कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
दिल थापा
मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई
साँझबिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई
रिठे कामीको आणविक आराममा
पाइन बस्ने गरी अजार्पेको खुकुरीले
रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ ।
शक्तिपिठहरुलाई खुसी पार्न ।
अद्श्य मानिसको भाकल पूरा गर्न
ए! पुजारी बाजे
आजभोलि तपाईलाई खुबै सम्झन्छु
मलाई किचकिच गरिरहने प्रेमिकालाई भन्दा बढी
खन्करी डांडालाई पनि सम्झन्छु
त्यो डाँडाका सबै रुखहरुलाई पनि सम्झन्छु
रुखका फेदहरुमा भएका
पुजाका थानहरुलाई पनि सम्झन्छु
दर्शन ढुङ्गाका देउता देउतीहरुलाई पनि सम्झन्छु
पातीको पातलाई मसिनो पारी
तारी खेतको आँपझुप्टे चामलको अक्षतामा
कालो च्वाचेको
रातो भालेको
रातो रगतमा मिसाई
मेरो अभागी निधारमा तपाईले टिका लगाई दिनुभएको
मेरो कानेगुजी भएको कानले आर्शिवाद ग्रहण गरेको
तपाईले तैले गलगाँड भाकी श्रीमती पाएस भनेको झनै सम्झन्छु ।
आजकाल मलाई मधुरो मधुरो सम्झना आउछ ।
रविन्द्र मिश्रको भ्यु टावर कवितामाथिबाट बसेर सोच्दा ।
देशको राजधानीले नदेखेको
सधै उपेक्षा गरेको ।
अनि राजधानीको सत्तासंघर्ष
चलिरहने ठूला-ठूला रुखहरुमा
पूजाका थानहरु बनाउन चेतना नभएका पुजारीहरु पनि देखे।
राजधानीका ठूला-ठूला रुखका थानहरुमा
भष्ट्रचारको रगतले शक्तिफोबियाहरु होली खेलेको बेला ।
सायद हाम्रा मगर पूजारी बाजेहरु
बुढो चिलाउनेको फेदमा थान बनाउदै होलान् ।
जिजुबज्यैको थान पल्लोतिर
जिजुबाजेको थान वल्लोतिर
अनि ठूलोबीजको थान पुस्तौंदेखि पिरोली रहने
पिराहा बडाबाजेका थान भनेर ।
राजधानीले नश्लवादको गिदी प्रयोग गरेर विभाजन गरेको प्रदेशजस्तै ।
मेरी आमाले गएको भर्दौदेखि
बडो दूःखका साथ जोगाड गरेकी होली रातो भालेको
अनि लाम् डाँडा वनतिर गोठालो जादा जोगाड गरे होलान् l
मेरा बाबाले साल धुपको ।
आमाले भन्थीन l
कार्तिकको एक रात बिहान बास्नुपर्ने भाले
रातीको एक बजे बास्यो रे।
त्यसको भोलि पल्ट मैले राहादानी बनाएको
राजधानीमा नराम्रो अनिष्ट भए रे।
अनिष्ट भएको भोलि पल्ट
पूजारी बाजेले
त्यो भालेको घाँटी निमोठी
घुमाउने घरको धूरी कटाउनु भो रे।
पूजारी बाजे !
तपाईले बालेको
सालधुपको वास्ना
पशुपतिनाथलाई मिठो लाग्छ कि लाग्दैन होला ?
अनि राजधानीले
पशुपतिनाथमा कालो च्वाँचेको भाकल गर्छ की गर्दैन होला ?
हो ! पूजारी बाजे
म आजभोलि यस्तै यस्तै प्रश्नहरुको उत्तरको खोजी छु ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...