×

NMB BANK
NIC ASIA

थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक

पुस २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ठूलो लगानीको थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको टे«लर सार्वजनिक गरिएको छ ।

Muktinath Bank

४० लाखको लागतमा निर्मित सो संस्कृतिमा आधारित थारु फिचर फिल्म भुरभुरा रहरको ट्रेलर युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुरभुरा रहर थारू समुदायको कथा हो । पश्चिम नेपालको थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने प्रचलन छ । गाउँका किशोरी तथा किशोरहरूको सामूहिक नाच सखिया हो ।


Advertisment
Nabil box
Kumari

पुरुषहरुले बजाउने मादलको तालमा महिलाहरुले नृत्य गर्छन् । यो नाचमा मुजुराको ताल पनि अपरिहार्य हुन्छ । मुजुरा महिलाले बजाउँछन् । थारू समुदायमा दशैंको रौनक भनेकै सखिया हो । तर गाउँका सबै केटा तथा केटीमा सखिया नाच्नका लागि चाहिने सामानहरू नहुन पनि सक्छ । 

Vianet communication
Laxmi Bank

आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई त झनै गाउँमा हुने यस्ताखाले नृत्यमा सहभागी हुने कल्पनाको चित्रण सो फिल्ममा गरिएको निर्देशक मदन चौधरीले जानकारी दिए । 

निर्देशक चौधरीका अनुसार थारू गाउँकी एउटी किशोरीको रुमानी चाहना र घर परिवारको माया र पीडामा पोतिएको मनोविज्ञान यो फिल्मको मुख्य सार हो । 

फिल्मले गाउँमा हुर्किएका एउटै उमेरका केटीहरूको मनोविज्ञान पनि दर्साइएको बताइएको छ । जो कोही आर्थिक रूपले सबल परिवार र कोही आर्थिक रूपले दयनीय परिवारमा हुर्किएका हुन्छन् ।

थारू फिल्मको इतिहासमै यस फिल्ममा पहिलोपटक रेड क्यामेरा प्रयोग भएको छ । भने छाँयाकन बर्दियाको ठाकुरद्वारास्थित पत्थरबोजीमा गाउँमा भएको छ ।

थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म  सुशील चौधरीले लेखेका छन् । 

फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशव्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए । 

हेर्नुस् भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x