×

NMB BANK
NIC ASIA

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउनु ट्रम्पको सही निर्णय, थेग्लान् हतियार उद्योगको दबाब ?

पुस ९, २०७५

NTC
Sarbottam
Photo : Sputnik International
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा तैनाथ अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउने निर्णय लिएपछि विश्व राजनीति तरंगित भएको छ । युद्धपिपासुहरू ट्रम्पको आलोचनामा शब्द खर्चिरहेका छन् भने शान्तिप्रिय बुद्धिजीवीहरूले यस कदमको प्रशंसा गरिरहेका छन् । 

Muktinath Bank

हतियार उद्योगको पैसा खाएर मूलधारे सञ्चारमाध्यममा आफ्ना युद्धपक्षधर धारणा राख्ने बुद्धिजीवीहरूको रिसको पारो चढेको छ । युद्धले पाठकको ध्यान तान्ने भएकाले मूलधारे सञ्चारमाध्यम पनि युद्धको निरन्तरतालाई जोड दिइरहेका भेटिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले आफ्नो दुई वर्षे शासनकालमा अनेकौं आलोच्य तथा बहुलट्ठीपूर्ण निर्णय लिएको भए पनि सिरियाबाट सैनिक हटाउने चाहिँ उनको बुद्धिमत्तापूर्ण निर्णय हो । सिरियामा भइरहेको युद्धमा अमेरिकाको उपस्थिति आवश्यक नै हैन । त्यहाँ अमेरिकाको सुरक्षा चासो पनि खासै छैन । अनि सिरियामा भइरहेको युद्धका कारण छाएको मानवीय त्रासदीलाई अन्त्य गर्ने तथा त्यस देशमा स्थिरता ल्याउने क्षमता पनि अमेरिकासँग छैन । 


Advertisment
Nabil box
Kumari

ट्रम्पका आलोचकहरूले इस्लामिक स्टेटका आतंकवादीहरू निर्मूल नभइसकेकाले अमेरिका सिरियाबाट हट्न नहुने तर्क पेश गरिरहेका छन् । हो, आतंकवादीहरू निर्मूलै त भइसकेका छैनन् तर तिनीहरू निकै अशक्त भने भइसकेका छन् । उनीहरूले आफ्नो रणनीति बदलेर पश्चिमका शहरहरूमा गुरिल्ला शैलीमा आक्रमण गर्ने र सानो स्केलमा धनजनको क्षति गराउनेतर्फ जोड दिइरहेका छन् । अमेरिका तथा पश्चिमी मुलुकले त्यो खतरालाई डील गर्नतिर ध्यान दिनु जरूरी छ । 

Vianet communication
Laxmi Bank

सिरियामा स्थिरता नआउन्जेल अमेरिकी सैनिकहरू त्यहीँ रहनुपर्ने तर्क ट्रम्पका आलोचक गर्छन् । तर अमेरिकाले युद्धको प्रमुख कारणका रूपमा रहेको उग्रवादलाई अन्त्य गर्ने क्षमता देखाएको इतिहास पाइँदैन । इराक, लिबिया र अफगानिस्तानमा युद्धको शृंखला चलाएर ती देश र वरपरका क्षेत्रमा अस्थिरता मच्चाउने काम अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धनले गर्दै आएको कुरा घामजत्तिकै छर्लंग छ । त्यो गठबन्धन भत्काउन मात्र जान्दछ, सपार्नतिर त्यसको बुद्धि जाँदैन । त्यसमाथि अमेरिकाको सानो उपस्थितिले सिरिया र वरपरका क्षेत्रमा स्थिरता ल्याउन पनि सक्दैन ।

अनि सिरियामा भइरहेको युद्ध जटिल किसिमको छ । द नेसनल इन्टेरेस्टमा डउग बान्डोले लेखेअनुसार, युद्धमा अनेकथरी तत्त्वहरू संलग्न छन् । अमेरिकाले त्यहाँ के के मात्र गर्न सकोस् ? त्यहाँ कुर्दहरूको संरक्षण गर्नुपर्नेछ, टर्कीलाई सन्तुष्ट बनाउनुपर्नेछ, इरानीहरूको प्रभाव न्यूनीकरण गर्नुपर्नेछ, असद सरकारलाई आफ्ने जनता मार्नबाट रोक्नुपर्नेछ अनि रुसको प्रभावलाई घटाउनुपर्नेछ । यत्तिका धेरै काम एक्लो अमेरिकाले गर्ने सम्भावना छैन । 

सिरियामा अमेरिकाको उपस्थिति अहिले पूर्णतः अनावश्यक देखिएको छ । ट्रम्पले त्यहाँबाट सैनिक फिर्ता लिने निर्णय लिनु सही कदम हो । अनावश्यक युद्धमा अल्झिबस्नुभन्दा अमेरिकाले विश्व शान्तिमा लाग्नु उचित हुन्छ ।

त्यसमाथि अमेरिकी कंग्रेसले सिरियामा सैन्य कारवाही चलाउने अधिकार पनि सरकारलाई दिएको छैन । सन् २०१३ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले सिरिया युद्धका लागि कंग्रेसको अनुमति खोजेको भए पनि कंग्रेसले उनको प्रस्ताव लत्त्याइदियो । र कंग्रेसले अधिकार दिनुपर्ने कुनै कारण पनि छैन किनकि सिरिया अमेरिकाका लागि सुरक्षा खतरा नै हैन । स्पुतनिकमा प्रकाशित फिनियन कनिङघमको शब्द सापट लिएर भन्नुपर्दा कंग्रेसले यो युद्धको अनुमति नदिएको अवस्थामा ‘विगत चार वर्षदेखि सिरियामा रहेका दुईहजार अमेरिकी सैनिक र थुप्रै युद्धविमानहरू उक्त देशमा अवैध रूपमा उपस्थित छन् ।’  

त्यसमाथि बहुसंख्यक अमेरिकी जनता अन्य देशमा भएका युद्धको पक्षमा छैनन् । मूलधारे सञ्चारमाध्यममा कब्जा जमाएका केही बुद्धिजीवी चिच्याएपनि अमेरिकी जनतालाई आफ्नो देशले संसारको ठेक्का लिँदै हिँडेको चित्त बुझेको छैन । त्यस्ता जनताका भावनालाई नै ट्रम्पले प्रतिनिधित्व गरेका हुन् । 

विश्वका अन्य मुलुकमा भएका संघर्षमा अमेरिकाको संलग्नता घटाउने अनि आफ्नै देशको विकासमा लाग्ने प्रतिज्ञाका साथ ट्रम्पले राष्ट्रपति चुनाव जितेका हुन् । उनले जनताको भावनालाई कदर गर्नैपर्ने थियो र अहिले आएर अमेरिकी सैनिक फिर्ताको निर्णय लिए । द एसिया टाइम्समा एमके भद्रकुमारले स्पष्ट शब्दमा लेखेका छन्, ‘अमेरिकाले अन्य मुलुकमा गरेका अन्त्यहीन युद्धबाट थाकिसकेका बहुसंख्यक अमेरिकीहरूको समर्थन ट्रम्पलाई छ । त्यसले पनि ट्रम्पको राजनीतिक गणितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

सिरियाबाट सैनिक फिर्ता बोलाउँदा रुससँग हारेको जस्तो हुने प्रतिक्रिया केही अमेरिकी सांसदहरूले दिएका छन् । तर द वाशिङटन पोस्टमा आरोन डेभिड मिलर र रिचर्ड सोकोल्सकाईले तर्क गरेअनुसार, ट्रम्पको सैन्य फिर्ती निर्णयले सिरियामा अमेरिका हारेको हैन । सिरियामा रहेको सैन्य र राजनीतिक सन्तुलनमा लामो समयदेखि रुस र इरानको पल्ला भारी छ र अमेरिकाले त्यो सन्तुलनलाई आफ्नो पक्षमा पार्नै सकेको छैन । असदलाई रुस र इरानले कुनै हालतमा पनि सत्ताच्युत हुन दिने पक्षमा छैनन् । अमेरिकाको कमजोर सैन्य उपस्थिति र त्यहाँको युद्धप्रति जनताको न्यून समर्थनका कारण अमेरिकाले रुस र इरानसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति छैन । 

अनि इस्लामिक स्टेटलाई पूरै निमिट्यान्न पार्न पनि अमेरिकाले सक्दैन । त्यसो त इस्लामिक स्टेट सिरियामा मात्र सीमित छैन । उसको उपस्थिति इराकमा पनि छ र उससँग सम्बन्ध कायम गरेका विभिन्न समूह पश्चिम एसिया र उत्तर अफ्रिकाका मुलुकमा व्याप्त छन् । 

अनि आईएसविरुद्धको युद्धमा अमेरिकाले कुर्दहरूसँग साझेदारी गरेकोमा कुर्दहरूलाई टर्कीले पटक्कै सहँदैन । अनि टर्कीलाई चिढ्याउँदा अमेरिकाले महत्त्वपूर्ण भूराजनीतिक साझेदार गुमाउनेछ । सैन्य फिर्तीको निर्णयले कुर्दहरूलाई धोका दिएको हो भनी ट्रम्पको आलोचना गरिएको भए पनि अमेरिकाले कुर्दलाई जहिले पनि आईएसविरुद्धको हतियारका रूपमा मात्र उपयोग गर्‍यो, उनीहरूको छुट्टै राज्यको चाहनालाई सिरिया र टर्की सरकारसमक्ष कहिल्यै गम्भीरतापूवर्क उठाएन । 

माथि पनि उल्लेख भएजस्तै अमेरिकाले सिरियामा स्थिरता ल्याउने क्षमता नै राख्दैन । सिरियाको छिमेकी इराकमा अमेरिकाले लोकतन्त्र ल्याउनका लागि भन्दै गरेको युद्धले उक्त देश स्थिर भएन, उल्टो त्यहाँ उग्रवादी इस्लामले टाउको उठायो । त्यो उग्रवादले उक्त क्षेत्रका क्रिस्चियन र याजिदीहरूको व्यापक विनाश गर्‍यो । त्यसैले गर्दा जन्मिएको आप्रवासी संकटले अहिले युरोपलाई समेत आक्रान्त पारेको छ । 

सिरियामा अमेरिकाको उपस्थिति अहिले पूर्णतः अनावश्यक देखिएको छ । ट्रम्पले त्यहाँबाट सैनिक फिर्ता लिने निर्णय लिनु सही कदम हो । अनावश्यक युद्धमा अल्झिबस्नुभन्दा अमेरिकाले विश्व शान्तिमा लाग्नु उचित हुन्छ । तर ट्रम्पको सैन्य फिर्ती निर्णयलाई हतियार उद्योगका मतियारले असफल बनाउने जोखिम पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x