×

NMB BANK
NIC ASIA

चलचित्रमा मनोज गजुरेलको परीक्षा : पास भए फेरि खेल्ने, फेल भए बाइबाइ !

पुस १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हास्य कलाकार मनोज गजुरेलको परिचय थपिएको छ । उनी चलचित्रमा नायक भएर आउँदैछन्, चलचित्र ‘१०० कडा १०’ मार्फत् । रामशरण पाठक निर्देशित यो चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

यस चलचित्रको ट्रेलर आइतवार विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । यद्यपि ट्रेलर सार्वजनिक गर्न आइतवार आयोजित कार्यक्रममा भने मनोज उपस्थित थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा डुब्युका सन्दर्भमा मनोज गजुरेलसँग लोकान्तरले गरेको कुराकानीको छोटो अंश उनकै शब्दमा : 


Advertisment
Nabil box
Kumari

मैले लेखेको त्यो ब्लग...

Vianet communication
Laxmi Bank

चलचित्र निकै कम हेर्छु । फरकफरक धारका चलचित्र हेर्न रुचाउँछु । मैले निर्देशक रामशरण पाठक निर्देशित ‘प्रेम गीत –२’ हेरेको थिएँ । त्यो चलचित्रको कथा, प्रस्तुतिले मेरो मस्तिष्क छोएको थियो ।

मैले मेरो गजुरियल डटकममा सो चलचित्रको बारेमा एउटा ब्लग पनि लेखेको थिए । त्यो ब्लग रामशरणजीले हेर्नुभएछ र मलाई फोन गर्नुभयो ।

उहाँको नजरमा धेरै पहिलेदेखि परेको रहेछु । उहाँले मसँग सहकार्य गरेर नयाँ प्रोजेक्ट गरौंं भन्ने सोच्नुभएको रहेछ ।

उहाँले सम्पर्क गरेपनि केही समयसम्म मैले हेरौँला, सोचौँला भनिरहेको थिएँ । तर अन्तिममा उहाँले एउटा स्क्रिप्ट ल्याउनुभयो, जुन मलाई पनि मनपर्‍यो ।

रंगमञ्चमा रमाइरहेको मलाई पछिल्ला केही वर्षदेखि चलचित्रमै भनेर होइन तर भिडियो माध्यममा कहीँ न कहीँ अब मैले आफूलाई पनि लग्नुपर्छ भन्ने लागिरहेको थियो । केही टेलिभिजन शोहरू सञ्चालनको प्रयास पनि गरियो । ती विविध कारणले नियमित हुन सकेनन् ।

मलाई दुई/तिन वर्षदेखि चलचित्रबाट अफरहरू आइरहेका थिए । तर म चलचित्रमा अनुहार देखाउनका लागि मात्र जानुहुँदैन, मेरो कलाकारिताको जुन स्वरूप छ त्यसलाई पनि समावेश गर्ने खालको कथा भयो भने मात्र जाने भन्ने मेरो सोच थियो । 

म आफू र मेरो संस्था सिस्नुपानी नेपाल लामो समयदेखि हास्यव्यङ्ग्यको माध्यमबाट भ्रष्टाचारविरुद्ध लागिरहेको छ । म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ ।

सय कडा १० मा त्यस्तै कथा भएको हुनाले मेरो डेब्यूका लागि उपयुक्त चलचित्र लाग्यो । पहिलोपटक आफ्नो शैलीसँग मिल्दो चलचित्र पाएकाले सय कडा १० मा अभिनय गरेँ ।  

चलचित्रमा पनि मनोज

चलचित्रमा पनि म मनोज गजुरेलकै भूमिकामा छु । जो भ्रष्टाचारविरुद्ध हास्यव्यङ्ग्य कलामार्फत अभियान चलाइरहेको छ । उसले आफ्नो परिवार, समाज, देश, राजनीतिभित्र आफ्नो आदर्शलाई जोगाइराख्नका लागि कस्ता–कस्ता संघर्ष गनुपर्छ, त्यो कथा प्रस्तुत गरिएको छ । जुन मेरो वास्तविक कलाकारिताको स्वरूपसँग मिल्दो छ ।

निर्देशकलाई भनेँ, – मलाई माया होइन्, हप्काएर काम गराउनुहोस्

क्यामेरासँग म फेमिलियर थिइनँ र अहिले पनि छैन । त्यसैले मैले शुरूमै निर्देशकलाई भनेको थिएँ, मबाट केही निकाल्ने हो भने मलाई माया गरेर होइन हप्कीदप्की गरेर काम गराउनुस् । मलाई मनोज गजुरेलजी भनेर कहीँ पनि छुट दिन पाउनुहुन्न । मलाई गाली गरेर, थर्काएर, पिटेर भएपनि अभिनय गराउनुपर्छ । 

चलचित्रको अनुभव

मेरा लागि चलचित्र नयाँ क्षेत्र भएपनि नितान्त नयाँ भने होइन । राम्रो टीमका कारण पनि अभिनय गर्न त्यति गाह्रो भएन । रमाइलोका बीच छायाङ्कन सकियो । 

रंगमञ्च र चलचित्रका बीच केही भिन्नता पाएँ । केही सहजता, केही असहजता । जस्तो कि चलचित्रमा अभिनय गर्दा बिग्रियो भने तपाईं १०औं पटक रिटेक गर्न सक्नुहुन्छ । तर रंगमञ्चमा एकपटक चिप्लिएपछि चिप्ल्योचिप्ल्यो ।

त्यस्तै रंगमञ्चमा सोलो अभिनय गर्ने, प्रस्तुति दिने मानिस एउटा लाइन जमेन भने तुरुन्तै अर्को क्रिएट गर्न सक्थें । चलचित्रमा त्यो हुँदैन, तपाईं संवादभित्र अनि त्यो कथाभित्र बाँधिनुपर्छ ।

रंगमञ्चका ठूल्ठूला स्टेजमा उफ्रीउफ्री प्रस्तुति दिने बानी परेको मलाई चलचित्रको क्यामराको सानो फ्रेमभित्र अटाएर अभिनय गर्नुपर्दा अलि सकसचाहिँ भयो ।

मलाई रंगमञ्चभन्दा चलचित्र बलियो महसूस भयो । जस्तो म एक्लै मञ्चमा जाँदा, एक्लै कार्यक्रममा जाँदा एक्लोभाव हुन्थ्यो । तर चलचित्र एउटा बलियो टीम रहेछ, एउटा घर रहेछ । तर मैले रंगमञ्चको जुन प्रस्तुति छ, जुन लाइन छ, जुन जीवन्तता छ त्यो मजा चलचित्रमा भने पाइनँ । तर दर्शकलाई भने चलचित्रले सन्तुष्टि दिनेछ । 

चलचित्रमा परीक्षा

मैले अहिले चलचित्रको परीक्षा दिएको छु । माघ १८ गते रिजल्ट निस्कँदैछ । त्यो रिजल्टको निर्णायक दर्शक हुनुहुन्छ । 

म चलचित्रको अभिनयमा पास भएँ भने राम्रो कथाका अन्य चलचित्रमा पनि अभिनय गर्नेछु । डिस्टिङ्सन आयो भने म आफैँ चलचित्र बनाउँछु ।

दर्शकहरूले चलचित्रमा मेरो अभिनय सुहाउँदो छैन भन्नुभयो भने मेरो कलाकारिताको आफ्नो बिधा छँदैछ । तर मेरो प्राथमिकता सधै रंगमञ्च नै हुनेछ ।

हेर्नुहोस्, ट्रेलर :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x