कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मंसिर १९, २०७५
काठमाडौं–सितापाइलाकी ४८ वर्षीया मन खत्रीले स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेको १५ वर्ष भयो ।
वि.सं. २०५५ सालमा सितापाइला स्वास्थ्यचौकीबाट स्वास्थ्य स्वयंसेविका बनेकी खत्रीले नागर्जुन नगरपालिका वडा नम्बर ५ का घरघरमा स्वास्थ्यका विषयमा जनचेतना र परार्मश दिर्दै आएकी छिन् । उनी आफ्नो वडाका महिलाहरुलाई गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराहरु, नवजात शिशूको स्वास्थ्यस्यहार, जाउलो बनाउने तरिका लगाएका विषयमा ज्ञान र तालिम समेत दिन्छिन् । गाउँमा महिला र अन्य व्यक्तिहरुले खत्रीको सेवालाई सम्मान गर्छन् ।
समाजको माया र सम्मानले आफूले टोलका आमाहरुको स्वास्थ्य सुरक्षाका लागि सेवा गरिरहेको खत्री बताउँछिन् ।
‘वडामा मलाई साह्रै माया गर्नुहुन्छ, टोलमा रहेका दिदीबहिनीलाई स्वास्थ्यको विषयमा जनचेतना दिएर हिँड्न पाउँदा खुसी छु,’ खत्रीले लोकान्तरसँग भनिन्, ‘हिड्न सकुनजेल स्वयंसेविका भएरै सबैको सवा गर्ने चाहना छ ।’
खत्री दिनरात नभनी खटिएर टोलमा बिरामी परेकालाई परामर्श र उपचारलागि स्वास्थ्यसंस्थासम्म लैजान सहयोग समेत गर्छिन् ।
यसरी बनेकी थिइन् स्वास्थ्य स्वयंसेविका
खत्री सितापाइलामा नेपाल परिवार नियोजन संघमा कार्यरत थिइन् । उक्त संस्थाले सुई लगाउने तालिम नभएकाले खत्रीलाई ३ वर्षपछि कर्मचारीको रुपमा राखेन । घरम बसिरहेकी खत्रीलाई भने स्वास्थ्य क्षेत्रमा नै काम गर्ने रहर थियो । वि.संं. २०५५ सालमा सितापइलाको ८ नम्बर वडाकी स्वास्थ्य स्वयंसेविकाले विहे गरेपछि त्यहा स्वयंसेविकाको ठाउँ खाली भयो ।
तलब नपाउँने तर गाउँगाउँमा डुल्नुपर्ने स्वास्थ्य स्वयंसेविकाको सेवामा कसैले पनि सेवा गर्न चाहेनन् ।
त्यसपछि सितापाइला हेल्थ पोष्टका एकजना महिला अहेबले खत्रीलाई नै स्वास्थ्यचौकीको स्वयंसेविका बन्न प्रस्ताव गरिन् । खत्रीको चाहना पनि स्वास्थ्यसेवा गर्ने नै थियो, उनले सो प्रस्तावलाई सहजै स्वीकार गरिन् ।
उनको कामलाई पतिले पनि साथ दिए । तर परिवारका अन्य सदस्यले भने डाक्टर बनेर गाउँ डुलेर हिड्ने भइ भन्दै कुरा समेत काट्ने गरेको विगत खत्रीले सुनाइन् ।
‘श्रीमान्ले त सेवा गर्नु राम्रो काम हो, भनेर सहयोग नै गर्नुहुन्थ्यो, सासु आमाले भने शुरुशुरुमा त डाक्टर बन्ने भइ, लखर लखर डुलेर हिड्छे भन्दै होच्याउनुहुन्थ्यो,’ खत्रीले भनिन्, ‘मैले श्रीमान्को सपोटमा सेवा गर्दै गए, गाउँ समाजले सम्मान र माया गर्न थालेपछि परिवारले पनि राम्रो भन्न थाले ।’
१५ वर्ष स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दै आएकी खत्रीको स्वयंसेविका भएर सेवा गर्दाको रमाइला र दुःखद् अनुभवहरु अनगिन्ती छन् । उनले घरमै सुत्केरी भएका शिशूको स्याहार गरेर धेरे आमा तथा शिशूको ज्यान बचाँएकी छन् । आफुले गरेको सेवाले खुसी मिल्ने गरेको उनको अनुभव छ ।
नवजात शिशुको ज्यान बचाउँदा...
एकपटक म धाराबाट पानी लिएर घर जाँदै थिए । एकजना गर्भवतीले घरमै बच्चा जन्माइछन् । बच्चा जन्मिएपनि कुनै प्रतिक्रिा जनाएन छ । मलाई पानी बोकेर गइरहकै ठाउँमा लिन आए । म हतार हतार पानी राखेर उनको घरतिर गए । त्यहाँ पुग्दा बच्चा रोएन भनेर, नाङ्गैउल्टो पारेर पिठुयुमा पिट्दै गरेका थिए । बच्चाको पिठ्यु नै रातो भइसकेको थियो । नाङ्गै राख्दा चिसोले सिताङ भइसकेको रहेछ । मैले नरम कपडाले शिशूको शरीर छोपिदिए र आफ्नो मुखले उसको मुखमा फुकेर स्वासप्रस्वास गराए । त्यसपछि बच्चा रोयो । बच्चासँगै उसकी आमा पनि खुसी हुँदै रोइन् । अलिहे ऊ १२ कक्षामा पढ्दै छ । उसलाई देख्दा आफ्नो पेसाप्रति गर्भ लाग्छ । त्यो खुसी मैले अन्य काम गरेर कमाउँदिन थिए ।
‘गर्भवती र बिरामीलाई पतिसँग पैसा मागेर अस्पताल लगे’
खत्रीले स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दा गोष्ठीहरुमा एक सय रुपैंया पाउँथिन् । उनको आर्थिक आम्दानी भनेकै गोष्ठीमा पाँने भत्ता मात्रै थियो । तर त्यही भत्ताको रकम पनि गरीब र दुःखमा परेका सुत्केरी र बिरामीलाई अस्पताल लैजादा नै खर्च हुन्थ्यो ।
पैसा नभएर अस्पताल जान नसकेका धेरै बिरामीलाई पतिसँगै पैसा मागेर समेत उपचार गर्न लगेको उनले सुनाइन् ।
‘गोष्ठीहरु हुँदा एकसय रुपैंया दिन्थ्यो, टोलमा राम्रोसँग खान,लाउन नपाएका गर्भवतीहरु हुन्थे, उनीहरुसँग अस्पताल जाने पैसा पनि हुँदैन थियो,’ खत्रीले विगत सम्झिन्, ‘कतिपटक त श्रीमान् सँग समेत पैसा मागेर उनीहरुलाई अस्पताल लगेको छु ।’
खत्रीले अहिले गोष्ठीमा जाँदा ४ सय रुपैंया पाउँछिन् । उसको आर्थिक आम्दानि गोष्ठी र कार्यक्रममा पाउने भत्ता मात्रै हो । तर सेवा गरेबापत समाजले दिने सम्मान र मायालाई नै खत्रीले आफ्नो अमूल्य कमाई सम्झिएकी छन् ।
उनले भनिन्, ‘मेरो कमाइ नै समाजको सम्मान र माया हो, शरीरले साथ दिएसम्म स्वयंसेवा गर्ने चाहना छ ।’
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...