×

NMB BANK
NIC ASIA

मदन भण्डारी र गणेशमान सिंह एउटै आन्दोलनमा ! क्रान्तिको दृश्यले दर्शक भावुक

पुस ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विगत केही दिनदेखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दैछ । कोही भाषण गर्दै गरेका अनि कोही आफ्ना भाषणमा क्रान्ति र राजसंस्था ढाल्ने कुरा गर्दैगर्दा कतै गोली चल्छ कतै भागदौड मच्चिन्छ ।

Muktinath Bank

क्रान्तिका एक पात्र हुन् बर्बरिक । बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुखदुःखमा साथ दिनेदेखि राजनीति क्रान्ति सफल गर्ने अभियानमा सहयोग गर्ने गरी भएको आम नागरिकको सहयोगले बर्बरिक शक्तिशाली नेताको रुपमा चिनिन्छन् । यो झोराहाट नाट्य केन्द्रमा चलेको नाटक बर्बरिकको दृश्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाटक बर्बरिक हेर्न जानेको भीड छ । नाटकमा बिरामी गणेशमान सिंहलाई अस्पतालबाट आन्दोलनको नेतृत्वकर्ताको रुपमा उभ्याइएको छ भने मदन भण्डारीलाई बर्बरिकको रुपमा आन्दोलनको नेतृत्व गर्ने व्यक्तिको रुपमा देखाइएको छ । कुनै दिन बर्बरिक आफ्नै घरमा भएको बेला चारैतिर आन्दोलन उत्कर्षमा पुगेको त्यो क्षणमा प्रहरी उनकै घरमा आइपुग्छ । 


Advertisment
Nabil box
Kumari

ढोका ढक्ढक्को आवाजले अप्ठ्यारोमा परेका उनलाई एउटी बच्चा जन्माउने महिलाको रुपमा नाटकमा देखाइएको क्षणमा दर्शकले हाँसो थाम्न सकेनन् ।  प्रहरी घरभित्र प्रवेश गर्दा बर्बरिकलाई महिलाको कपडा लगाएर बच्चा पाउन लागेको अवस्थामा उभ्याइएको छ । 

Vianet communication
Laxmi Bank

त्यो दृश्यको एकैछिनमा राजा विरेन्द्रको भूमिका पनि बर्बरिक नाटकमा देख्न सकिन्छ । राजा विरेन्द्रको भूमिकामा देखिएका कलाकारले त्यो बेलाको आन्दोलनका कुरालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेका छन् ।

आन्दोलनको विषय जनतासँग जोडिएकाले राजा विरेन्द्रलाई सकारात्मक रुपमा उभ्याइएको छ भने रानीलाई जनताको विरोधीको रुपमा नाटकले चित्रण गर्न खोजेको छ । ताप्लेजुङदेखि विराटनगर अनि विराटनगर हुँदै सिरहा र काठमाडौंको दृश्यलाई नाटकमा देखाइएको छ ।

नेकपाका नेता प्रदिप नेपालले लेखेको उपन्यास बर्बरिकको नाट्य रुपान्तरण झोहाराट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईले १ बर्ष अघि नै गरेका हुन् ।  लेखकसँगको अनुमति लिएर नाटकलाई ढाँचा दिएको बताएका गुरागाईले झोहाराटमा सफल भएको नाटकलाई अबको १५ दिनपछि काठमाडौंमा पनि देखाउन लागिएको बताए ।

गुरागाईले भने, ‘इतिहासको खोजी जुन रहश्यको रुपमा  रहेको छ, त्यो बाहिर ल्याउने उद्देश्य नाटकले बोकेको  छ ।’

कलाकारका उस्तै हुलिया

जिन्दावाद र मुर्दावादको नाराबाट शुरू हुने नाटक बर्बरिकमा विभिन्न कलाकारको हुलिया नाटकमा देखाइने पात्रसँग मिलाउन खोजिएका छन् । नाट्य रुपान्तरण गरेका भरत गुरागाईले बर्बरिक अर्थात् मदन भण्डारीको भूमिका निभाएका छन् भने राजा विरेन्द्रको भूमिकामा हुबहु प्रस्तुत भएका छन् कलाकार प्रयाग न्यौपाने । 

दिपा पोखरेललाई दिइएको विद्या भण्डारीको भूमिका उनले  दर्शकलाई मोहित पार्ने गरी निभाएकी छिन् । नाटकमा सुदिप कार्कीलाई एउटा लेखक पत्रकारको रुपमा उभ्याइएको छ । उनको भूमिका नाटक अवधिभर लेखनको माध्यमबाट भित्रि कुरा बाहिर ल्याउने र आन्दोलनलाई सघाउने खालको देखिन्छ । 

अर्को पात्रमा डिबी बस्नेत देखिएका छन् । उनको भूमिका जर्नेलको रहेको छ । दिव्यालाई चिया पसलकी साहुनीको रुपमा देख्न पाइन्छ भने दिक्षा चौधरीलाई रानीको रुपमा देखाइएको छ । बर्बरिकको बरगाछीको एउटा घरमा देखाइन्छ, त्यो घरमा अनु श्रेष्ठलाई देखाइन्छ । उनको त्यहाँ लेखक पत्रकारको काकीको भूमिका निभाउन लगाइएको छ ।  

नाटकको अन्त्य वियोगान्त

नाटकमा राजासँगको भेटपछि चुपचाप बाहिरिएका बर्बरिक कहाँ जान्छन् कसैले थाहै पाउँदैनन् । आन्दोलन र जनताको पक्षमा कडा देखिएका बर्बरिकलाई विभिन्न समयमा विभिन्न नामले बोलाएको पाइन्छ ।

राजा विरेन्द्र सकारात्मक देखिएपनि रानीको भूमिकालाई पनि नाटकमा देखाइएको छ । जहाँ रानीको भूमिका बर्बरिकलाई सिध्याउने खालको देखिन्छ । उनलाई जर्नेलले सहयोग गरेका छन् । जब जर्नेलले बर्बरिकलाई सिध्याइदिने अभिव्यक्ति दिन्छन्, अनि नाटक शोेकमा बदलिन्छ ।

एकाएक शव डङ्रङ्ग ढलेको बेला सबै स्तब्ध हुन्छन् । सबैले पाएको एउटा अभिभावक गुमाएको महसुस गर्छन् । कसरी बर्बरिकको मृत्यु हुन्छ ? त्यो कसैले पत्तोसम्म पाउँदैनन् । उनको शवलाई उठाइरहँदा दर्शकका आँखाबाट आँशु खसेका देखिन्छ । नाटकमा देखिइएको एउटा कथा दर्शकलाई रुवाउँदै अन्त्य हुन्छ । 

मदनको ४० देखि ५० सालको झल्को

यसरी नाटक हेरेका जो कोहीले नाटकलाई जीवन्त बनाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । नाटकमा २०४० देखि ५० सालको बिचमा भएका घटनाक्रमलाई देखाइएकाले नाटकमा मदनका गतिविधिलाई देखाउन खोज्नु अत्यन्त राम्रो भएको बताएका छन् ।

नाटक हेरेपछि प्रतिक्रिया दिँदै दिनेश श्रेष्ठले भने, ‘नाटक धेरै राम्रो रहेको छ, नाटकले एउटा इतिहास बोकेको छ ।’ नाटक हेर्न भोजपुरबाट आएका मणि प्रधान र तनहुँबाट आएका राम श्रेष्ठले नाटकले मदन भण्डारीको जीवन भोगाइ मात्र हैन, एउटा कालखण्डको अवस्थालाई जस्ताको त्यस्तै देखाएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x