×

NMB BANK
NIC ASIA

‘ज्यानमारा’ घटनाले झस्किएका सरकारी इन्जिनियर : सुरक्षाका लागि सोचेका सोच्यै

पुस १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –यूट्युबमा मोटसाइकल दुर्घटना भएको एउटा भिडियोमा सरकारी इन्जिनियर मणिराम भुसालका आँखा अडिए । दुर्घटनामा परेको व्यक्ति भूइँमा खस्नु नपाउँदै टाउकोको सुरक्षाका लागि लगाइएको हेल्मेट फुत्केर भूइँमा खसेको उनले देखे ।

Muktinath Bank

मोटरसाइकल चालक भूइँमा खस्नुभन्दा अगाडि नै हेल्मेट खसेका कारण व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको दृश्य भिडियोमा थियो । त्यो दृश्यले भुसाल नराम्ररी झस्किए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी सोच्न थाले, ‘सुरक्षाकै लागि भनेर हेल्मेट लगाएको हो । तर हेल्मेटले कामै गरेन भने हेल्मेट लगाउनुको के अर्थ ? हेल्मेट कसरी सजिलै खस्यो त ?’ उनले पत्ता लगाए, ‘टाउको र हेल्मेटको आकार मिल्दोजुल्दो नभएका कारण हेल्मेट सजिलै फुत्क्यो । यसलाई प्राविधिक तरिकाले बुझ्दा हेल्मेट गुणस्तरीय थिएन ।’


Advertisment
Nabil box
Kumari

दुर्घटनामा आफैं पर्दा आउन सक्ने जोखिमझै ठानेर उनले सोच्न थाले, ‘आफू पनि बाइक चढ्ने मान्छे । तर कुनै बेला त्यस्तो अवस्था आफ्नो पनि नआउला भन्न सकिन्न ।’ सरकारी सेवामा रहेका इन्जिनियर  भुसाल आफैं मापदण्ड र गुणस्तर निर्धारण गर्ने विभागमा कार्यरत छन् ।

Vianet communication
Laxmi Bank

अनि बनाइयो गुणस्तर मापदण्ड

उनी नेपाल गुणस्तर तथा नापतौल विभागमा इलेक्ट्रिकल सम्बन्धी विभिन्न वस्तुका गुणस्तर तथा मापदण्ड बनाउने सरकारी सेवामा कार्यरत छन् । उनले सोचे, ‘सम्बन्धित निकायको सम्बन्धित पदमा आफू हुँदा आफूले हेल्मेटको गुणस्तर सम्बन्धी मापदण्ड नबनाए कसले बनाउने ?’ लगत्तै हेल्मेटको गुणस्तर बनाउने विषयमा विभागमा उनले प्रस्ताव गरे । उनको प्रस्ताव विभागले सहजै स्वीकार गर्यो ।

त्यसपछि उनकै नेतृत्वको टोलीले हेल्मेटमा ‘लेबल’ उल्लेख हुनुपर्ने, टाउकोको साइज अनुसारका विभिन्न १५ साइजमा हेल्मेट हुनुपर्ने, हेल्मेटको ‘फ्लेक्जिविलिटी’ लगायत सबै कुरा परीक्षण गरेर मात्रै हेल्मेट निर्माण गर्न सकिनेजस्ता मापदण्ड बनायो । मापदण्ड सम्बन्धी प्रस्ताव गुणस्तर विभाग र मन्त्रालयका अधिकारीसमक्ष प्रस्तुत गरियो उद्योग वाणिज्य तथा आपूीर्तमन्त्री मातृका यादवको समेत उपस्थितिमा । यसमा मन्त्रीले समेत समर्थन जनाए ।

हेल्मेटको गुणस्तर मापदण्ड सरकारले अनिवार्य गरेमा भविष्यमा हेल्मेट निर्माता कम्पनीले अनिवार्य रुपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘हामीले हेल्मटेको गुणस्तर बनाएका छौं । हेल्मटेको गुणस्तरमा टेक्निकल रेगुलेसन बन्यो भने त्यसले लाखौं नेपालीलाई फाइदा हुन्छ । हजारौं नेपालीको ज्यान बच्छ । यस्ता–यस्ता काममा आफ्नो भूमिका हुँदा बडो आनन्द लाग्छ ।’

‘ज्यानमारा’ ग्यास सिलिन्डर

गत वर्ष पुस पहिलो हप्ता वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी भयो । आगलागीमा परेर २ जनाको मृत्यु भयो । ग्यास उद्योगमा भएको आगलागी घटना देशभर चर्चाको विषय बनेको थियो । औद्योगिक क्षेत्रमा हुने गरेका सुरक्षा कमजोरीबारे समेत बहस भएको थियो ।

त्यतिबेला इन्जिनियर भुसाललाई पनि घटनाले झसङ्ग बनायो । उनले आगलागी घटनाको छानबिन समितिको सदस्य भएर काम गरे । त्यसपछि उनले विभागमा प्रस्ताव राखे, ‘सर्वसाधारणको सुरक्षाको लागि परम्परागत सिलिन्डर हटाउने र सुरक्षा जोखिम कम हुने फाइबरको सिलिन्डर प्रयोगमा ल्याउने ।’

विभागले फाइबरका ग्यास सिलिन्डर प्रयोगमा ल्याउने सम्बन्धी कार्यविधि समेत बनाएको छ । तर फाइबरका ग्यास सिलिन्डरको प्रयोग खासै हुन सकेको छैन । सर्वसाधारणले फाइबरको सिलिन्डर प्रयोगमा नल्याएको उनको गुनासो छ ।

उनी भन्छन्, ‘हामीले हेल्मेट पनि सुरक्षाको लागि नभएर ट्राफिकले समात्छ भनेर लगाउने बानी छ । सिलिन्डर पनि त्यति धेरैले प्रयोगमा ल्याएको पाइँदैन । परम्परागत सिलिन्डरभन्दा केही महंगो भएपनि फाइदाजनक छ फाइबरको सिलिन्डर ।’

ग्यास सिलिन्डरको परीक्षणका लागि विभागले ल्याब बनाएको छ । भौतिक प्रयोगशाला शाखा (ल्याब) को निर्देशक हुन् इन्जिनियर भुसाल । ल्याबमा सिलिन्डर, भल्भ सबै परीक्षण गरेर मात्रै नेपाल गुणस्तर (एनएस) प्रमाण पत्र दिने गरिएको छ ।

सुपर ग्यास घटनापछि फाइवर सिलिण्डरको प्रयोगको प्रस्ताव र हेल्मेटमा निर्धारण गरिएको गुणस्तरबारे उनी भन्छन्, ‘यसरी सर्वसाधारण नेपालीको सुरक्षा जोखिमलाई कम गर्ने प्रयास मैले गरेको छुँ । मेरो लागि सन्तुष्टिको कुरा यही नै हो । मैले ठूलो काम गरे भन्ने त लाग्दैन । एउटा व्यक्ति एक्लैले कति काम गर्न सक्छ र ?’

स्वदेशमै केही गर्छु भनेर अमेरिकाबाट फर्कें

पछिल्लो समय नेपाली युवा विदेश जाने ‘क्रेज’ बढेको छ । झन् क्षमता र सीप भएका व्यक्ति त विदेशमै बस्न हुन चाहन्छन् । तर इन्जिनियर भइसकेका भुसाल ४ वर्ष अमेरिका बसेर फिर्ता आए ।
अमेरिका बसाइका क्रममा उनको राम्रै आम्दानी हुने गरेको थियो । तर आफू नेपाली भएका कारण सन्तुष्टि हुन नसकेको उनी बताउँछन् । सानैदेखि नेपालमै केही गर्नुपर्छ भन्ने सोचाइ भएका कारण समेत आफूलाई अमेरिकाबाट फर्कन मद्दत पुगेको उनी बताउँछन् ।

आफूसँगै अमेरिका पढ्न गएकाहरू उतै बसेपनि आफू भने स्वदेशमै केही गर्छु भनेर नेपाल फर्किएको उनले बताए ।

सामान्य परिवारमा जन्मेका उनले १० कक्षासम्म चितवनको मेघौली गाउँमै पढे । आईएस्सी पढ्न भने गाउँबाट केही टाढा जानु परेपनि त्यहाँ आफन्तको घरमा बसेर ट्यूसन पढाएर आफ्नो खर्च जुटाउने गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x