कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
पुस १०, २०७५
काठमाडौं – तीन वर्षअघि एन्टेना फाउन्डेसन नेपालको ‘ड्रामा प्रोड्युसर’मा नियुक्त भएर काठमाडौं आएका थिए, कलाकार रविन्द्र झा ।
सोही वर्ष उनको मोबाइलमा करियरलाई नै नयाँ मोड दिने खालको एउटा नम्बरबाट फोन आयो । उनलाई फोन गर्ने व्यक्ति थिए निर्देशक प्रदीप भट्टराई ।
नम्बर नयाँ भएपनि फोन गर्ने व्यक्तिसँग उनको पहिल्यैदेखि नै चिनजान थियो ।
धनुषाको जनकपुरका रविन्द्रले प्रदीपसँग पहिले नै केही टेलिसिरियलमा सहकार्य गरिसकेका थिए ।
२०७२ सालमा प्रदीप चलचित्र ‘जात्रा’ निर्देशनको तयारीमा थिए ।
प्रदीपले फोनमा भने, –‘रविन्द्रजी तपाई काठमाडौंमै हुनुहुन्छ रे, हामी भेटौं न ।’ रविन्द्रलाई आफ्नो चलचित्रमा अभिनय गराउने उद्देश्यका साथ प्रदीपले रविन्द्रसँग भेट गर्न खोजेका थिए ।
सोही दिन साँझ उनीहरूको भेट भयो । त्यही भेटमा प्रदीपले रविन्द्रलाई फिल्म खेल्न प्रस्ताव गरे । प्रस्ताव राम्रो लागे पनि उनलाई थाहा थिएन, प्रदीपले आफूलाई मुख्य क्यारेक्टरमै अभिनय गराउन चाहिरहेका छन् ।
‘कति दिन लाग्छ ?– रविन्द्रले सोधे । ‘त्यही २८/२९ दिन’– प्रदीपले भने ।
रविन्द्रले त्यति धेरै समय दिन आफू असमर्थ रहेको जनाउँदै भने, ‘सरी ! प्रदीपजी म त्यति धेरै बिदा मिलाउन सक्दिनँ । पछि अरु कुनै चलचित्रमा सहकार्य गरौँला ।’
तर प्रदीपलाई लागेको थियो, ‘जात्रा’ मा मुन्ना ठाकुरको भूमिकालाई रविन्द्रले मात्र न्याय गर्नसक्छन् । त्यसैले प्रदीप जसरी हुन्छ रविन्द्रलाई नै चलचित्रमा लिने ध्याउन्नमा थिए ।
रविन्द्र फाउन्डेसनमा मैथली भाषाको नाटक उत्पादन गर्थे । भर्खरै जागिर शुरू गरेका त्यसमाथि कामको ‘प्रेसर’ उच्च थियो उनलाई । त्यसैले उनले ‘जात्रा’मा अभिनय गर्न असमर्थ रहेको जनाए । निर्देशक प्रदीपसँगको भेटलगत्तै रविन्द्र अफिसका अन्य साथीहरूसँग नाटककै शिलशिलामा जनकपुर गए ।
चलचित्र खेलाउन हरिवंशको ‘ज्याक’
४ दिनको जनकपुर बसाइपछि रविन्द्र काठमाडौं फर्किए । ‘रविन्द्रजी तपाईं त चलचित्र खेल्दै हुनुहुन्छ रे ? अफिस पुग्नासाथ एक महिला स्टाफले सोधिन् । अफिसमा चलचित्रको कुरा कसरी थाहा भयो भनेर छक्क पर्दै रविन्द्रले भने, ‘खेल्दैछु होइन म्याम, प्रस्ताव आएको हो । तर म नसक्ने भएको छु । तपाईंलाई चाहिँ कसरी थाहा भयो ?’
निर्देशक प्रदीपले कलाकार हरिवंश आचार्यलाई रविन्द्रको सिनियर अफिसरसँग कुरा गर्न लगाएछन् ।
‘हरिवंश दाइले अफिसमा शतिजजंग शाही सरसँग चलचित्र र त्यसमा मलाई लिन चाहेको कुरा गर्नुभएछ,’ उनले लोकान्तरसंग भने, ‘त्यसपछि अफिसमा सामान्य छलफल भयो । सरहरूले तपाईं चलचित्र खेल्नुस्, हामीलाई कुनै आपत्ति छैन तर कामलाई कसरी म्यानेज गर्न सक्नुहुन्छ त्यो तपाईंको कुरा भो भन्नुभयो ।’
रविन्द्र पुनः निर्देशक प्रदीप लगायतको टीमसँग छलफलमा बसे । आफूले ‘जवरजस्ती’ फिल्म खेल्नु पर्ने भएपछि सातामा २ दिन बिदा पाउनुपर्ने शर्त राखे उनले । त्यो २ दिनमा अफिसको काम मेहेनतका साथ सक्छु भन्ने रविन्द्रले सोचे ।
रविन्द्रलाई जसरी हुन्छ चलचित्रमा अभिनय गराउन चाहेका प्रदीप उनको शर्तलाई खुसीका साथ स्वीकारे । चलचित्रको छायांकन काठमाडौंमै भयो । रविन्द्रले सातामा ५ दिन चलचित्र छायांकनमा र २ दिन अफिसमा काम गरे ।
चलचित्रको छायांकन सकियो । यता अफिसको काममा पनि समस्या हुन दिएनन् । रविन्द्रले सोचेका थिए, चलचित्र सामान्य चल्ला । जब चलचित्र प्रदर्शनमा आयो, हलको चहलपहल हेर्दा उनी चकित परे । चलचित्र दर्शकले रुचाए । सँगै चलचित्रमा मुन्ना ठाकुरको भूमिका निर्वाह गरेका रविन्द्र पनि औधी रुचाइए । ‘जात्रा’ले कलाकारिता जीवनलाई नै परिवर्तन गरिदियो ।
त्यसअघि रविन्द्रले ‘चंखे, शंखे, पंखे’ र ‘१२ नेपाली एक चिहान’ चलचित्रमा स–सानो भूमिकामा अभिनय गरिसकेका थिए । तर मुख्य भूमिका निर्वाह गरेको पहिलो चलचित्र ‘जात्रा’बाट रविन्द्र दर्शकमाझ राम्रैसँग नोटिस भए ।
निर्माता निर्देशकहरूको नजर पनि उनमा पर्यो । त्यसयता रविन्द्र एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गए । हालसम्म आइपुग्दा उनका
‘२ रुपैयाँ’, ‘फाटेको जुत्ता’, ‘शेरबहादुर’, ‘कोहलपुर एक्सप्रेस’, ‘सुनकेशरी’, ‘रामकहानी’, ‘चङ्गाचेट’ लगायत चलचित्र प्रदर्शनमा आइसकेका छन् । यही पुसमा उनको ‘चौकादाउ’ प्रदर्शनमा आउँदैछ, भने माघमा ‘यता न उता’ ।
छायांकनको क्रममा रहेको ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ फागुनमा प्रदर्शनमा आउनेछ ।
‘क्लास छाडेर हल जान्थें’
रविन्द्र सानैदेखि अभिनयमा रुचि राख्थे । तर कसरी अभिनयले तान्यो ? त्यसको जवाफ आफूसँग पनि नभएको स्वयं बताउँछन् । स्कूल लगायत टोल, छिमेकमा उनले गरेको अभिनय, उनले बोलेका वाक्यले साथीहरू मज्जैले हाँस्थे । स्कूलका शिक्षकहरू पनि उनको प्रतिभाबाट खुसी हुन्थे ।
खुसी मात्र होइन कहिलेकाहीँ त शिक्षकहरू रिसाएर पिट्थे पनि । कारण रविन्द्र स्कूलको क्लास हापेर फिल्म हेर्न हल पुग्थे । ‘हलमा टिकट काट्दा भीडले ज्याकेट च्यातिदिएकोेदेखि विद्यालयमा पटकपटक शिक्षकको कुटाइ खाएको अनुभवहरू छन्,’ लोकान्तरसँगको कुराकानीमा उनले सम्झिए ।
जागिर छाडेर दिल्ली पुगी नाटक प्रशिक्षण
एसएलसी दिएपछि रविन्द्र २०५२ सालमा काठमाडौं आएर ‘प्लस टु’ अध्ययन गरे । ‘प्लस टु’ पढ्दा उनले दिल्लीमा नाटक सिकाउने राम्रा–राम्रा विद्यालयहरू रहेको साथीहरूमार्फत् बुझे । नाटक सिक्ने उनको चाहना थियो तर ‘प्लस टु’ सकेपछि बुबाले राष्ट्रिय अनुसन्धान कार्यालयमा जागिर लगाइदिए । तीन/चार महिना काम गरे पनि । तर उनको मनलाई जागिरमा सन्तुष्टि मिलेन ।
उनले बुवासामु जागिर छाडेर नाटक सिक्न दिल्ली जाने आफ्नो चाहना सुनाए । ‘मन नै नभएपछि त्यहाँ काम गरेर के गर्नु ? केही महिना काम गरेर राजीनामा दिएँ,’ रविन्द्र विगतबारे सुनाउँछन् ।
२०५४ सालतिर उनी दिल्ली गएर नेसनल स्कूल अफ ड्रामा नजिकैको आदिनाथ नाट्य विद्यालयमा तीनवर्ष नाटक सिके । उनले त्यो नाटक सजिलै सिक्ने अवसर भने पाएका थिएनन् ।
‘२० हजारभन्दा बढी व्यक्तिमा म उत्कृष्ट २० भित्र परेको थिएँ,’ उनले सुनाए । तर हजारौंमा आफू उत्कृष्ट २० भित्र पर्छु भन्ने उनले सोचेका पनि थिएनन् । भन्छन्, ‘शुरूमा त मैले पत्याइनँ, मेरै नामको अर्को व्यक्ति हो कि भन्ने पनि लाग्यो । साथीहरूले हैन तँ नै हो भनेपछि बल्ल विश्वास भयो ।’ २० जनाको कोटा थियो । जसमा १२ जना पुरुष र ८ महिलाको कोटा थियो ।
२०५७ साततिर उनी नाटक सिकेर नेपाल फर्किए । नेपाल फर्किएपछि जनकपुरमै रहेर नाटकमा सक्रिय रहे । नाटक उत्पादन, निर्देशनसँगै अभिनय गर्ने, वर्कशप गर्ने/गराउने गरे । पछि इटहरी बसेर नाटकमा सक्रिय रहे । उनी धेरै नाटकमा प्रमुख लेखक भएर पनि काम गरेका छन् । धेरै रेडियो नाटकको निर्माता पनि भएका छन् । एन्टेना फाउन्डेसनमा नियुक्ति पाएपछि मात्र काठमाडौं बस्न थालेका हुन् । त्यसको एक वर्षपछि एन्टेनाको प्रोजेक्ट ‘री ब्रोडकाष्ट’मा गयो । त्यसपश्चात रविन्द्र चलचित्रमा बढी फोकस् देखिए ।
कलाक्षेत्रमै जीवन संगीनी
जनकपुरमा नाटकमा काम गर्दै गर्दा उनी प्रियंका झासँग नजिक भए । जनकपुर नजिकैको गाउँ प्रभाहपुरकी प्रियंकासँग रविन्द्रले २०६७ सालमा विवाह गरे । रविन्द्रकी श्रीमती अहिले काठमाडौंमै रहेर नाटकमै काम गर्छिन् ।
चलचित्र ‘जात्रा’ उनकी श्रीमतीको भूमिका निभाउने उनकै वास्तविक श्रीमती हुन् । उनी संलग्न ३०/४० वटा नाटक मञ्चन भइसकेका छन् भने सयौं सडक नाटकमा उनले काम गरेकी छिन् ।
चरित्र उस्तै, भन्छन् –‘मलाई एउटै आँखाले मात्र नहेर्नूस्’
रविन्द्र नाटकबाट आएका कलाकार हुन् । त्यसैले उनी अभिनयमा माझिएका छन् । तर ‘जात्रा’मा रविन्द्रले गरेको अभिनयको शैली त्यसपछिका प्रायः चलचित्रमा उस्तै छ ।
‘सही हो मैले प्रायः चलचित्रमा निभाएको भूमिका एकै खालको छ, उनी भन्छन् ‘तर यसमा मेरोभन्दा लेखक, निर्माता तथा निर्देशकको हात छ ।’ रविन्द्र निर्माता–निर्देशकलाई आफूलाई एउटै आँखाले मात्र नहेर्न आग्रह गर्छन् ।
‘उहाँहरूले मलाई यूज नै गर्नुभएको छैन । मलाई फरकफरक भूमिकामा अभिनय गर्ने मौका दिनुस्,’ रविन्द्र भन्छन् । उनी आफूले नाटकमा जस्तोसुकै क्यारेक्टर पनि निर्वाह गरिसकेको बताउँदै चलचित्रमा पनि चुनौतिपूर्ण क्यारेक्टर दिन आग्रह गर्छन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘न यता न उता’मा उनी ‘डन’को भूमिकामा छन् । भूमिका पनि छोटो छ ।
यसबारे भन्छन्, ‘यो चलचित्रमा छोटो भूमिका भएपनि मैले काम गरेँ । कारण यसमा दर्शकले मलाई भिन्न भूमिकामा देख्नुहुनेछ ।
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...