×

NMB BANK
NIC ASIA

इन्डोनेसियाको पापुआ प्रान्तमा बन्दूकधारीले मारे २४ कामदार

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा आइतवार बन्दूकधारीहरूले आक्रमण गर्दा २४ जना निर्माण कामदारहरू मारिएका छन् । 

उक्त हत्याकाण्डको अनुसन्धान गर्न गएको प्रहरी र सुरक्षाबलको टोलीमा रहेका एक सैनिकलाई पनि गोली हानेर मारिएको अधिकारीहरूले बताए । 

दुर्गम पहाडी क्षेत्र न्दुगामा कामदारहरू सडक र पुल बनाइरहेका थिए । 

प्रहरीले पृथकतावादी लडाकूहरू यो हत्यामा संलग्न रहेको बताएको छ । 

स्वतन्त्रताको माग राख्ने विद्रोहीहरू दशकौंदेखि पापुआमा सक्रिय छन् । 

बीबीसीकी रेबेका हेन्श्केका अनुसार, यो हत्याको पुष्टि भएमा उक्त अशान्त क्षेत्रमा विगत केही वर्षकै भएको सबभन्दा हिंस्रक घटना हुनेछ । 

सेनाका प्रवक्ता कर्नेल मुहम्मद ऐदीका अनुसार, डिसेम्बर १ मा सशस्त्र आपराधिक पृथकतावादी समूहले स्वतन्त्रता दिवस मनाउने गर्छन् र त्यसै अवसरमा उनीहरू एउटा समारोह आयोजना गरेका थिए । त्यसपछि उनीहरूले
हत्याकाण्ड गरे । 

निर्माण कम्पनी पीटी यस्तकाया कार्याका एक कामदारले उक्त समूहको तस्वीर खिचेपछि उनीहरू रिसाएर आक्रमण गरेको कर्नेल ऐदीले बताए । 

कामदारहरूको लाश उनीहरूले नै बनाइरहेको एक पुलमुनि भेटिएको उनले बताए । 

प्रहरी र सेनाका जवान सोमवार उक्त क्षेत्रमा अनुसन्धान गर्न आएको बेलामा उनीहरूमाथि गोली चलेको र एक सैनिकको मृत्यु भएको अनि अर्को घाइते भएको अधिकारीहरूले बताए । 

पापुआले सन् १९६१ मा नेदरल्यान्ड्सबाट आफू स्वतन्त्र भएको घोषणा गरेको थियो । तर त्यसको आठ वर्षपछि उसलाई इन्डोनेसियाले आफूमा मिसाएको थियो । 

दशकौंदेखि सामान्य किसिमको पृथकतावादी विद्रोह चलिरहेको छ तर फ्री पापुआ मुभमेन्टलाई छरिएको र साह्रौ कम हतियार भएको विद्रोही समूहका रूपमा वर्णन गरिएको छ । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x