×

NMB BANK
NIC ASIA

बुटवलमा जन्मिए रगतको अभावसँग लड्ने थुप्रै सिपाही, अब हुँदैन अभाव

पुस २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवल उपमहानगरपालिका–१ की रूपकेशरी बज्रचार्यले ५६ पटक रक्तदान गरिसकेकी छन् । ६२ वर्षीया बज्रचार्यले २०५४ सालदेखि नियमित रक्तदान गर्न थालेकी हुन् ।

Muktinath Bank

उनी गोल्ड मेडलिस्ट हुन् । ५० पटकभन्दा बढी पटक रक्तदान गर्नेलाई नेपाल रक्तसञ्चार केन्द्रले गोल्डमेडलिस्ट प्रदान गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंबाट बुटवल आउँदै गरेको गाडी बुटवल नजिकै दुर्घटनामा पर्यो । दुर्घटनाका घाइतेलाई बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा ल्याइयो । त्यहाँ बिरामीलाई रगत अभाव खड्कियो । बज्रचार्य अस्पतालमा नै थिइन् ।


Advertisment
Nabil box
Kumari

बिरामीका आफन्त रगत दिन तयार भएनन् । रूपकेशरी रगत दिन तयार भइन् । तर महिनावारी भएका कारण उनले रगत दिन मिलेन । उनी सम्झन्छिन्, ‘रगतको अभावले जीवन र मृत्युको संघारमा पुगेको बिरामी, घाइतेलाई बचाउन रगत दान गर्नुपर्छ भनेर अठोर गरी बुटवल लायन्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट नियमित रक्तदान गर्न शुरू गरे । म २०१३ सालमा जन्मिएकी हुँ । मेरो शरीरले थामेसम्म म नियमित रक्तदान गर्नेछु ।’

Vianet communication
Laxmi Bank

बुटवलकै सुरेन्द्र शाक्यले पनि ४९ पटक रक्तदान गरिसकेका छन् । उनले पनि २०५५ सालदेखि नियमित रक्तदान गर्न थालेका हुन् । ‘रक्तदान मानवीय सेवाको लागि गर्छु र त्यसमा मैले आत्मसन्तुष्टि पाउँछु,’ शाक्यले भने, ‘बिरामीका आफन्तले रगत नपाउँदा निन्याउरो अनुहार र पाइसके पछिको खुशीको अनुहार देखेरै गर्व महसुस हुन्छ ।’ शाक्य नेपाल स्वयम्सेवी रक्तदाता समाज रूपन्देहीको उपाध्यक्ष समेत हुन् ।

तिलोत्तमा नगरपालिका–३ योगिकुटीकी सृया ज्ञवाली जम्मा २२ वर्षकी भइन् । उनले हालसम्म १६ पटक रक्तदान गरिसकेकी छन् । उनले १८ वर्षको उमेरदेखि रक्तदान शुरू गरेकी हुन् । उनले हरेक ३–३ महिनामा नियमित रक्तदान गर्दै आएकी छन् । 

उनी भन्छिन्, ‘मानिसको सबैभन्दा पुण्य काम रक्तदान हो । कसैको जीवन बचाउनुजस्तो पुण्य काम अरू हुँदैन । अझै पनि धेरैजसो मानिसहरू रगत दिन डराउँछन् । रक्तदान गरेर कोही पनि कमजोर हुँदैन । दिने व्यक्तिलाई पनि कुनै समस्या हुँदैन ।’ 

बुटवलमा विवेक प्रधानले पनि ५४ पटक रक्तदान गरिसकेका छन् । उनी ४१ वर्ष मात्र भए । ‘हामी कसैलाई रगतको अभाव हुन दिन्नौं । जहाँ चाहियो त्यही पुग्छौं, नभए हाम्रो नियमित सम्पर्कमा भएका युवाहरूलाई पठाउछौं,’ उनले भने ।

बुटवल–७ का विकासजंग बस्नेतले २५ पटक रक्तदान गरिसकेका छन् । २०६७ सालदेखि शुरू गरेका २८ वर्षीया बस्नेतले आफ्नो जन्मदिन कार्तिक १३ गतेदेखि नियमित रक्तदान गर्न थालेका हुन् । बस्नेतले रक्तदान आफूले मात्रै गर्न हुन्न, अरूलाई पनि प्रेरित गर्ने खालका स्टाटस उनको फेसबुक वालमा पटक–पटक राखिएको देख्न सकिन्छ ।

नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले ५९ पटक रक्तदान गरिसकेका छन् । उनलाई रूपन्देहीका जीवनदाता भनेर पनि चिनिन्छ । युवा शिक्षक महेश खनालले पनि ३० पटक रक्तदान गरिसकेका छन् ।

रूपन्देहीका १ सय युवाले नियमित रक्तदान गर्छन् । रूपन्देहीमा पछिल्लो समय धेरै संघसंस्था रक्तदान गर्न सक्रिय छन् । रूपन्देही नेपालकै रक्तदान गर्ने सक्रिय युवा भएको जिल्लामा पर्ने ‘ब्लड बैंक’ रूपन्देही दाबी गर्छ । संघले वार्षिक उत्सव, साधारणसभा तथा अधिवेशनमा रक्तदान कार्यक्रम राख्छ भने युवाहरू जन्मदिनमा रक्तदान गर्न थालेका छन् ।

युवा सक्रिय भएपछि ५ नम्बर प्रदेशको राजधानीमा रगतको अभाव अझै खड्किएको छैन । रूपन्देहीमा अहिले पनि दैनिक ६० देखि ७० युनिट रगतको माग छ । दैनिक ५० देखि ५५ युनिट मात्र रगत ‘कलेक्सन’ हुन्छ ।

नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री माग अनुसार रगत संकलन नभएपनि रगतको अभाव नहुने बताउँछन् । ‘यहाँ माग अनुसार रक्तदान भएको छैन,’ क्षेत्रीले भने, ‘तर बिरामीलाई अप्ठ्यारो पनि छैन । स्वयम्सेवी रक्तदाता समाजमा ५ सयभन्दा बढी डोनरको सञ्जाल छ । रगत तत्काल आवश्यक परे उनीहरू सम्पर्क नम्बर, रगतको ग्रुप र रक्तदान गरेको कति समय भयो सबै हामीसँग हुन्छ । उनीहरूलाई खबर गर्छाैं, जहाँ बिरामीलाई रगत चाहिएको हो त्यही पुग्छौं ।’

बजार क्षेत्रका युवाहरू रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास भएपनि अझै ग्रामीण र तराई क्षेत्रमा रक्तदान गर्न मानिसहरू डर मान्छन् । ‘रक्तदान गर्नका लागि जसलाई पनि साहै्र मेहनत गरेर मनाउनु परिरहेको छ । क्याम्पस, विद्यालय र युवा पुस्तामा रक्तदानको चेतना विस्तार गर्न जरूरी छ,’ स्वयम्सेवी रक्तदाता समाजको उपाध्यक्ष शाक्यले भने । 

रूपन्देहीमा रहेका धेरै अस्पतालमा रगतको माग बढ्दो छ । रुपन्देहीमा २०४४ सालमा ब्लड बैंक खुलेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x