×

NMB BANK
NIC ASIA

थारु साहित्यको विकासको लागि अक्षयकोष स्थापना र राष्ट्रिय सम्मेलनको तयारी

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – थारु भाषा, साहित्यको संरक्षण, सम्वद्र्धन तथा विकासको लागि अक्षयकोष स्थापना गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

थारु लेखक संघ नेपाल कैलाली शाखाले ७० हजार ४५० रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषलाई १ लाख पुर्याउने संघका केन्द्रीय सदस्य एवं साहित्यकार जीत ट्रासनले जानकारी दिए । कोषबाट आउने व्याज रकमलाई संघले भाषा, साहित्यको विकासमा खर्च गर्ने साहित्यकार ट्रासनले बताए ।


Advertisment
Nabil box
Kumari

केही वर्षयता थारु लेखक संघले थारु साहित्यकारलाई संगठित गर्दै आएको छ भने थारु साहित्यको विकास र उत्थानको लागि साहित्यिक बहस, थारु भाषाको मानकताको सवाललाई जोडदारमा उठाउँदै आएको छ । 

Vianet communication
Laxmi Bank

थारु बाहुल क्षेत्रस्थित स्थानीय तहमा थारु भाषालाई कामकाजी भाषा बनाउने र विद्यालयमा थारु भाषाको पाठ्यक्रम लागू गर्न बहस चलाउँदै आएको जनाइएको छ । दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्यिक मेला आयोजना गरेको संघले कैलालीको पटेला, बर्दियाको बह्रैया तालमा पनि साहित्यिक मेलाको आयोजना गरिसकेको छ । 

आउँदो चैत २२ र २३ गते रुपन्देही जिल्लाको सैनामैनामा हुने चौथौं संस्करणको राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारीमा जुटेको संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले जानकारी दिए ।

आयोजना हुँदै आएको साहित्यिक सम्मेलनको अवसरमा प्रकाशित भएका किताबको प्रदर्शनी, साहित्यिक बहस, सामूहिक पुस्तक विमोचन कार्यक्रम हुँदै आएका छन् । गत वर्ष बर्दियाको बह्रैया तालमा आयोजित कार्यक्रममा डेढ दर्जन साहित्यिक किताब विमोचन गरिएको थियो । चालू वर्ष रुपन्देहीमा हुने सम्मेलनमा पनि करीब २ दर्जन किताब विमोचनको तयारी भइरहेको समेत अध्यक्ष सर्वहारीको भनाई छ ।

संघले आफ्नो साहित्यिक गतिविधि नेपालमा मात्रै सीमित नराखी भारतमा पनि विस्तार गर्ने रणनीति लिएको छ । भारतका थारु साहित्यकारलाई संगठित गरी त्यहाँका थारु भाषा, साहित्य र संस्कृतिको दस्तावेजीकरण गर्ने योजना अध्यक्ष सर्वहारीले सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x