×

NMB BANK
NIC ASIA

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चको ‘तेस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

मंसिर १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गाे र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको सहयोगमा हुने सम्मेलनमा नेपाल, भारत, भुटान र म्यान्माका नेपाली साहित्यकारको सहभागिता रहने कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईँले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय भाषा परिषद् भवनमा हुने सम्मेलनमा डा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, डा रामजी तिमिल्सिनाले ‘डायस्पोरा नेपाली साहित्य’ र प्रा टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरिने छ ।


Advertisment
Nabil box
Kumari

‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरु हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल हुनेछ । 

Vianet communication
Laxmi Bank

सो अवसरमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसङ्ग्रह(बङ्गाली भाषा) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता सङ्ग्रहको विमोचन गरिनाका साथै तुल्सी प्रभासद्वारा सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिनेछ ।

नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारीलगायत सहभागी हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x