×

NMB BANK
NIC ASIA

गाउँपालिकामा पहिलो पटक संसद्‌को अभ्यास, बैठक चलाउन नजान्दा अलमल

पुस २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हसुलिया– कैलालीको कैलारी गाउँपालिकाले व्यवस्थापिकासहित पूर्ण अंगको स्थानीय सरकार सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

गाउँपालिकाले छुट्टा–छुट्टै सुविधा सम्पन्न भवनबाट गाउँ कार्यपालिका, गाउँ न्यायपालिका र गाउँ व्यवस्थापिकासहित पूर्ण अंगको स्थानीय सरकार सञ्चालनको कार्य आइतबारदेखि सुरु गरेको हो । आइतबारदेखि नै सो गाउँपालिकाले सुविधा सम्पन्न गाउँसभा तथा व्यवस्थापिकाबाट हिउँदे अधिवेसन सुरु पनि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँसभा तथा व्यवस्थापिकाबाट गाउँ कार्यपालिकाका सदस्यहरु प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरु जस्तै विधिवत रुपमै छलफलमा सहभागी भएका छन् । कैलारी गाउँपालिकाले स्थानीय सरकारको पूर्ण अभ्यास गर्न थालेको नेपालमै पहिलो रहेको गाउँपालिकाको दाबी छ ।   


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका नासु तथा स्थानीय न्यायपालिकाको उजुरी प्रशासक बलराम चौधरीले संघीय तथा प्रदेश सरकारकै प्रारुपमा गाउँपालिकाले पूर्ण रुपमा स्थानीय सरकारको कार्य प्रारम्भ गरेको जानकारी दिए । यसअघि काम चलाउ रुपमा मात्रै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम भएपनि अबदेखि भने विधिवत रुपमै काम कारवाही सुरु भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

सो गाउँसभाको रोस्टम रो मा सभामुखको हैसियतमा गाउँपालिका अध्यक्ष बस्ने भएका छन् । भने सभाको अगाडीको पहिलो दिर्घमा गाउँ कार्यपालिकाका सदस्यहरु र पछिल्लो दिर्घमा गाउँसभा सदस्य बस्ने भएका छन् । त्यस्तै बाँया किनारमा छलफल टिपोट गर्ने कर्मचारी बस्ने स्थान तोकिएको छ । पछिल्लो दिर्घमा भने सञ्चारकर्मीहरुको लागि स्थान बनाइएको छ ।

यसैबीच प्रदेशसभा सदस्य वीरमान चौधरीको सभागितामा सुरु भएको पहिलो हिउँदे अधिवेसनबाट ३ वटा ऐन पेश गरिएको छ । आपंगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५ र स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७५ पारित गरिएको हो ।

त्यस्तै, नयाँ इजलास भवनबाट गाउँपालिकाको गाउँ न्यायपालिकाकाको कार्य समेत प्रारम्भ गरेको छ । इजलासको मञ्चको बीचमा न्यायधिशको रुपमा गाउँपालिका उपाध्यक्ष, दायाँ र बायाँ पक्षमा न्यायिक समिति सदस्य बस्ने स्थान बनाइएको छ । भने पछिल्लो दिर्घमा पक्ष र विपक्षका लागि बस्ने स्थान तोकिएको छ । इजसालमै न्यायपालिका सचिवालय समेत तोकिएको छ ।

पहिलो अभ्यासमा अलमलमा 

संसदीय अभ्याससहित सुरुको गाउँ सभाको हिउँदे अधिवेसनमा गाउँसभाका प्रमुख तथा अध्यक्ष लाजुराम चौधरीदेखि गाउँसभा सदस्यहरुमा निकै अलमल देखिएको थियो । सम्बोधन गर्दाखेरि माइक फुक्ने, सभा चलिरहेको अवस्थामै रोस्टम राख्ने, साउण्ड सिस्टममा गडबडी भएको थियो । 

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आफुहरु संसदीय पहिलो अभ्यासमा रहेको बताए । हालसम्म संघीय सरकार र प्रदेश सरकारले ल्याएको ऐनको आधारमा काम गरिहेको बताउँदै उनले आउँदो दिनमा व्यवस्थित ढंगले यहाँको अनुकुल कानून निर्माण र कार्यान्वयनमा तीव्रता दिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x