×

NMB BANK
NIC ASIA

काठमाडौं–१३ महिना अघि कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतसहित विजयी राजपा नेता रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विहीबार संसद सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट चौधरीले शपथ लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको टीकापुर हत्याकाण्डमा मुछिएपछि चौधरी पुर्पक्षका लागि जेल चलान भएका थिए । 


Advertisment
Nabil box
Kumari

निर्वाचन अघि देखिनै फरार रहेका चोधरीले गत फागनु १४ गते कैलाली जिल्ला अदातमा आत्मसमर्पण गरेका थिए ।  अदालतमा थुनछेक वहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको थियो । 

Vianet communication
Laxmi Bank

जिल्ला कारागार कैलालीमा रहँदा बिरामी परेपछि उपचारका लागि चौधरीलाई काठमाडौं ल्याइएको थियो । वीर अस्पतालमा उपचाररत चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले अनशन तोडाएका थिए । त्यसबेला पनि उनले शपथ लिने सहमति भएको र अनशन तोडिएको बताइएको थियो तर अनशन तोडेपछि पनि रेशम चौधरी केन्द्रीय कारागारमा थुनामा थिए । 

चौधरी जनमतबाट स्वीकृत भएको भन्दै उनको दल राजपा नेपालले चौधरीमाथि लागेको मुद्दा सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनलाई शपथ दिलाउन माग गर्दै आएको थियो ।  

राजपा अध्यक्षमण्डका संयोजक राजेन्द्र महतोले केही दिन अघि संसद बैठकमा रेशम चौधरीलाई अविलम्ब शपथ खुवाउनु पर्ने बताएका थिए । 

केपी ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको राजपाले केही दिन अघिदेखि आफ्ना मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । 

राजपाले रेशम चौधरीलाई शपथ गराउनुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली त्यसका लागि तयार भएका थिए । 

चौधरीको नियति, जेल जाँदा खादा र अबीर !

विहीवार संसद सचिवालयमा सांसदको शपथ ग्रहरणका लागि चौधरीलाई केन्द्रीय कारागारबाट सिधैं ल्याइएको थियो । सिंहदरबारमा ल्याइएका चौधरीलाई स्वागत गर्न राजपाका शीर्ष नेता, कार्यकर्ता, चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी, अन्य दलका सांसदहरु उपस्थित भएका थिए । 

शपथ ग्रहणमा आएका उनलाई खादा, अबीरले स्वागत गरिएको थियो । 

शपथ सकिएपछि उनी केही समय सिंहदरबारमा बसेका थिए । चौधरीले शपथ लिएकोमा नेता कार्यकर्ताबाट बधाइ लिएका थिए

। 

पत्रकारहरुबाट घेरिएका चौधरीले टीकापुर घटनामा आफू निर्दोश रहेको र आफूले न्याय पाउने आशा व्यक्त गरेको बताएका थिए । 

उनको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै शपथ पछि चौधरीलाई पुन केन्द्रीय कारागार लगिएको छ । 

जेल लगिनुभन्दा पहिला चौधरीले शपथपछि सांसद लोगो लगाएर जेल लान मिल्छ भन्दै प्रश्न गरेका थिए । 

सामान्यतया राजनीतिक प्रकृतिका मुद्दामा जेलबाट निस्किएपछि कार्यकर्ता, समर्थकले नेतालाई माला, खादा, अबीर लगाएर स्वागत गर्ने गरेका छन् । 

यस्तो घटना खुमबहादुर खड्का जेलबाट निस्कदा भएको थियो । खड्का जेलबाट छुटेपछि कांग्रेस कार्यकर्ताले अबीर माला खादा लगाएर स्वागत गरेका थिए । त्यस्तै पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलल रिहा हुँदा पनि उनका समर्थकहरुले अबीर माला लगाएर स्वागत गरेका थिए ।  तर रेशम चौधरीको हकमा भने उल्टो दृश्य देखिएको छ । जेलबाट निस्कदा अबीर र खादा लगाएर स्वागत गरिने भएपनि चौधरीले जेल जाँदा खादा, माला र अबीर लगाएका छन् ।

विहीबार(आज) शपथपछि पुनः कारागार लगिएका रेशम अबीरले राताम्मे र खादाले ढाकिएको अवस्थामा प्रहरीको भ्यानमा चढे । 

यस्तो थियो टीकापुर घटना

राज्यको पुनःसंरचना एंव संविधान निर्माणको क्रममा कैलाली कञ्चनपुरसहितको थारु बाहुल क्षेत्रसहितको थरुहट प्रदेश र मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको एक प्रदेश बनाइनुपर्ने माग राखी दुई परस्पर विरोधी आन्दोलन भयो ।

७ भदौ २०७२ मा थरुहट आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी ८ प्रहरी र एक नाबालकको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएको अवस्थामा करिब थारुका ८५ घर र पसल एफएममा आगजनी भयो । लुटपाट पनि भयो ।

लगत्तै प्रहरीले थारु अगुवा, नेता, कार्यकर्ता, सर्वसाधारणलाई गिरफ्तार गर्यो । हालसम्म सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीसहित २६ जनालाई पुर्पक्षकै लागि थुनामा राखिएको छ । उनीहरूको मुद्दा अदालतमा विचाराधिन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x