×

NMB BANK
NIC ASIA

अन्तरिक्षयात्रीले गरे एक भूल, मच्चियो हंगामा

पुस २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाको ह्युस्टन बेसमा एक अन्तरिक्ष यात्रीको भूलका कारण हंगामा मच्चियो । 

गडबडी नासाको जोनसोन अन्तरिक्ष स्टेसनमा भयो । अन्तरिक्ष यात्रीले भूलवश इमर्जेन्सी नम्बर डायल गर्दा अलार्म बेल बजेपछि इन्टरनेसनल स्पेस स्टेसनमा रहेको पूरा टोली नै अनुसन्धानमा खटियो । 

नेदरल्यान्ड्सका अन्तरिक्षयात्री आन्द्रे कुइपरले हालै यो घटनाको खुलासा गरेका हुन् । 

अन्तरिक्षबाट उपग्रहमार्फत फोन गर्नकालागि विशेष कोड प्रयोग गर्नुपर्छ । फोन नम्बरको पहिलो संख्या ९ र त्यसपछि ०११ थिचेर मात्र अन्तरिक्षयात्रीले फोन गर्न सक्छन् । 

तर गुरुत्वाकर्षणको अनुपस्थितिमा आन्द्रेले डायल गर्दा जिरो थिचिएन र ९०११ को साटो ९११ मा फोन लाग्यो । 

९११ अमेरिकाको इमर्जेन्सी नम्बर हो । आन्द्रेको फोनपछि नासामा हंगामा मच्चियो । इन्टरनेसनल स्पेस स्टेसनमा खराबी आएछ कि क्या हो जसले गर्दा अन्तरिक्ष यात्रीले इमर्जेन्सी नम्बरमा फोन गरे भन्ने अनुमान लगाइयो । 

त्यसपछि आईएसएसमा उपस्थित एक टीमलाई तत्कालै अनुसन्धानमा खटाइयो । कुनै खराबी नभेटिएपछि कुइपरलाई जानकारी दिनू भन्दै इमेल पठाइयो । 

कुइपरका अनुसार, आईएसएसले पृथ्वीमा हानिएको ७० प्रतिशत कल मात्र सफल हुन्छन् । 

यसअघि सन् २०१५ मा बेलायती अन्तरिक्षयात्री टिम पीकले पनि आईएसएसबाट गलत फोन लाग्ने विषयमा बताएका थिए । उनले गरेको फोन एक महिलाले उठाएकी थिइन् । त्यसपछि उनले ट्वीट गरेर माफी मागे ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x