×

NMB BANK
NIC ASIA

खशोग्गीको ह्वाट्सएप सन्देशबाट खुल्ला हत्याको रहस्य ?

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीले अक्टोबरमा हत्या हुनुअघि आफ्ना एक निर्वासित साउदी मित्रलाई ४०० भन्दा बढी ह्वाट्सएप सन्देश पठाएको पाइएको छ । 

उनले सन्देशमा साउदी युवराज मोहम्मद बिन सलमानलाई क्रूर र प्याकम्यान नाम दिएका छन् । युवराजले आफ्नो बाटोमा आइलाग्ने सबैलाई बर्बाद गरिदिने र समर्थकलाई समेत नछोड्ने उनले सन्देशमा लेखेका थिए । प्याकम्यान
नामक जापानी भिडियो खेलमा एउटा इमोजीले प्याकडट खाँदै अघि बढ्छन् । 

सीएनएनले सोमवार प्रकाशन गरेको रिपोर्टमा खशोग्गीले क्यानडाको मोन्ट्रीयलमा बस्ने साथी उमर अब्दुल अजीजलाई सन्देश पठाएको उल्लेख गरेको छ । 

अब्दुल अजीजले शेयर गरेको सन्देशमा आवाज रेकर्डिङ, तस्वीर र भिडियो संलग्न छन् । 

अनि उनले एउटा यस्तो चित्र पनि पनि शेयर गरेका छन् जसले युवराजको खराब आचरणका लागि गम्भीर संकट आएको देखाउँछ । 

खशोग्गीले मे महिनामा पठाएको सन्देशमा लेखे, ‘उनी आफूले चाहे जति मानिसलाई नोक्सानी गर्छन् ।’

खशोग्गीले यो सन्देश साउदी कार्यकर्ताहरूको एक समूहलाई घेराबन्दी गरिएपछि पठाएका थिए । उनले भने, ‘उनले यसरी गरेको दमन आफ्नै कार्यकर्तामाथि पनि गरेमा म आश्चर्यचकित हुन्नँ ।’

अक्टोबर २०१७ र अगस्ट २०१८ का बीच लगभग दिनदिनै खशोग्गी र अब्दुल अजीजबीच संवाद भएको थियो । उनीहरूले साउदी युवकहरूले घर फर्काउनका लागि एक विद्युतीय सेना गठन गर्न र सामाजिक सञ्जालमा युवराजको
छवि ध्वस्त पार्ने योजना बनाएका थिए । 

अब्दुल अजीजले आइतवार सीएनएनसँगको भेटघाटमा भने, ‘जमालले युवराज सलमान एक समस्याका रूपमा रहेको र उनलाई रोक्नुपर्ने बताएका थिए ।’

अगस्ट महिनामा उनीहरूको कुराकानीको भनक साउदी अधिकारीहरूले पत्ता लगाएको थाहा पाएपछि खशोग्गीले लेखे, ‘भगवान्, हाम्रो सहायता गर्नुस् ।’

त्यसको दुई महिनापछि उनको मृत्यु भयो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x