×

NMB BANK
NIC ASIA

वाइडबडी जस्तै लाउडा, धमिजा र चाइना साउथ वेस्ट काण्ड, लेखा समितिले नै गरेको थियो पर्दाफास

पुस १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपालमा हुने गरेका ठूला भ्रष्टाचार काण्डमा नेपाल वायु सेवा निगम जोडिँदै आएको छ । लाउडा एयर काण्ड भएको झण्डै दुई दशकपछि नेपालमा भ्रष्टाचारको अर्को ठूलो काण्ड पर्दाफास हुने चरणमा छ ।  
के थियो लाउडा काण्ड ?

Muktinath Bank

नेपाल वायुसेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेको र चाइना साउथ वेस्ट कम्पनीसँग अर्को एउटा विमान ल्याउने सम्झौता भइसकेको अवस्थामा निगमलाई आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो । विमान खरीदमा भ्रष्टाचार भएको भन्दै प्रतिपक्षी दलले संसद्मा लामो विरोध ग¥यो । लेखा समितिले लाउडा प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेखा समितिको प्रतिवेदनलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालमा नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ, तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभाग निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 


Advertisment
Nabil box
Kumari

लाउडा एयरका दुई अधिकारीलाई विपक्षी बनाइएको मुद्दामा अख्तियारले उनीहरूसँग ३८ करोड ९७ लाख बिगो माग दाबी गरेको थियो ।  यो प्रकरणमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि संलग्न रहेको चर्चा त्यतिबेला थियो ।

Vianet communication
Laxmi Bank

धमिजा काण्ड

नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को प्रकरण धमिजा काण्ड हो । २०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमको कामकारबाहीमा हस्तक्षेप गरेर भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजाको फेयर लिमिटेडलाई मनोमानी ढंगले निगमको युरोपका लागि मुख्य एजेण्ट नियुक्त गरेपछि यसले काण्डको रूप लिएको थियो । धमिजा प्रकरणमा पनि निगमले ३९ करोड ५५ लाख घाटा व्योहोरेको थियो । 

लेखा समितिले भ्रष्टाचार भएको ठहर गरेपनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा कोइरालालाई ‘क्लिन चिट’ दिएको थियो । यो काण्डमा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि मुछिएकी थिइन् । धमिजा काण्डपछि नेपाली कांग्रेसको खास गिर्दा सोही वर्षको मंसिरमा सम्पन्न मध्यावधि निर्वाचनमा धक्का खान पुग्यो । धमिजा प्रकरणलाई पनि संसद्को लेखा समितिले बाहिर ल्याएको थियो । 

चाइना साउथ वेस्ट काण्ड 

नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को पनि काण्ड छ– चाइना साउथवेस्ट । २०५५ सालमा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बी.के.मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि विना टेण्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरियो । त्यो बेला एमालेका भीम रावल पर्यटन मन्त्री थिए । चाइना साउथवेस्ट प्रकरणमा निगमले रु.२२ करोड नोक्सानी व्योहोरेको थियो । 

४ अर्ब ३५ करोडको वाइडबडी काण्ड

नेपाल वायु सेवा निगमसँग जोडिएको र अहिलेसम्मकै सबभन्दा ठूलो काण्ड बनेको छ– वाइडबडी काण्ड । नेपाल वायु सेवा निगमका लागि दुईवटा विमान खरीद गर्दा सार्वजनिक खरीद ऐनको उल्लंघन गरी ४ अर्ब ३५ करोड अनियमितता भएको संसद्को लेखा समिति अन्तर्गत गठित उपसमितिले निष्कर्ष निकालेको छ । 

विमान खरीद अनियमिततामा बहालवाला र दुई पूर्वमन्त्री, बहालवाला सचिवसहित वायु सेवा निगमका कार्यकारी निर्देशक समेतको संलग्नता रहेको लेखा समिति अन्तर्गतको उपसमितिको निष्कर्ष छ । उपसमितिको प्रतिवेदन समितिले अनुमोदन गरेमा दोषीमाथि कारवाही गर्न सरकारलाई दबाब पर्नेछ । 

संसदीय समितिको निर्देशन कार्यान्वयन गर्नु सरकारको बाध्यता हुन्छ । संसदीय समितिको प्रतिवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाउन सक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x