×

NMB BANK
NIC ASIA

माछापुच्छ्रे बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न, डा. महतो अध्यक्ष चयन

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा शुक्रवार पोखरामा भएको छ ।

Muktinath Bank

बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।


Advertisment
Nabil box
Kumari

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि गरेको छ । 

Vianet communication
Laxmi Bank

साधारण सभाले संस्थापक समूहका शेयरधनीको तर्फबाट डा. विरेन्द्रप्रसाद महतो, रोशन केसी र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । 

साधारणसभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. विरेन्द्रप्रसाद महतालाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंयाँ सञ्चित छ ।

बैंकले आव २०७५/७६ को पहिलो त्रैमासिकसम्ममा ३७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । २०७५ असोज मसान्तसम्ममा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्व ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखा लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय ४२ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा  प्रदान गरिरहेको छ ।

बैंकको देशभर १ सय ८ वटा एटीएम सञ्चालनमा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x