प्रभावित भएर उनीहरुलाई प्रेरणा दिने काम गरेको प्रतिक्रिया दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

– नारायण ढुङ्गाना 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x