×

NMB BANK
NIC ASIA

राप्रपा एकतामा नयाँ मोडल : नमाने असन्तुष्ट समूहले कमल थापालाई एक्ल्याउने !

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ३ राप्रपाका ३ अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल र ३ तहको केन्द्रीय संरचनासहित एकीकरण सम्पन्न गर्नुपर्ने नयाँ बहस राप्रपावृत्तमा आरम्भ भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको १ वर्षमा महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशन सम्पन्न नहुन्जेलको संक्रमणकालमा ३ अध्यक्षले ४–४ महिना गोलाप्रथाबाट आलोपालो अध्यक्षता गर्नेे मोडल छलफलमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकता मोडलको प्रारम्भिक मस्यौदा अनुसार विधान, झण्डा र चुनाव चिह्न महाधिवेशनले तय गर्नेछ । एकीकृत दलको राजनीतिक दर्शन सम्वर्द्धनवादी उदारवाद हुनेछ । त्यसमा परम्परागत संस्था (राजसंस्था), शक्ति, संस्कृति, इतिहास सहितको उदारवाद समेटिने छ ।


Advertisment
Nabil box
Kumari

समावेशी शक्ति सन्तुलनमा आधारित मोडल राप्रपा एकता महाअभियान अन्तर्गत ३ वटै राप्रपाका नेता, कार्यकर्ताका सामूहिक छलफलबाट तय भएको बताइन्छ ।

Vianet communication
Laxmi Bank

‘विचार सिद्धान्तमा सम्झौता नगरी सबैको हैसियत कायम गरेर सबै राप्रपाहरू एक हुनुपर्छ । यसमा दुइमत छैन । नयाँ युवा पुस्ता र महिला, दलित, मुस्लिम, जनजातिजस्ता पिछडिएका वर्ग क्षेत्र नेतृत्व तहमा समावेश गरेर यस्तै छलफल र बहसको माध्यमबाट राष्ट्रवादी अभियान अगाडि बढाइनुपर्छ,’ एकीकृत राप्रपा (राष्ट्रवादी) का महामन्त्री श्याम तिमल्सिना भन्छन् ।

३ वटै राप्रपा स्थापनाको पृष्ठभूमि राष्ट्रियता, राजसंस्था, हिन्दू धर्म, संसदीय प्रजातन्त्र, निजी सम्पत्तिमाथिको अधिकारजस्ता राजनीतिक दर्शनमा आधारित छ । राष्ट्रिय एकताका लागि दलगत राजनीतिभन्दा माथि उठेको संवैधानिक राजसंस्था सहितको हिन्दू अधिराज्य राप्रपा एकीकरणको साझा आधार बन्नुपर्ने धारणा रहेको छ । राप्रपा नामधारी पार्टीका कुुनै पनि पक्ष, गुट, समूह एकता प्रक्रियामा छुट्न नहुने गरी प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

‘फेरि नफुट्ने गरी पार्टी एकता हुनुपर्छ । नेता, कार्यकर्ता सबैको सहभागिता र स्वामित्व रहने, खुला, पारदर्शी, प्रजातान्त्रिक एकीकरण प्रक्रियाबाट दर्बिलो एकता निर्माण गर्नु आवश्यक छ,’ राप्रपा (प्रजातान्त्रिक) का सहमहामन्त्री सगुन सुन्दर लावतीले भने ।

प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकता परीपूर्ति गर्न ३ राप्रपाको एकता हुनुपर्ने राप्रपाका नेता जयन्त चन्दले बताए । ‘हालसम्म जारी प्रयासलाई सकारकात्मक निष्कर्षमा पुर्याउन उपयुक्त हुनेछ,’ उनले भने ।

नयाँ मोडलमा नयाँ पुस्ता समेत प्राथमिकतामा परेको छ । ३ वटै राप्रपाका नेतृत्व पञ्चायतकालीन रहेको हुँदा विद्यमान राजनीतिक परिस्थितिमा ‘जेनेरेसन ग्याप’ को ठूलो दबाव छ भन्ने यथार्थ अवस्था स्वीकार गर्दै अबको ५ वर्षभित्र नयाँ पुस्तालाई संस्थागत रुपमै नेतृत्व तहमा ल्याउने उल्लेख छ ।

‘तीन राप्रपाका सबै पक्ष अटाउने, नयाँ पुस्तालाई क्रमिक रुपमा नेतृत्वमा ल्याउने एकीकरण समयको माग हो । देशव्यापी चाहना पनि यही हो । त्यसैले यस प्रकारको मोडल र वस्तुगत बहसले राष्ट्रवादी एकतालाई मूर्त रुप दिन सघाउ पुर्याउनेछ,’ राप्रपा (प्रजातान्त्रिक) का सहमहामन्त्री सुरेश आचार्यले भने ।

प्रस्तावमा उल्लेख भए अनुसार एकता भएको १ वर्षभित्र महाधिवेशन गर्ने गरी, प्रत्येक दलको २५ जना राखेर महाधिवेशन मूल आयोजक समिति गठन गरिने छ । आयोजक समितिका पदाधिकारी, सहसंयोजक तथा महासचिवसम्मका व्यक्ति महाधिवेशनमा हुने केन्द्रीय समितिको निर्वाचनमा सहभागी हुन नपाउने व्यवस्था छ ।

महाधिवेशनसम्म नीतिगत निर्णय र दिशानिर्देश अध्यक्ष मण्डलले गर्नेछ । हरेक निर्णय सर्वसम्मतिबाट पारित गर्ने व्यवस्था हुनेछ । अध्यक्ष मण्डलले तय गरेको नीति तथा कार्यदिशालाई स्थायी समितिले कार्यान्वयन गर्नेछ ।

नयाँ एकता मोडल अनुसार १५ सदस्य भएको स्थायी समितिमा ३ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महामन्त्री सदस्य रहने छन् । प्रत्येक राप्रपाबाट १५ जना लिएर ४५ सदस्य भएको कार्यसम्पादन समिति गठन गरिने छ । विद्यार्थी, युवक, महिला, मजदुर, किसान र पूर्वराष्ट्रसेवक संघका अध्यक्ष पदेन आमन्त्रित सदस्य रहने प्रस्तावनामा छ ।

असन्तुष्ट समूहको अर्कै तयारी 

केन्द्रीय समितिमा २ सय ३१ सदस्य संख्या रहने छन् । प्रत्येक दलले जिल्लामा नेतृत्व गरेका १–१ जना प्रतिनिधित्व हुने गरी ७७ जनाको दरले सदस्य मनोनयन गर्नेछ । जिल्ला तहका समितिमा भने ३ वटै दलका कार्यकर्ता संयुक्त रुपमा समावेश गरी महाधिवेशन सञ्चालन गरिने छ ।

राप्रपा पृष्ठभूमिका युवा तथा असन्तुष्ट पक्षले शीर्ष तहमा एकता नभएको खण्डमा आफ्नै ढंगले एकता गर्ने पहल पनि थालेको छ । पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताबीच पार्टी एकता पहल थालिएको छ । त्यसका लागि तीनै पार्टीका २० नेताले लबिङ गर्दै आएका छन् । 

असन्तुष्ट समूहका नेता दिलनाथ गिरीले पार्टी एकताको विकल्प नभएको भन्दै त्यसका लागि पहल भइरहेको बताए । अहिले एकतामा भाँजो हाल्ने कमल थापा भएको भन्दै उनले उनी बिनै पनि एकता हुने र उनी एकतामा सहभागी नभए कार्यकर्ता र जनताबाट एक्लिँदै जाने दाबी गरे । 

राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले पनि पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित एक कार्यक्रममा उनले कुनै पनि हालतमा पार्टी एकता हुने र एकता नचाहनेहरू अब एक्लिँदै जाने दाबी गरेका थिए ।
असन्तुष्ट समूहको २०७४ सालमा भएको एकता महाधिवेशनले पारित गरेको लाइनलाई आत्मसात गरेर पार्टी एकता गर्ने तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x