×

NMB BANK
NIC ASIA

वीर र ट्रमामा ऐनविपरीत २८६ कर्मचारी भर्ना, कर्मचारी नियुक्ति अनियमिततामा उपकुलपतिकै हात

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल र ट्रमा सेन्टरमा  कर्मचारी भर्नामा अनियमितता हुने गरेको पाइएको छ । 

Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा  प्रतिष्ठानका जिम्मेवार व्यक्तिबाटै वीर अस्पताल र ट्रमा सेन्टरमा ऐनविपरीत २ सय ८६ जना कर्मचारी नियुक्त गरेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रको प्रतिवेदनअनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ विपरीत वीर अस्पताल र ट्रमा सेन्टरले वि.सं. २०७२ साल असोज महिनादेखि नै विज्ञापन नगरी कर्मचारी राखिएको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

प्रतिष्ठानका उपकुलपतिले सेवा आयोगसँग सहमति नै नगरी वीरमा मेडिकल अफिसरदेखि प्राविधिक पदहरूसम्ममा १ सय ६४ जना र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय २७ जना कर्मचारी नियुक्त गरेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले देखाएको छ ।  

Vianet communication
Laxmi Bank

वीरमा ९४ जना र ट्रमा सेन्टरमा एक सयजना कर्मचारी विना दरबन्दी नियुक्त गरिएको छ । 

सरकारको आर्थिक वर्ष २०७४/७५ को स्वीकृत दरवन्दी विवरणअनुसार वीर अस्पतालमा ६ सय ७९ कर्मचारी हुनुपर्नेमा ४ सय ३५ जना कर्मचारी कार्यरत छन् । वीरमा २ सय १४ जनाको दरवन्दी रिक्त रहेको छ । केन्द्रको प्रतिवेदन अनुसार वीर अस्पतालको कुल कर्मचारी संख्या र दरवन्दी मिलेको छैन ।

यस्तै  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तर्फ  ५ सय ३५ जनाको दरवन्दी रहेकोमा ५ सय ६९ जना कार्यरत छन् । जसमा ४ सयजना स्थायी कर्मचारी छन् भने ६४ जना करार र ९८ जना ज्यालादारीमा राखिएको छ ।  प्रष्तिठानमा ९४ जना कर्मचारी स्वीकृत दरवन्दी विना नै कार्यरत छन् ।

प्रतिष्ठानमा कर्मचारी राख्दा सेवा आयोगबाट स्वीकृत दरवन्दीमा रिक्त रहेका पदमा मात्रै पदपूर्ति गरिने कानूनी व्यवस्था रहेपनि प्रतिष्ठानले वि.सं. २०७० सालदेखि स्थायी पदपूर्ति नगरेको भेटिएको छ । प्रतिष्ठानले नियमविपरीत २०७२ सालदेखि विभिन्न पदमा करार सेवामा पदपूर्ति गर्ने गरेको भेटिएको छ । 

यस्तै ट्रमा सेन्टरमा २ सय ३३ को दरवन्दी रहेकोमा ३ सय २५ जना कार्यरत छन् । ट्रमा सेन्टरले करारतर्फ १४ जना र मासिक ज्यालादारीमा १ सय १३ जना तथा स्वीकृत दरवन्दीभन्दा एक सयजना बढी कर्मचारीहरू नियुक्त गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारी नियुक्ति अनियमिततामा उपकुलपतिकै हात !

राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीको भर्नामा प्रतिष्ठानकै उपकुलपतिबाट अनियमितता भएको उल्लेख गरेको छ । कानूनविपरीत कर्मचारी भर्नामा प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, ट्रमा सेन्टरका निर्देशक, आर्थिक प्रशासन प्रमुख लगायतका पदाधिकारीहरू संलग्न रहेको भन्दै कानुनी कारवाही हुनपर्ने केन्द्रको प्रतिवदेनमा उल्लेख छ । केन्द्रले सेवा आयोगबाट पदपूर्ति नहुँदा सेवा प्रवाह र कर्मचारीको वृत्ति विकासमा समस्या देखिएको भन्दै वैधानिक बाटोबाट पदपूर्ति गर्न सुझाव दिएको छ । 

कर्मचारी नियुक्तिमा अनियमितता गर्नेलाई स्वास्थ्य मन्त्रालयले कारवाहीको प्रक्रिया भने अघि नबढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘कर्मचारी भर्नामा दोषीलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको छ, तर केही निर्णय भने भइसकेको छैन ।’

यस्तो छ कानूनी व्यवस्था

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी सेवा शर्त तथा सुविधासम्बन्धी नियमावली, २०६५ को नियम ३८ मा सेवाको कुनै पनि रिक्त स्थायी पदमा सेवा आयोगको स्वीकृति नलिई ६ महिनाभन्दा बढी अवधिका लागि अस्थायी नियुक्ति गर्न नपाइने व्यवस्था छ ।

सोही नियमावलीको नियम ३९ मा प्रतिष्ठानको कामको निमित्त तत्काल नियुक्त नगरे सेवामा गम्भीर असर पर्ने भएमा उपकुलपति वा उपकुलपतिले तोकेको पदाधिकारीले कुनै व्यक्तिलाई दैनिक वा मासिक ज्यालादारीमा बढीमा ६ महिनासम्मका लागि मात्रै कर्मचारी नियुक्त गर्न सक्ने उल्लेख छ ।

यस्तै कर्मचारी सेवा शर्त तथा सुविधासम्बन्धी नियमावली, २०६५ को नियम ४० र ४१ मा करारमा नियुक्ति गर्नुपर्ने अवस्थाको बारेमा उल्लेख हुनुपर्ने र पद नभई कुनै पनि व्यक्तिलाई सेवामा नियुक्त गर्न नहुने व्यवस्था छ । यदि नियुक्त गरिएमा नियुक्त भएका व्यक्तिको तलब भत्ता र अन्य सेवा सुविधा नियुक्त गर्ने पदाधिकारीबाट असूल उपर हुने कानूनी व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x