कर्णवीरको ‘तिम्रो मायामा’ अमेरिकामा सार्वजनिक

पुस ११, २०७५

काठमाडौं– झण्डै एक दशकदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतलाई अगाडी बढाईरहेका गायक/गीतकार कर्णवीरले ‘तिम्रो मायामा’ एल्बम सार्वजनिक गरेका छन् ।

गीत लेखन, गायनसंगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएका कर्णवीरको यो एल्बमको कलाकार तथा उद्घोषक दिनेश डिसी, गीतकार तथा संगीतकार येदीन गजमेर लगायतले बिमोचन गरेका हुन । 


ADVERTISEMENT

‘तिम्रो मायामा’ एल्बममा ६ वटा गीत र एउटा ट्रयाक समावेश गरिएको छ । उक्त एल्बमका सबै गीतलाई गीतकार तथा गायक कर्णवीर स्वयंमले नै  रचना गरेका हुन भने एल्बमका ३ वटा गीतमा येदीन गजमेरको  संगीत रहेको छ । बाँकी ३ वटा गीतमा गायक/संगीतकार अनुप रेग्मीको  संगीत रहेको छ ।

उक्त एल्बमको २ वटा युगल गीत ‘तिम्रो मायाँमा’ र ‘मेरो मनलाई’मा  गायक कर्णवीरलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छिन् ।

पुस ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस