×

NMB BANK
NIC ASIA

निःसन्तान दम्पतीलाई खुशी बनाउने खबर : मरेकी महिलाको गर्भाशय प्रत्यारोपण गरेर आमाले जन्माइन् बच्ची

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — स्वास्थ्य क्षेत्रमा पहिलोपटक एक मृतक महिलाको गर्भाशय प्रत्यारोपण गरेर एक आमाले स्वस्थ बच्ची जन्माएकी छिन् । 

ब्राजिलमा यो शल्यक्रिया दुई वर्षअघि गरिएको भए पनि यसको जानकारी भर्खर आयो । ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेलनमा लेखिएअनुसार, गर्भाशयको समस्या भएका महिलालाई यसबाट सहयोग हुने लेखिएको छ । 

सन् २०१३ मा स्विडेनमा पहिलोपटक जीवित महिलाको गर्भाशय प्रत्यारोपित गरिएको थियो । त्यसपछि दशपटक यस्ता शल्यक्रिया भएका छन् । 

जीवित महिलाबाट गर्भाशय भेट्न गाह्रो छ । त्यसैले चिकित्सकहरू मृत महिलाको युटेरस प्रयोग गर्ने प्रक्रियाको खोजी गरिरहेका थिए । 

वैज्ञानिकहरूका अनुसार, निःसन्तान हुने समस्याले कुल जनसंख्याको १५ प्रतिशतलाई सताउँछ । अनि ५०० मध्ये एक महिलालाई गर्भाशयको संरचना, गर्भाशय छेदन (हिस्टेरेक्टोमी) र संक्रमण हुन्छ जसले गर्दा गर्भधारणमा समस्या
आउँछ । 

साओ पाउलो विश्वविद्यालयका चिकित्सक दानी एजेनबर्ग भन्छन्, ‘निःसन्तान समस्याबाट सताइएका महिलाका लागि नयाँ विकल्प हाम्रो अनुसन्धानले दिएको छ । मरेपछि केही मानिस अंगदान गर्न चाहन्छन् । जिउँदै रहँदा दान गर्नेभन्दा
मरेपछि दान गर्ने धेरै भेटिन्छन् । जुन महिलाको गर्भाशय प्रत्यारोपण गरिएको हो, उनी दुर्लभ रोगको शिकार थिइन् ।’

महिलाको मृत्यु भएको १० घन्टाभित्र गर्भाशय निकालेर अर्की महिलामा प्रत्यारोपण गरियो । शरीरले नयाँ अंगलाई खारेज नगरोस् भनी एन्टीमाइक्रोबियल्स, एन्टी ब्लड क्लटिङ ट्रीटमेन्ट लगायत पाँच फरक फरक औषधि पनि दिइयो । 

पाँच महिनापछि शरीरले गर्भाशयलाई अस्वीकार गरेको कुनै पनि संकेत दिएन । महिलाको मासिक रजस्वला पनि नियमित भएको पाइयो । 

गर्भाशय प्रत्यारोपणको सात महिनापछि निषेचन गरिएका अण्डा प्रत्यारोपण गरियो । उनी गर्भवती भइन् र ३२ हप्तासम्म गर्भधारण सामान्य अवस्थामा रह्यो । 

अनि ३६औं हप्तामा महिलाले २.५ किलोकी बच्चीलाई सिजेरियन अपरेसनबाट जन्म दिइन् । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x